Widgets

जीवन मेरो साथी, रेखालाई रेष्टुरेन्टमा भेटेको’ : गणेश लामा (अन्तरवार्ता सहित)

Unknown | 20:14 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

वुधबार चलचित्र ‘मेरो मनको साथी’ को प्रिमियरमा पुगेका चर्चित डन गणेश लामाको निकटता नायक जीवन लुइटेलसँग रहेको रहस्य खुलेको छ । जीवनकै निमन्त्रणामा गणेश सिनेमा हेर्न पुगेपछि यस्तो रहस्य चुहिएको हो । उनले जीवन र आफ्नो निकटता २ बर्ष देखि रहेको खुलासा गरेका हुन् । यसअघि नायक जीवन लुइटेलकै निमन्त्रणामा युवा संघका अध्यक्ष महेश बस्नेत र केन्दि्रय सदस्य पर्शुराम बस्नेत ‘रिदम’ सिनेमा हेर्न पुगेका थिए । चलचित्र हेर्न पुगेका गणेश लामासँग अनलाइनखबरले गरेको विशेष कुराकानी यस्तो छ :
ganesh-lama
प्रिमियरमा पहिलो पटक आउनुभएको हो ?
नेपाली सिनेमा यसअघि पनि हेरेको हो । तर प्रिमियरमा भने पहिलो पटक आएको हो ।
कस्तो पाउँदै हुनुहुन्छ नेपाली सिनेमा ?
नेपाली सिनेमाको विकास भएको र यो उद्योगको रुपमा स्थापित भएको छ भन्ने मेरो वुझाई हो ।
सिनेमामा लगानी गर्ने सोच छ कि छैन ?
बास्तवमा नेपाली सिनेमा हेर्ने बानी सबैले राख्नु पर्ने हो । तर नेपालमा बलिउडका सिनेमा हाबी भएको पाउँछु म । तर पछिल्लो समय बलिउडलाई पनि चुनौती दिने खालका सिनेमा बन्न थालेको मैले सुनेको छु । राजनीतिक व्यस्तताका कारण अहिले नै म सिनेमामा लगानी गर्ने सोचमा पुगेको छैन । तर समय आयो भने पक्कै पनि लगानी गर्ने छु ।
तपाई नायक जीवन लुइटेलको निमन्त्रणामा आउनु भएको भन्ने सुनिएको छ, कती समय भयो तपाइहरुको चिनजान भएको ?
हाम्रो मित्रता भएको त्यस्तै २ बर्ष भयो होला । एकजना भाई मार्फत जीवन जी लाई भेटेको हो ।
jiwna-and-ganesh-lama
उहाँको सिनेमा हेर्नु भएको छ ?
‘नोटबुक’ नामक सिनेमा हेर्न त बोलाउनु भएको थियो । तर म पार्टिको केन्दि्रय समितीको बैठकका कारण बुटवलमा थिए र आउन पाइन ।
उहाँको निकटता महेश र पर्शुराम बस्नेतसँग पनि छ नि, थाहा पाउनु भएको थियो ?
खै त्यो त थाहा भएन ।
अन्य कलाकारसँग तपाइको निकटता कस्तो छ ?
म शिव श्रेष्ठ दाइसँग निकट छु । उहाँ र म पहिले सँगै व्यायम गथ्र्यौ । निखिल उप्रेतीलाई पनि राम्रोसँग चिन्छु ।
नायिकाहरुसँग निकटता छ कि छैन ?
नायिकाहरुसँग भने खासै चिनजान छैन ।
तर तपाई र नायिका रेखा थापा बिच पनि राम्रै चिनजान छ भन्ने सुनिन्छ त ? न्यू एयरको दिनमा तपाई र उहाँ एउटा रेष्टुरेन्टमा भेटेको तस्बिर पनि हामीसँग सुरक्षित छ त ?
न्यू एयरको दिनमा रेखा जी एउटा रेष्टुरेन्टमा जानु भएको रहेछ । म पनि त्यही पुगेको थियो । त्यहाँ नै हाम्रो चिनजान भएको हो । त्यो तस्बिर कसले खिच्यो मलाई थाहा भएन ।
रेखालाई तपाइले आफ्नै रेष्टुरेन्टमा भेट्नु भएको भन्ने पनि सुनिएको छ त ?
त्यो रेष्टुरेन्ट मेरो होइन । मेरो भाइको हो । यहाँ त अन्नपुर्ण होटल पनि गणेश लामाकै हो भनिदिन्छन्, तपाई पत्याउनुहुन्छ र ?
त्ययसपछि भेट्नु भएको छ कि छैन ?
हो त्यतिबेला मात्र हाम्रो भेट भएको हो । मैले चिनेको धु्रव न्यौपाने भाइसँग उहाँ आउनु भएको थियो । धु्रव र रेखा जीको चिनजान भने केही पुरानै रहेछ । तर मैले भने उहाँलाई त्यतिबेला मात्र भेटेको हो ।
सिनेमा हेरेपछि नेपाली चलचित्रको बिकास कस्तो भएको रहेछ जस्तो लाग्यो त ?
नेपाली सिनेमा गुणस्तर र कथावस्तुका हिसाबले उत्कृष्ट बनेको वुझे मैले ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS