Widgets

सबैभन्दा दुब्ली महिला (फोटोफिचर सहित)

Unknown | 15:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


‘किन रोइस् मंगले आफ्नै ढंगले’ भन्ने उखानै छ । ढंग नपूराउँदा वा लहलहैमा लाग्दा कहिलेकाहीँ ठूलै ठक्कर खाइन्छ र त्यो पीडा जिन्दगीभरलाई हुन्छ । यस्तै भएको छ, भेलेरिया लेभिटिनलाई पनि ।
रुसकी यी महिला हाल मोनाकोमा बस्छिन् र यी विश्वकी सबैभन्दा दुब्ली महिला हुन् । उनलाई आफुले दुब्लोपनमा किर्तिमान राखेकोमा गर्व महसुस हुनुपर्ने हो । तर उनलाई आफ्नो लुरे जिउ देख्दा रुने मन लाग्छ ।
३९ वर्षकी भेलेरिया ५ फुट ८ इन्च उचाइँकी छिन् । यति उचाइएको व्यक्तिको साधारण वजन ५५ देखि ७५ किलोसम्म हुनुपर्छ । तर विडम्वना उनको वजन जम्मा २५ किलो मात्र छ ।

उनको सरीर यसो हुनुको कारण वास्तवमा उनीमा रहेको स्वास्थ्य समस्या हो । उनलाई किशोरावस्था देखि नै खाना खानै मन नलाग्ने इटिंग डिस्अर्डर नामको स्वास्थ्य समस्या थियो जसले उनको जिन्दगी नै बर्बाद पारिदियो । भोक नलाग्नु सबैभन्दा ठूलो सत्रु भएको उनको ठम्याइ छ ।
आफ्नो यस्तो हालत हुनुमा उनले आफ्नी आमालाई पनि दोष दिन्छिन् । आफ्नी आमाले बच्चामा आफुसँग झुटो बोल्ने गरेको र आफु दुब्ली हुँदा पनि निकै मोटो भएको भन्ने गरेको उनी सम्भिmन्छिन् । छोरी मोटाइ भनेर आमाले आफुलाई कम खाना खान दिएको घटना पनि उनलाई याद रहेछ ।
१६ वर्षकी छँदा उनको वजन ६० किलो रहेछ । त्यसपछि उनी आमाबाबुसँगै अमेरिकाको शिकागो आइन् । त्यहाँ आएपछि उनी नयाँ स्कुलमा भर्ना हुन चाहन्थिन् । नयाँ स्कुलमा आफु स्लिम बनेर गएमा धेरै केटाले आँखा मार्ने लोभ उनमा जाग्यो ।
त्यसपछि उनले जिउ घटाउन डाइटिङ सुरु गरिन् । उनले निकै कम खाना खान थालिन् र आफ्नै जिउमाथि अत्याचार गरिन् ।
२३ वर्षकी हुँदा उनले मोडेल बन्ने बारेमा सोँचिन् । तर मोडेल बन्न निकै स्लिम हुनुपर्ने तर आफु आवश्यकता भन्दा बढि मोटो भएको भ्रम उनमा पर्यो । खाना निकै घटाउने क्रमलाई जारी राख्दै गर्दा २४ वर्षको उमेरमा उनको तौल साढे ३७ किलोमा झर्यो । त्यसपछि सुरु भए उनका दुखका दिन । निकै कम तौल भएको भन्दै उनलाई कलेजमा शिक्षकहरुले नाच्नमा प्रतिबन्ध लगाए ता की दुब्ली भएकाले लडेर उनलाई चोट नलागोस् ।
समय त उनी झण्डै मृत्युको मुखमा पुगिन् । उनको वजन १९ किलोमा झर्यो । डाक्टरहरुले ठूलो प्रयास गरेपछि उनलाई बचाउन त सफल भए तर उनको वजन बढाउन भने खासै सकिएन । उनले अहिलेपनि खासै खाना खान सक्दिनन् र पच्दैन पनि । उनले विभिन्न भिटामिनका चक्की तथा विशेष प्रकारको खाना खाएर प्राण धानिरहेकी छिन् । उनलाई आफ्नो देश रुस गएर ढुक्कले बस्ने र कसैको शुक्रकिट लिएर बच्चा पाउने इच्छा छ । तर उनको सरीर यस्तो छ की उनले बच्चा पाउन सक्ने सम्भावना लगभग शून्य छ ।
खानै नखाई स्लिम बन्न चाहने अहिलेका तरुनीहरुका लागि वास्तवमा भेलेरियाको जिन्दगी एउटा पाठ पनि हो ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS