Widgets

सेक्स गर्दा कण्डमनै अड्केपछि

Unknown | 15:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


डा. आदर्श प्रधान- यौन प्रत्येक मानिसको चासो र उत्सुकताको विषय हो। युवा उमेरमा यसप्रति स्वाभाविक रूपमै बढी उत्सुकता हुन्छ। यस उमेरमा जोस बढी र होस कम हुने हुँदा धेरै कुरामा विचार पुर्‍याउनुपर्छ। नेपाली समाजले विवाहपूर्व गरिने यौन सम्बन्धलाई राम्रो नमानेकाले युवायुवती लुकिछिपी सम्भोग गर्ने गर्छन्। अरूले देख्ला कि भन्ने त्रास भए पनि यौनको तीव्र आकांक्षालाई उनीहरू दबाउन सक्दैनन्। यसरी हतार-हतार सम्भोग गर्दा लिंगबाट कन्डम फुत्केर पार्टनरको योनी भित्र पनि पस्न सक्छ। हतार-हतार सम्भोग गर्नु, कन्डम लिंगमा पूरा नलगाउनु, बलपूर्वक सम्भोग गर्नु, लिंग पूर्णरुपमा उत्तेजित नभइकन कन्डम लगाउनुजस्ता कारणले कन्डम महिलाको योनीभित्र छिर्न सक्छ। अहिले बजारमा थरीथरीका कन्डम पाइन्छन्।
 
सुरक्षित सम्पर्कका लागि यो उपयोगी छ। कन्डम प्रयोग गर्नेको संख्या पनि बढेको छ। कन्डम प्रयोगले शीघ्र पतनलाई केही हदसम्म कम गर्ने गर्छ। तर, यौन आनन्द दिने यही कन्डम महिलाको योनीभित्र छिरेमा भने ठूलो तनाव झेल्नुपर्ने हुन्छ। विवाहितको तुलनामा अविवाहित युवायुवतीमा यस्ता घटना धेरै हुने गरेको पाइएको छ। यस्तो समस्या अस्पतालमा गएर सजिलै भन्न पनि अप्ठ्यारो हुन्छ। अलिकति होस पुर्‍याइएन भने केही छिनको आनन्द तनावमा परिणत हुन बेर लाग्दैन। धेरै युवायुवती आवेगमा आएर हतार-हतार सम्भोगमा लीन हुने गर्छन्। यस्तो अवस्थामा प्राक्त्रि्कडा (फोरप्ले) पनि त्यति गरिँदैन। पार्टनर पनि डरले गर्दा ढुक्कसँग सम्भोगमा उत्रन सक्दैनन्। छिटो-छिटो सिध्याउने गरी सम्भोग गर्दा कन्डम महिलाको योनीभित्र पस्ने गरेको पाइएको छ। त्यति प्रचारमा नआए पनि अस्पतालको इमर्जेन्सी विभागमा केही युवा आफूले सम्भोग गर्ने क्रममा पार्टनरको योनीभित्र कन्डम पसेको कारणले पार्टनर लिएर आउने गरेका पाइएको छ। वास्तवमा कन्डम महिलाको योनीभित्र छिर्दा कुनै हानि भने हुँदैन। यसलाई सकेसम्म आफैँले, नसके अस्पतालमा गएर सजिलै झिक्न सकिन्छ। आफैँले झिक्ने हो भने साबुन-पानीले हात धोएर योनीभित्र औँला पसाएर कन्डम कतातिर छ, पत्ता लगाउनुपर्छ। कन्डम कहाँनिर छ, पत्ता लागेपछि कन्डमको एक छेउ समातेर बिस्तारै तान्नुपर्छ। जोडले तान्नुहँुदैन। महिला आफँैले भन्दा पनि पु्रुष पार्टनरले निकाल्दा सजिलो हुन्छ। यदि निकाल्न असजिलो भयो भने चिम्टी वा अन्य वस्तुको सहारा लिनुहुँदैन। त्यस्तो अवस्थामा लाज नमानी तुरुन्त अस्पताल जानु राम्रो हुन्छ। वीर्य स्खलन भएर कन्डम योनी भित्र पस्यो भने गर्भ रहन सक्छ। सम्भोगका क्रममा कतिपय अवस्थामा कन्डम फुट्न पनि सक्छ। लिंगको आकारभन्दा कन्डमको आकार सानो भएका कारणले पनि कन्डम फुट्न सक्छ। कतिपय अवस्थामा कन्डम लगाएको नमिल्दा (कन्डमको चुच्चोको हावा पुर्णरूपमा नफाल्दा), बलपूर्वक लामो समयसम्म सम्भोग गर्दा पनि कन्डम फुट्न सक्छ। यस्तो अवस्थामा नआत्तिई साबुन-पानीले लिंग र योनी धुन सकिन्छ।
योनीभित्र वीर्य स्खलन भएको छ भने गर्भ रहन नदिन सावधानी अपनाउनुपर्छ। कतिपय युवा भने आवेगमा आएर सम्भोग गर्ने गर्छन्। आफ्नो पार्टनरको सन्तुष्टिको ख्यालै नगरी मेकानिकल रूपमा बलपूर्वक सम्भोग गर्ने गर्छन्। योनी अत्यन्त संवेदनशील अंग हो। यसलाई बलपूर्वक दबाब दिँदा हानि पुग्न सक्छ। उत्तेजनाको उन्मादले बेहोस भएर बलपूर्वक सम्भोग गर्दा अचानक योनीबाट रक्तस्राव हुन सक्छ। यस्तो अवस्थामा ढिलो नगरी तुरुन्त अस्पताल जानु या लैजानुपर्छ। धैरै रक्तस्राव भयो भने महिलाको ज्यान पनि जान सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS