Widgets

रमिलाको अनुहारमा मीरा देख्छन् हरिवंश

Unknown | 03:41 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ बैशाख, काठमाडौं । स्कूलमा पढ्दा किताब भनेपछि एलर्जी मान्ने हरिवंश आचार्यले अहिले स्वयं किताब लेख्नुभएको छ । ‘चिना हराएको मान्छे’ शीर्षकमा आफ्नो जिन्दगीको भोगाई र कथाव्यथा उतारेका हरिवंशले किताबमा सुखदुःखका दुवै पाटोलाई सरल ढंगले उतार्नुभएको छ । आइतबार किताव सार्वजनिक कार्यक्रममा उपस्थित सबैले हरिवंशको हाँसो र रमाइलोभन्दा उहाँको जीवनका दुखद पाटालाई बढी सम्झे ।haribansa-4
‘मेरो जीवन टेन्सनै टेन्सनमा बित्यो, म संसारकै सबैभन्दा अभागी र भाग्यमानी व्यक्ति पनि हो’ किताबको बारेमा बोल्दै हरिवंशले सम्झनुभयो-’सानो छँदा आमा गुमाउनुपर्यो, तर आमाको माया दिदीहरुबाट पाएँ । सानैमा बाबु गुमाएँ, तर छोराहरुले बाबुको जत्तिकै माया गर्छन् । मलाई सबैभन्दा बढी माया गर्ने, मैले सबैभन्दा बढी माया गर्ने पत्नी मीरा गुमाएँ, तर उनले जस्तै माया गर्ने रमिला भेट्टयाएँ ।’ हरिवंशले यसो भन्दा खचाखच भरिएको हल स्तब्ध भयो । मञ्चमा बसेकी रमिला पनि भावुक हुनुभयो । रमिलातिर हेर्दै हरिवंशले भन्नुभयो-’उनको अनुहारमा मीराको अनुहार देख्छु ।’
दुई वर्षअघि पत्नी मीराको निधनले मर्माहत भएका हरिवंशलाई त्यही क्षणमा पुस्तक लेख्ने मेसो मिलेको हो । शोक र पीडालाई अक्षरमा उतारेर उहाँले आत्मसन्तुष्टी लिने प्रयास गर्नुभयो । तर मीरा बिनाको जीवनले उहाँलाई डेढ वर्षसम्म उकुसमुकुस बनायो । अनि साथीभाइ र आफन्तले उहाँलाई मीराकै अर्को रुप रमिला भेट्टाइदिए ।’मीरा बितेको डेढ वर्षपछि रमिलासँग बिहे गरें । कतिले मेरो आलोचना पनि गरे । तर एक्लोपनाको पीडा कस्तो हुन्छ भोग्नेलाई मात्र थाहा हुन्छ’ हरिवंशले भन्नुभयो-’अल्कोहल नपिईकन निद्रा नलाग्ने अवस्थामा म पुगिसकेको थिएँ । त्यसैले मैले डिप्रेशन भएर मर्नुभन्दा दोस्रो बिहे रोजें ।’
मीरालाई अत्यन्तै माया गर्ने हरिवंशले उहाँलाई सधैं बचाईराख्ने वाचा गर्नुभएको छ । मीराकै नाममा बालबच्चाको हेरचाह गर्ने केन्द्र खोल्नुभएको छ । दोस्री पत्नी रमिला त्यो केन्द्रको अध्यक्ष हुनुहुन्छ । पुस्तक सार्वजनिक कार्यक्रममा उपस्थित मीराका भाइबुहारी र छोरातिर हेर्दै हरिवंशले भन्नुभयो-’म तिमीहरुलाई वचन दिन्छु, भौतिक शरीर नरहेपनि म तिमीहरुको दिदीलाई बचाइ राख्छु ।’ पुस्तकमा पनि हरिवंशले मीरालाई उसैगरी सम्झनुभएको छ । रमिला र मिराको प्रसँग कोट्याउनुभएको छ । ‘रमिलाले मलाई मीरा सम्झेर रुने स्वतन्त्रता दिएकी छिन् । मैले उनलाई विगत सम्झेर रुने स्वतन्त्रता दिएको छु । तर, उनी मलाई सम्झाउँदै भन्छिन् – म पहिले खुबै रोएँ । आँसु मात्र आयो, तर उनी फर्केर कहिल्यै आएनन् । जीवनको सबैभन्दा भयानक सत्य मृत्यु रहेछ । जसलाई स्वीकार्नै पर्छ । अब हामी उहाँहरुलाई असल मानिस भनेर सम्भिmरहन र सम्मान गरिरहन मात्र सक्छौं ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS