Widgets

विदेशीलाई नागरिकता दिने अभियान माओवादीले भाड्ने

Unknown | 05:53 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

mohan vaidya१३ बैशाख, काठमाडौ । नेकपा-माओवादीले चार शक्तिबीच भएको ११ बुँदे सहमतिको खारेजी र प्रधानन्यायाधीश नेतृत्वको सरकारको राजीनामा नभएसम्म संविधानसभा निर्वाचन हुन नदिने जनाएको छ । आफ्नो मागको संवोधन नगरि जबरजस्ती निर्वाचन गर्न खोजिए सशक्त प्रतिकार गर्ने माओवादीले चेतावनी दिएको छ ।
राजधानीमा हालै सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले गरेको निर्णय सार्वजानिक गर्दै नेकपा माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय पनि गरेको छ । महासविच रामबहादुर थापाले आज एक विज्ञप्ती प्रकाशित गरी चारदलीय सिण्डिकेटद्वारा गरिएको “११ बुंदे सहमति”को खारेजी र सोही सहमतिको आधारमा सर्वोच्च अदालतका प्रधान न्यायाधीशको अध्यक्षतामा बनाइएको सरकारको राजीनामा हुनुपर्ने माग गरेका छन् ।
आन्दोलनरत दल समेतको सर्वपक्षीय गोलमेच सभाको आयोजना र त्यसैको सहमतिमा चुनाबी सरकार निर्माण गर्नुपर्ने भन्दै त्यसो नभए शसक्त आन्दोलन गर्ने पनि माओवादीले जनाएको छ ।
नेकपा-माओवादीले वास्तविक नेपालीहरूलाई नागरिकता वितरण गर्नुको सट्टा विदेशीहरुलाई नेपाली नागरिकता दिई नक्कली मतदाता सूची तयार गर्न लागेको भन्दै यही बैशाख ८ गतेबाट शुरू भएको नागरिकता वितरण कार्यक्रमको भण्डाफोर गर्ने पनि चेतावनी दिएको छ ।
माओवादीले भारत सरकारले नेपालको अनुमति बिना नै विराटनगरमा राखेको कुटनीतिक कार्यालय र सो कार्यालयको गतिविधि तुरुन्त बन्द गराउन माग गर्दै यसको विरोधमा १६ गते भारतीय दुतावासमा विरोध पत्र दिने निर्णय पनि गरेको छ ।
यसैगरी, नेकपा-माओवादीले बैशाख १८ गते देशव्यापी रूपमा मई दिवस मनाउने, बैसाख २० गते देखि ‘मेची महाकाली अभियान’ संचालन गर्ने निर्णय गरेको छ । माओवादीले थपिएका केन्द्रिय सदस्यहरूका साथै सल्लाहकार सदस्यहरूको समेत कार्य विभाजन पार्टीको व्युरो र केन्द्रीय कार्यालय बसेर गर्ने निर्णय गरेको महासचिव थापाले जानकारी दिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS