Widgets

मुखैले मात्र किन अब नाकले पनि मुरली बजाउने नेपाली भेटिए।

Unknown | 20:19 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


» नाकले मुरली बजाउँछन पाँचथरका बमबहादुर
लक्ष्मी गौतम
पाँचथर
मुखले मुरली वा वाँसुरी वजाँउन त सामान्य व्यक्तिले पनि सक्छन । तर पाँचथर प्राङवुङ ६ का बमबहादुर केरुङमा यस्तो प्रतिभा छ उनी त मुखले हैन नाकैले मुरली र वाँसुरी जुनसुकै र जस्तोसुकै गीतको लयमा वजाँउन सक्छन । त्यो पनि एकछिन हैन दिनभरी र रातभरी । निरन्तर १२ घण्टासम्म नाकले मुरली वजाउन सक्ने क्षमता उनको छ । अठाउन्न वर्षअघि पुर्वी पहाडी जिल्ला पाँचथरको प्राङबुङ–६ मा जन्मिएका उनी मुरली,वाँसुरी,टुंगना, मुर्चुंगा, बिनायो र पात जस्ता बाद्यबादनका सामग्री हरहमेशा झोलामै बोकेर बोकेर हिड्छन ।
1
परंपरागत लोकबाजालाई प्रेम गर्ने उनी यिनै सामग्रीलाई वि भिन्न धुन निकालेर नेपालको पुर्वी क्षेत्र मात्र नभएर भारको सिक्किम वेष्ट वंगाल र दार्जिलिङ क्षेत्रसम्म परिचित हुँदै ती क्षेत्रसम्म लोप हुने अवस्थामा पुगेका परम्परागत लोक सस्कृतिलाई चिनाउन लागी परेका छन । भारतसँगको सिमावर्ती पाँचथरको उत्तरी गाविस प्राङबुङको वडा नम्वर ६ मा २०१६ सालमा जन्मिएका सामान्य लेखपढ गर्न सक्ने केरुङ जहाँ जहाँ पुग्छन सोहि ठाँउमा नाकले मुरली र वाँसुरी वजाएर सयौं स्रोता र दर्सकलाई मन्त्रमुग्ध पार्नेगरी झोलामा रहेका सवैखाले वाजागाजा पालैपालो वजाँउछन त्यसपछि हिमाल पहाड र तराईमा पाइने वि भिन्न प्रजातीका बन्यजन्तु र पशुपंक्षीका आवाज निकालेर सयौं मानिसको भीड आफ्नो अगाडी जम्मा गर्छन ।
यिनै बाजागाजा,लोकधुन र बन्यजन्तु तथा पशुपंक्षीका आवाजकै साइनोले पुर्वी नेपाल सँगै सिक्किम,वेष्ट वंगाल र दार्जिलिङ क्षेत्रका वासिन्दासामु पनि स्थापित कलाकारका रुपमा पहिचान वनाएका छन उनले ।
2
सयौं प्रजातीका चरा र पशुपक्षीको आवाज जस्ताको तस्तै निकाल्नुका साथै नेपालका दर्जन अधिक पुराना वाजागाजा बजाउन सक्ने कला भएका व्यक्ति पुर्वी नेपालमा केरुङमात्र एक हुन भन्दा अत्युक्ती हुँदैन । सोही कारण पुर्वी नेपाल सहित वेष्ट वंगाल, भार र सिक्किम, दार्जिलिङ क्षेत्रमा हुने प्रायःजसो सबै महत्वपूर्ण कार्यक्रममा आफुसँग भएका वाजा लिएर उपस्थित हुन उनलाई अनिवार्य निम्तो आउने गरेको छ । बमबहादुर नाकले मुरली फुकेर सुरिलो आवाजमा जुनसुकै गीतमा लय दिन सक्छन् ।
आफ्नो यो कला नियमित योग साधनाबाट प्राप्त भएको उनको भनाई छ । केहि महिना अघि पाँचथर जिल्ला स्थित वि भिन्न लिम्वुवानजन्य संघठनहरुले पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको एक कार्यक्रममा अचानक देखा परेका उनले नाकले घण्टौं मुरली वजाँउनुका साथै वि भिन्न किसिमका कला एउटै स्टेचवाट देखाउन सक्षम भए । नाकले मुरली बजाउदा शरीरको सम्पूर्ण शक्ति खर्च हुने र थप शारिरिक व्यायामको पनि आवस्यकता नपर्ने पनि उनको अनुभव छ । उनी पात, टुंगना, मुर्चुंगा, बिनायो लगायतका एक दर्जन भन्दा धेरै प्रजातीका नेपाली वाजा बजाँदै स्रोतालाई मन्त्रमुग्ध पार्ने उनी जुन ठाँउमा पुग्यो सोहि ठाँउ नजिकका विद्यालयहरुमा गएर बालबालिकालाई निशुल्क बाद्यबादनको प्रशिक्षण पनि दिन्छन ।
गत महिना पाँचथर स्थित कालिका मावि प्राङवुङमा बाल बालिकालाई प्रशिक्षण दिँदा दिइरहेका बखत भेटिएका उनले भने “नयाँ पुस्ताले पुराना लोकबाजा र सस्कृति विर्सिइसके त्यसकारण लोप हुनै लागेका लोकवाजा र सस्कृतिको संरक्षण गर्न बालबालिकालाई प्रशिक्षण दिएको हुँ । हालसम्म उनले दुई हजार पाँचसय भन्दा धेरै विद्यालयहरु घुमेर बाद्यबादनका निशुल्क कक्षा दिईसकेका छन । उनले यो सम्वाददातासँग कुराकानी गर्दा गर्दै कागकै आवाजमा कागकाग भनेर दर्जनौं कागलाई एकैछिनमा आफ्नो नजिक बोलाए त्यसपछि कागकै आवाजमा कागका बथानसँग सम्वाद गरी केहि छिनमा फर्काए ।
काग मात्र नभएर दर्जनौ जनावर र चराचुरुङ्गीको आवाज जस्ताको तस्तै नक्कल गर्न सक्ने उनको खुवी छ । यसअघि चितवनका गौतम सापकोटाले आफुले कागसँग सम्वाद गर्न सक्ने वताँउदै काठमाण्डौको टुँडिखेलसम्म काग सम्मेलन गरेका थिए । गौतमको देशविदेशमा चर्चा भएपनि उनकै जस्तो क्षमता बोकेका यी कलाकारले स्वदेशमा उत्तिसारो प्रचार पाउन सकेको देखिंदैन । काग सँगै कल्चुडा, चिचिमकोटे, सेर्पिनी चरा र कुकुरदेखि लिएर स्यालसम्मका आवाज निकाल्दा उनीहरु आफ्ना वरिपरी आउने दाबी उनको छ । यो खुबीले परंपरागत लोक संस्कृति र बाजा जोगाउन काममात्र गरेको छैन् आधुनिकताको नाममा हुने विकृतिलाई गतिलो झापड हानेको छ । पप, ¥याप र डिस्कोको प्रभावले मौलिक परम्परागत संस्कृति अप्ठेरोमा परेको महसुस गर्छन् उनी ।
कुनै प्रशिक्षणबिना निरन्तर अभ्यास र साधनाबाट निखारिएर नेपाली लोक बाजाको संरक्षण र प्रचारमा लागेका कलाकार हुन बमबहादुर । तर तिनै कलाकार जहा“जहा“ पुग्छन् लोक संस्कृतिको जगेर्ना र कला प्रशिक्षण दिएर थाक्दैनन् । कुराकानी कै शिलशिलामा उनले भने–‘बाल्यकालदेखिकै चाहनाले यस कामलाई यहा“सम्म ल्याउन सफल भएको हू“, प्रशिक्षित युवा पुस्ताले लोक संस्कृति र बाजाबाटै आफ्नो पहिचान खोज्ने विश्वास लिएर यसको जगेर्नाको लागि प्रशिक्षण दिंदै हिंडेको छु ।’
जीवनको लामो समय भारतको सिक्किममा विताएका केरुङले आफ्नो कलाकारिता देखाउनकै लागि आफ्नै देश फर्किएर प्रतिभा प्रचारमा जुटेका हुन् ।
रोजगारीका क्रममा २५ वर्ष सिक्किममा बिताएकोले आफ्नो मुलुकको संस्कृति र प्रकृती जोगाउन मन लागेर नेपाल फर्किएकोमा आफ्नो कामप्रति पर्याप्त कदर हुन नसकेको गुनासो गर्छन् उनी । उनको कला र कार्यलाई सिक्किम सरकारले प्रोत्साहन गर्दै उतै वसोवासको व्यवस्था मिलाईदिने आश्वासन दिएको उनले बताए । सिक्किमले जस्तोसुकै आश्वासन देखाएपनि आफ्नै देशको माटो प्यारो ठानेर फर्किएको हुँ । उनी थप्छन ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS