२४ बैशाख, काठमाण्डौ । एएफसी प्रेसिडेन्ट्स कप फुटबल छनौट अन्तरगत समूह एमा रहेको नेपालको ए डिभिजन लिग च्याम्पियन लक्ष्मी बैँक थ्रीस्टार क्लब बंगलादेशको अवहानी क्लबसंग बराबरीमा रोकिएको छ । मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको समूह चरणको आफ्नो पहिलो खेलमा थ्रीस्टारले अवहानीसंग एक एक गोलको बराबरी खेलेको हो ।1
पहिलो हाफको १६ औँ मिनेटमा पाएको फ्री किकलाई गोलमा परिणत गर्दै जगजिग श्रेष्ठले थ्रीस्टारलाई अग्रता दिलाए । जगजितले ३० यार्ड टाढावाट प्रहार गरेको फ्री किक आकर्षणरुपमा गोलमा परिणत भएको थियो । तर खेलको ३८ औँ मिनेटमा अवहानीका ताहिदुलले गोल गर्दै खेल एक-एकको बराबरीमा ल्याए । खेलको ६९ औँ मिनेटमा प्रकाश वुढाथोकीलाई अवहानीका खेलाडीले डी एरिया भित्र लडाएपछि पाएको पेनाल्टीलाई जगजितले खेर फाले । त्यस्तै खेलमा थ्रीस्टारले गोल गर्ने केही राम्रो मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिदै अंक बाडेका हुन् ।
यसअघि मंगलवार नै भएको उद्घाटन खेलमा ताइवान पावर कम्पनी र कम्बोडियाको इर्चिम क्लबवीचको खेल पनि गोलरहित बराबरी टुंगिएको थियो । गजतिले नै ६९ औँ मिनेटमा इब्राहिमले पेनाल्टीमा चुके । थ्रीस्टार नेपालको ए डिभिजन लिग च्याम्पियनको हैसियतमा एएफसी प्रेसिडेन्ट्स कप २०१३ मा नेपालका तर्फवाट सहभागीता जनाएको हो ।
थ्रीस्टारले यसै वर्ष अनुबन्धन गरेका डिफेण्डर सविन्द्र श्रेष्ठ र सरोज दाहाल, मिडफिल्डर  जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी र स्ट्राइकर जिका डोडोजलाई अवहानी क्लब विरुद्धको खेलमा मैदानमा उतारेको थियो । सन् २००५ मा  भएको  एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा नेपालका तर्फवाट सहभागीता जनाएको थ्री स्टार क्लब सेमिफाइनल पुगेको थियो । टाइब्रेकरमा ४–३ ले पराजित भएपछि थ्री स्टार सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यतिवेला टाइब्रेकरमा थ्रीस्टारका निराजन खड्का र विजय गुरूङ गोल गर्न चुकेका थिए ।
थ्रीस्टारले आफ्नो दोस्रो खेलमा बिहीवार कम्बोडियाको इर्चिम क्लबको सामना गर्ने छ भने शनिवार ताइवान पावर कम्पनीको सामना गर्ने छ ।
तस्वीर : गोल नेपाल डटकम

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले चार दलका शीर्ष नेताहरु संविधान बनाउने विषयमा आपसी झगडा गरेर कहिल्यै नमिलेको तर लोकमानलाई अख्तियार प्रमुख बनाई नेपाली जनतालाई अपमानित गर्ने विषयमा भने एक मत देखिएको बताउनुभएको छ । नेपाली कांग्रेसमा लोकमानलाई अख्तियार प्रमुख बनाउनेबारे कुनै छलफल र निर्णय नभएको बताउँदै थापाले राजनीतिक संयन्त्रका प्रमुख सुशील कोइरालाले संयन्त्रको बैठक बोलाएको भए लोकमानको प्रस्ताव रोकिन सक्ने बताउनुभएको छ ।
gagan-thapa-1
थापाले आइतबार नागरिक समाजका अगुवासँगै राष्ट्रपति कार्यालय गएर आफूले पार्टीको घेरा नाघेको बताउनुभएको छ । ’जनआन्दालनेका बेलामा पनि म, रामकुमारी झाँक्री र ठाकुर गैरेहरुले पार्टीको घेरा तोडेका थियौं ।’ अनलाइनखबरसँग कुरा गर्दै थापाले भन्नुभयो- ‘राजद्रोहको मुद्दा पनि पार्टीको घेरा तोडेर आन्दोलनमा सहभागी हुँदा लागेको हो । हिजो राष्ट्रपतिसमक्ष जाँदा पनि यसैगरी पार्टीको घेरा तोडिएको हो ।’
कांग्रेस नेता थापाको भनाइ उहाँकै शब्दमा :
यो प्रकरणलाई दुई/तीनवटा पाटोबाट हेर्नुपर्छ । अहिलेको हाम्रो अन्तरिम संविधानले केही कुराहरु गर्दै नगर्नु भनेको छ । हामीले नयाँ संविधान बनाउन नसकेको परिस्थतिमा अन्तरिम संविधानलाई जोगाउने कुरा एकदमै महत्वपूर्ण छ । तर, चार राजनीतिक दलका शीर्ष नेताहरुको काम गराइको तरिका हेर्दा के देखिन्छ भने संविधानले जे नगर भनेको छ, त्यो कुनै पनि हालतमा गरेर छाड्ने । अघिल्लो पटक पनि प्रधानन्यायधीशलाई केही काम नलगाउ है भनेर संविधानले भनेको थियो र पूर्वप्रधानन्यायाधीशलाई पनि लाभको पद नदेऊ भनेको थियो । हामीले गरेरै छाड्यौं । अहिले अख्तियारको प्रमुख बनाउनका निम्ति नेपालमा एक से एक मान्छे छन् । तर, संविधानले नैतिकता र योग्यता नपुगेको अनि जनभावना विपरीत व्यक्तिलाई नियुक्त नगर भन्दाभन्दै गर्न खोजिँदैछ । यो अन्तरिम संविधानलाई कमजोर पार्ने र प्रतिगमनतर्फ पछाडि फर्कने काम हो ।
पार्टीभित्रैबाट रोक्न सकिएन
हामी दलको सदस्य भएकाले सबैभन्दा पहिले हामीले यसबारे दलभित्रै प्रयत्न गर्नुपर्ने हुन्थ्यो । तर, यो हाम्रो दलभित्र कहिल्यै पनि छलफलको विषय थिएन । लोकमानलाई बनाउने कि नबनाउने भन्ने एजेन्डा हाम्रो होइन, हामी कहाँ खाली खिलराजलाई बनाउने कि नबनाउने भन्ने मात्रै एजेन्डा थियो । तर, खिलराजको बारेमा निर्णय गर्दा नै उहाँहरुले संयन्त्रबाट लोकमानलाई सिफारिस गर्ने निर्णय गरेर आइसक्नुभएको रहेछ । त्यसपछि हामीले दलभित्र औपचारिक रुपमा विरोध दर्ता गर्यौं । असारमा निर्वाचन गर्ने भएको हुनाले कुनै पनि संवैधानिक निकायमा नियुक्ति नगर्नोस्, किन भने नयाँ संसदले गर्छ भनेर हामी २२ जना केन्द्रीय सदस्यले दर्ता गरायौं र महासमितिमा पनि लिएर गयौं । महासमितिमा पनि यो विषयमा कुरा उठ्यो ।
महासमितिमा उठेको विषयलाई कसरी लिएर जाने भन्ने विषयमा अहिले पनि हाम्रो प्रतिवेदन बनिसकेको छैन । यसवीचमा केन्द्रीय समितिको बैठक पनि बसेको छैन । यही कारणले हामीले पार्टी सभापतिलाई भेट्यौं र सभापतिले हामीलाई आश्वस्त बनाउनुभयो । यो गलत हो, हामी यसो गर्दैनौं भन्नुभयो । हामीले हाम्रो  विरोध रेकर्डमा राख्नका लागि उहाँलाई लिखितरुपमा पत्र बुझाएर आयौं । हामीले सभापतिबाट अपेक्षा गर्ने कुरा भयो । उहाँ संयन्त्रको अध्यक्ष पनि हुनुहन्छ र संयन्त्रको बैठक राखेर यसलाई रोक्न सकिन्थ्यो । त्यसैले हामीले दलभित्र यसबारे केही नगरेर दलबाहिर गएको होइन । दलभित्रबाटै हामीले यसलाई टुंगोमा पुर्याउन सकेनौं ।
लोकमानको विरोध गर्नैपर्ने कारण
उनी जनआन्दोलन दबाउने प्रमुख हर्ताकर्ता थिए । अर्को त्यो भन्द महत्वपूर्ण कुरा के छ भने हामी विस्तारै संघीय लोकतन्त्र बनाउँदैछौं, यस्तो बेलामा हामीले इन्स्िटच्युसनहरु बनाउँदै लानुपर्ने बेलामा एकदम नियोजित ढंगबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग भन्ने त्यो संस्थालाई नै पंगु बनाउन खोजिएको छ । नियन्त्रण र सन्तुलनका आधारमा मुलुक चल्नुपर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यसरी दुरुपयोग गर्न खोजिँदैछ कि अलि पछि गएर नेपालमा प्रधानमन्त्री भन्दा पनि यो पद महत्वपूर्ण हुँदै जानेछ । यसैको मार्फतबाट सबै चलखेलहरु हुन्छ, शक्तिकेन्द्रहरुले पनि त्यसैको मार्फतबाट चलखेल गर्छन् र विस्तारै यसले हाम्रो समग्र प्रणालीलाई नै ध्वस्त बनाउँछ ।
सँगसँगै अर्को विचित्रलाग्दो कुरा के छ भने खिलराज रेग्मीका पालामा जस्तै एनेकपा माओवादीका नेताबाहेक कांग्रेस एमालेका नेताहरुलाई हेर्ने हो भने वहाँहरु कसैले पनि यसलाई ठीक निर्णय भन्नुभएको छैन । मेरो इच्छा त थिएन, यसो गर्न त नहुने हो तर, दबाव थेग्न सकिएन भन्दै आउनुभएको छ । त्यो दबाव कहाँबाट आयो ? कसले दियो दबाव ? कसलाई वहाँहरुले थेग्न सकिराख्नुभएको छैन ? यो अब हामीले थाहा पाउनुपर्छ ।
रायमाझी आयोगले यस्तो गर्यो, उस्तो गर्यो भन्दा पनि लोकमानसिंह व्यक्तिगतरुपमा जुन पृष्ठभूमिबाट आउनुभएको हो, उहाँको बारेमा जनभावना जे छ, या खख्तियारसँगै जोडिएका उहाँका केही विषयहरु छन्, २० वर्षसम्म सेवाअवधि नपुगेको अवस्था पनि छँदैछ, यी सबै कुराबाट नेपालका यी ८/१० जना नेताहरु यति अपारदर्शी र रहस्यमय छन् कि यसबाट असाध्यै ठूलो सन्देह गर्नुपर्ने स्थिति छ । यो असाध्यै रहस्यमय विषय छ । यसले नेपालको लोकतन्त्रलाई असाध्यै दुरगामी प्रभाव पार्छ । त्यसकारणले गर्दा यसलाई रोक्नुपर्छ ।
सही कुरामा पार्टीको सीमा नाघ्नुपर्छ
जहाँसम्म हिजो राष्ट्रपति कार्यालयमा मसमेत गएको भन्ने विषय छ, यस्तो बेलामा हामीलाई दलको सीमाले बाँध्छ कि बाँध्दैन ? यस्तो बेलामा मैले के स्मरण गरें भने जनआन्दोलनको बेलामा नेपालका दलहरु अत्यन्तै निरीह बनेका बेलामा देवेन्द्रराज पाण्डे, खगेेन्द्र संग्रौला र कृष्ण पहाडी ३ जनाले बोलाउनुभयो । दलहरु सडकमा आउन सकिरहेका छैनन्, यस्तो बेलामा तिमीहरु हामीसँग आउँछौै कि आउदैनौ भनेर हामीलाई प्रश्न गर्नुभयो । हामी आउँछौं भनेर रामकुमारी झाँक्री, म ठाकुर गैरेहरु सडकमा गयौं । मलाई राजद्रोहको मुद्दा लागेको पनि पार्टीको कार्यक्रममा सहभागी हुँदा होइन । पाण्डे, पहाडी र संग्रौलाले बोलाएको कार्यक्रममा सहभागी हुँदा मैले राजद्रोहको मुद्दा खेपेको हुँ । त्योबेलामा हामीलाई दलको सीमाले बाँधेन । त्योबेला हामी नागरिक भएर उहाँहरुसँग जोडियौं । यसरी सही कुरामा हामीले आफ्नो पार्टीको सीमा तोडेर नागरिकसँग ऐक्यवद्ध भएर किन नउभिने ?
अबको परीक्षा शीर्ष नेताको
यो प्रकरणलाई टुंगो लगाउने एउटा विकल्प भनेको राष्ट्रपतिले यो प्रस्तावलाई फिर्ता पठाउनु हो । हामीले पनि यही प्रयास गर्ने हो । तर, अब हाम्रोभन्दा पनि ठूलो परीक्षा शीर्ष नेताहरुको भयो । हामीले पत्रिकामा नेपाली कांग्रेसका सभापतिले यसलाई गर्न दिन्न भनेर बोल्नुभयो भन्ने पढियो । त्यसैगरी अब नेकपा एमालेको पनि ठूलो परीक्षा हुने भयो । वहाँहरुको पोलिटब्यूरोले नै निर्णय गरेर बुझाउने भनेको छ । त्यसकारणले अब हामीले एमालेले गरेजस्तै संस्थागत रुपमा हाम्रो पार्टीलाई संस्थागत रुपमै यो निर्णयविरुद्ध उभ्याउन जरुरी भएको छ । सबैभन्दा उदेकलाग्दो त के छ भने संविधान बनाउनुपर्ने महत्वपूर्ण विषयमा चाहिँ यी चारदलका शीर्ष नेताहरु कहिल्यै मिल्दैनन्, अनि सिंगै मुलुकलाई अपमान गर्नेगरी लोकमानको विषयमा चाँहि एकमुख हुनुको कारण के होला ?

२३ वैशाख, काठमाण्डौं । नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको विजेता बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
nepal-championएक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भने पृथु बास्कोटाले पनि नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड पाएको थियो ।
अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ, पपुवा न्युगिनी, युएई र नामिबिया छन्।
यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्।

२३ वैशाख, काठमाडौं । विनोद दास नेपाली क्रिकेट क्षेत्रमा ख्यातीप्राप्त खेलाडी हुन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान दास बलर प्रशिक्षक पनि हुन् । उनले विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले पाएको सफलतालाई अहिलेसम्मकै ठूलो एवं ऐतिहासिक बताएका छन् । नेपालले फुटबलमा जत्तिकै क्रिकेटमा पनि लगानी गर्ने हो भने विश्वकप खेल्ने सम्भावना टाढा नरहेको बताउँछन् दास । क्रिकेटमा अब सरकार र क्यानले ध्यान नदिने हो भने भोको पेटले क्रिकेट खेल्न नसक्ने दासको भनाइ छ । ‘खेलाडीहरुले कति दिनसम्म भोको पेट खेल्न सक्छन् ?’- दास भन्छन् ।binod-das
 डिभिजन ३ क्रिकेटमा नेपालले पाएको सफलतावारे पूर्वकप्तान दासले अनलाइनखबरसंग गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा-
 क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता नेपाली टिमले हात पारेको छ । धेरै वर्षको मिहेनतपछि हामी एउटा लक्ष्य नजिक पुगेका छौं । सफलता हात लाग्नुमा खेलाडीको मिहेनत र टिमवर्क नै हो । पर्याप्त अभ्यास र पूर्वाधारविनै नेपाली क्रिकेट टोलीले ठूलो खुड्किलो मार्न सफल भयो । नेपालमा जसरी फुटबललाई महत्व दिइँदै आइएको छ, त्यसैगरी क्रिकेटलाई पनि सरकार, राष्ट्रिय खेलकुद परिषद र नेपाल क्रिकेट संघले लगानी गर्नुपर्छ । फुटबलमा लगानीअनुसारको प्रतिफल नआए पनि लगानी भने वर्ष वर्षमा बढ्दै गएको छ । तर, क्रिकेटमा लगानी भने निकै कम छ । यद्यपि थोरै लगानी तथा खेलाडीको धेरै मिहेनतले गर्दा नेपालले क्रिकेटमा निकै ठूलो सफलता हात पार्दै आएको छ । नेपाल डिभिजन पाँच, चार, तीन हुँदै डिभिजन २ मा उक्लिएको छ । यसले नेपाली क्रिकेटको महत्व कति रहेछ भन्ने प्रष्ट पारेको छ । नेपालले गएको वर्ष युएईमा पनि यस्तैखालको सफलता हात पारेको थियो । निकै छोटो समयमा पनि क्रिकेटमा नेपालले ठूलो फड्को मारेको छ ।Champion-nepali-circket
प्रयाप्त लगानीविनै यति ठूलो सफलता हात पार्नु नै नेपाली टोलीको ठूलो सफलता हो । नेपालले खेल जित्दा हौसिएर खेलाडीलाई सम्मान गर्ने अनि त्यसपछि क्रिकेटलाई महत्व नदिएर बस्ने अनिपछि चाहिँ क्रिकेटलाई वास्ता नै नगर्नै गरेको पाइएको छ । अब पनि यसरी नै बसियो भने त्यो नै नेपाली खेलाडी तथा क्रिकेटको अपमान हुन्छ ।नेपाली क्रिकेटको विकासका लागि क्यानले प्रयाप्त मात्रामा अभ्यासका लागि पूर्वाधारहरु बनाइदिनुपर्छ । खेलाडीहरुलाई प्रोत्साहन गर्दै अभ्यासका लागि लामो समयको टे्रनिक क्याम्प राखिदिनुपर्छ । यत्रो वर्षसम्म खेल्दै आएका खेलाडीलाई नै निरन्तरता दिएर जानुपर्छ । यदि क्यानले खेलाडीहरुलाई आवश्यक व्यवस्था गर्न सकने, अभ्यास म्याचहरु खेल्ने अवसर सिर्जना गरेन भने यही सफलतालाई निरन्तरता दिन ग्राहो हुन्छ । यसबारे क्यानले सोच्नुपर्छ । सोच्छ पनि होला अब ।
क्यानको मात्रै एकल पहलले क्रिकेटको विकास गर्न सकिँदैन । अर्को कुरा क्रिकेटको विकासका लागि क्यानले मात्रै पहल गरेर हुँदैन सरकारले पनिउत्तिकै ध्यान दिनुपर्छ । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को बिजेता बन्दै डिभिजन २ मा उक्लिनुका साथै सन् २०१४ मा हुने ५० ओभरको विश्वकप क्रिकेटमा छनौट चरणको खेल खेल्न पाउने भएको छ । यो नेपालका लागि नै गर्वको कुरा हो । प्रतियोगिता जितेर आएको नेपाली क्रिकेट टोलीलाई सरकारले सम्मानरुवरुप प्रोत्साहन गरेर क्रिकेटको विकासका लागि अधिकतम सहयोग गर्नुपर्छ । २०१४ मा हुने विश्वकप छनौट खेलका लागि तयारी गर्न सरकारले कुनै कसर बाँकी राख्नु हुन्न । किनभने समय नजिक आइसकेको छ ।
सरकारले यसअघि प्रतियोगिता जितेर आएपछि सम्मान मात्रै गर्ने र पछि वास्ता नगर्ने गथ्र्यो । अब त्यो बानी हटाउनुपर्छ । खेल जितेर आएका वेलामात्रै सम्मान गरेर खेलाडी र क्रिकेटको विकास हुँदैन । खेलाडीलाई सम्मानस्वरुप साढे तीन लाख रुपैयाँ जनही दिने कुरा राम्रो हो । तर, त्यो संगसंगै सरकारले पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्छ । खेलेर आएपछिमात्रै सम्मान गरेर हुँदैन । खेल खेल्न जाँदा पनि खेलाडीहरुलाई सरकारले सहयोग गर्नुपर्छ । क्रिकेटका खेलाडीको जीवनस्तर उकास्नका लागि पनि पहल गर्नुपर्छ ।फुटबलको विकासका लागि एन्फाले आफ्ना खेलाडीहरुलाई जसरी तलव सुविधा र ट्रेनिङ राम्रो दिइरहेको छ, त्यो राम्रै कुरा हो । त्यस्तै क्यानले पनि फुटबलको सिको लिएर क्रिकेटको विकासका लागि ध्यान दिनुपर्दछ । क्रिकेटलाई पनि फुटबलजस्तै गरी विकास गर्दै लैजानुपर्छ । क्रिकेट खेलाडीहरुलाई पनि व्यवसायिक बनाएर लैजानु पर्छ क्यानले । जसरी एउटा क्लबवाट ए डिभिजन लिग खेल्ने फुटबल खेलाडीहरुले मासिक ७०/८० हजार पाउँछन् ।ch-2
 त्यस्तै राष्ट्रिय खेलाडीलाई एन्फाले मासिक तलब दिन्छ । तर, क्रिकेट खेलाडीलाई अब पनि यस्तो व्यवस्था नहुँदा खेलाडीहरुमा नकारात्मक विचार बढ्छ खेलप्रति घृणा लाग्न सक्छ । क्यानले ५/७ हजार रुपैयाँ क्रिकेट खेलाडीहरुलाई दिन त दिन्छ । तर त्यो पनि कति खेलाडीले पाउँछन् भन्ने कुरा हो । कतिले नपाएको अवस्था पनि छ । विश्वकप छनौट खेल्ने समय आइसक्यो हामीले क्रिकेट खेलाडीहरुले कति दिनसम्म धान्न सक्ने ? हामीले भोको पटेले कहिलेसम्म खेल्ने ? कहिलेसम्म खेल्न सक्छौं ?
यस्तो अवस्थालाई सुधार गरिएन भने जुन हामीले सफलता हात पारेका छौं । जुन खुशी हामीले मनाइरहेका छौ, यस्तो सफलता नदोहोरिन पनि सक्छ । नेपाली क्रिकेट टोलीको सफलतालाई यसैगरी राख्ने हो र यही सफलतालाई निरन्तरता दिने हो भने लगानी पनि क्रिकेटमा त्यहीअनुसारको गर्नु पर्छ । अब राम्रो टाइमा विट गर्‍यो । जब नेपालले सुरुका दुई खेल हार्‍यो । नेपाली टिमले यति ठूलो सफलता हात पार्ला भनेर कसैले पनि सोचेको थिएन । दुई खेलमा पराजय भोगेर पनि हतास नभई लगातार चार खेल जितेर नेपाली खेलाडीले राम्रो क्षमता देखाएका छन् । सबैले थाहा पाए नेपाली टिम तथा खेलाडीहरुको मिहेनत कत्तिको राम्रो रहेछ । त्यसैले क्रिकेटको विकासका लागि अब पनि ढीलो गरियो भने अहिलेसम्म हात पार्दै आएको सफलता नपाउन सकिन्छ यसबारे सबैको ध्यान जानुपर्छ ।

बैशाख २२ गते - विश्व क्रिकेट लिग डिभिजन ३ उपाधि जित्नका लागि नेपालले युगान्डाबाट १५२ रनको लक्ष्य पाएको छ ।  बर्मुडाको हामिल्टन रंगशालामा युगान्डाले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५१ रन बनायो । नेपालले केहि बेरमा जवाफी ब्याटिङ थाल्दै छ ।
खेलको ताजा स्कोरका लागि यहाँ क्लिक गर्नु होला ।
नेपालका लागि पृथु बास्कोटा, पारस खड्का, शक्ति गौचनले १-१ र बसन्त रेग्मी र राहुल बिश्वकर्माले २-२ विकेट लिए ।
समूह चरणको खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराएको थियो

२० वैशाख, काठमाण्डौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले ओमानलाई ३२ रनले पराजित गरेको छ । यससँगै डिभिजन २ मा उक्लिने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन थ्रीमा रहने सम्भावना बलियो भएको छ ।
नेपालले शनिबार इटलीलाई ठूलो अन्तरले पराजित गरे र अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना हुनेछ । ४ खेलको समाप्तीमा अमेरिकाको ६ अंक छ भने नेपालको ४ अंक छ । गएराति अमेरिकालाई हराएको युगाण्डाको ८ अंक छ र डिभिजन २ मा बढुवा हुने पक्का भएको छ ।
गएराति पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रन बनायो । १ रन जोड्दा ओपनर सुवास खकुरेललाई गुमाएको नेपालको पारी मध्यक्रमका व्याट्सम्यानले सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३४ रन जोड्दा विनोद भण्डारीले ३२, कप्तान पारस खड्काले २८ र सदर भसवाकरले २७ रनको योगदान दिए ।
जवाफमा मैदान उत्रिएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा अल आउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा संजम रेृग्मी र बसन्त रेग्मीले समान २/२ विकेट लिए भने शक्ति गौचन, पृथु बास्कोटा र पारस खड्काले १ विकेट लिए ।

१८ बैशाख, काठमाण्डौ । आईटीले नेपाल टेलिकम ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा आईटी जिएसएमलाई ६ रनले पराजित गरेको हो ।
पहिले ब्याटिङ गरेको आईटीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय २७ रन जोड्यो । आईटीका नेत्र भट्टले नटआउट ५५ र हरि शर्माले २४ रन बनाए । बलिङतर्फ जिएसएमका मनीष गुप्ताले २ विकेट हात पारे ।प्रत्युत्तरमा जिएसएमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय २१ रन बनायो । जिएसएमका विनोद रिमालले नटआउट २५, प्रक्षेत थापाले २६ र विनय पोखरेलले १४ रन जोडे । बलिङतर्फ आईटीका हरि शर्मा, नेत्र भट्ट र प्रदीप खतिवडाले समान २-२ विकेट लिए । नेत्र फाइनल खेलको ‘म्यान अफ द म्याच’ बने ।
आईटीका हरि ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट ब्याट्सम्यान घोषित भए । पीएसटीएनका सुदन सुवाल उत्कृष्ट बलर चुनिए । नेपाल टेलिकमद्वारा आयोजित तीनदिने प्रतियोगितामा टेलिकमअन्तर्गतकै ४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

१८ वैशाख, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारले मैत्रिपुर्ण फुटबलमा भारतको मोहन बगानलाई पराजित गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले २-१ को जित निकोलेको हो ।
gagjit
एएफसी प्रसिडेण्ट्स कपको तयारी खेलका रुपमा थ्रीस्टारका लागि फलदायी रहृयो । खेलको पाँचौं मिनेटमा नै थ्रीस्टारका लागि डेब्यू म्याच खेलेका जगजित श्रेष्ठको प्रहार बारमा लागेर फर्किएको थियो । पहिलो हापमा केही राम्रो मूभ बनाएको थ्रीस्टारले मोहन बगानमाथि केही दबाव बनाएपनि गोल गर्न सकेन ।
दोस्रो हापमा पनि आक्रमक खेल प्रस्तुत गरेको थ्रीस्टारका लागि ५५ औं मिनेटमा जगजित श्रेष्ठले गोल गरे । थ्रीस्टारका लागि डेब्यू म्याच खेलिरहेका प्रकाश बुढाथोकीको पासमा जगजितले हेड गोल गरेका हुन् ।
खेलको ६७ औं मिनेटमा थ्रीस्टारले अग्रता दोब्बर पार्‍यो । थ्रीस्टारका फेमीले गोल गरे । २ गोलले पछि परेको अवस्थामा मोहन बगानले केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । खेलको अन्तिममा मोहन बगानका लगि दिपेन्दु विश्वासले गोल गरेपनि हार टार्न सकेन ।
तस्वीरः गोल नेपाल

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS