Widgets

भारतसँग सम्बन्ध सुध्रियो : प्रचण्ड

Unknown | 15:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१७ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको वातावरण बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनुभएको छ । दलहरुवीच राष्ट्रिय सहमति बने नेपालको विकासमा सघाउन दुबै छिमेकीहरु तयार रहेको प्रचण्डको निश्कर्ष छ ।
prachanda
चार दिने भारत भ्रमण सकेर मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’विगतमा कम्युनिकेश ग्यापका कारण एकअर्काको बुझाइमा केही कमजोरी रहृयो । त्यसलाई चिर्दै नयाँ शिराबाट विश्वासको वातावरण बनाउन राम्रो धरातल बनेको छ भन्ने हाम्रो निष्कर्ष छ ।’ आफ्नो भ्रमणले एमाओवादी र भारतको मात्र नभएर नेपाल-भारतकै सम्वन्ध सुधारका लागि विश्वासको आधार बनेको उहाँको भनाइ छ ।
भाषिक आधारमा संघीयता
प्रचण्डले भारतीय नेताहरुले नेपालमा छिट्टै निर्वाचन होस भन्ने चाहेको बताउनुभयो । भारतीय प्रधानमन्त्रीले मंसिरमा चुनाव हुन्छ त भनेर सोधेको भन्दै उहाँले आफूले चुनाव हुनेमा विश्वस्त पारेको बताउनुभयो ।
संघीयताबारे भारतको के सुझाव रहेछ भन्ने प्रश्नमा उहाँले भारतीय पक्षले भाषाका आधारमा संघीयतामा जान सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो-’संघीयतामा जानुपर्छ भन्नेमा सबैको मत थियो । संघीयतामा जाँदा एउटा क्राइटेरिया बनाउनुपर्छ । त्यसमा भाषिक आधारमा जाँदा राम्रो हुन्छ भन्ने उहाँहरुको सुझाव थियो ।’
स्थिरता र विकासमा सघाउन भारत तयार
प्रचण्डले भारतीय प्रधानमन्त्रीसहितका अधिकारीहरुसँग भएको भेटमा आफूले जलविद्युत र लुम्बिनी विकासमा लगानी गर्न आग्रह गरेको बताउनुभयो । सबल र सक्षम नेपाल निर्माणले मात्र छिमेकीहरुको सुरक्षा चासो र चिन्तालाई सम्बोधन गर्न सक्छ भन्दै आफूले ठूला आयोजनामा संयुक्त लगानी गर्न प्रस्ताव गरेको उहाँको भनाइ छ ।
आफूले अघि सारेको त्रिदेशीय साझेदारीबारे भारत नकारात्मक नभएको तर, पहिलो द्वीपक्षीय सम्वन्धलाई मजबुत बनाउनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो । नेपालको स्थिरता र विकासमा सघाउने भारत तयार रहेको उहाँले बताउनुभयो । ‘नेपालको स्थिरता र विकासप्रति दुबै छिमेकी चिन्तित छन्’ उहाँले भन्नुभयो-अब देश विकास गर्ने, नगर्ने हाम्रो हातमा छ । हामीले देशभित्रै राम्रो समझदारी बनाउन सक्यौं भने अबको दशक सम्वृद्धिको दशक हुनेछ ।’
सेनापति प्रकरणमा कमजोरी
यसैबीच प्रचण्डले सेनापति प्रकरण र राष्ट्रपति निर्वाचनमा कमजोरी भएको बताउनुभएको छ । नयाँदिल्लीमा रहँदा बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भन्नुभएको छ-’कटवाल प्रकरणलाई त्यसरी हृयाण्डल गर्नु हुँदैन थियो । यदि हामीले त्यो गल्ती नगरेको भए परिस्थिति अर्कै हुन्थ्यो र संविधान बन्न सक्थ्यो ।’ उहाँले अघि भन्नुभयो- ‘राष्ट्रपतिको चुनावमा पनि हाम्रो केही कमजोरी रहृयो । यदि गिरिजाबाबुलाई हामीले राष्ट्रपति बनाएको भए परिस्थिति अर्कै हुन्थ्यो ।’ लोकतान्त्रिक प्रक्रियामा आउँदै गरेको माओवादीले केही कमजोरी गर्नु स्वभाविक भएको भन्दै उहाँले गएको ७ वर्षमा धेरै सिकेको बताउनुभयो ।
सोनिया र राष्ट्रपतिसँग भेट भएन
प्रचण्डको तीन दिने भ्रमणमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र कांग्रेस नेतृ सोनिया गान्धीसँग भेट भएन । प्रचण्डले गान्धीलाई पनि भेट्ने चर्चा चलेको थियो । त्यस्तै नेपाल मामिलाका जानकार मुखर्जीले पनि प्रचण्डसँग भेट गर्ने अनुमान गरिएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS