Widgets

म मधेशवाटै चुनाव लड्छु : प्रचण्ड

Unknown | 04:42 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ बैशाख, वीरगञ्ज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण नेपालको आर्थिक विकासकै एजेन्डामा केन्द्रीत रहने वताउनुभएको छ ।  प्रचण्डले भारतीय उच्चअधिकारीहरूसंगको भेटमा आफुले नेपालको जलविद्युत, रेल्वे सेवा र सडक स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गर्ने वताउनुभयो ।prachanda
पर्साको पोखरीयामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,’म आजै भारत जाँदै छु । भारत भ्रमणमा हुने उच्चस्तरिय भेटमा मैले नेपालको आर्थिक विकासकै एजेन्डालाई उठाउने छु ।’ आगामी निर्वाचनमा आफु मधेशबाट चुनाव लड्ने दोहर्‍याउँदै प्रचण्डले मधेशीको हक अधिकारका लागि आफु र आफ्नो पार्टी सधै संघर्षरत रहने प्रतिबद्धता पनि जनाउनु भयो । उहाँले मधेशी, मुश्लिम ,जनजाति लगायत पिछडिएका वर्ग र समुदायको हक अधिकार संविधानसभाले नै सुनिश्चित गर्ने भएकाले आगामी चुनावमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।
प्रचण्डले जनातको संविधान जारी गर्नकै लागि भएपनि संघीयताको विषयलाई चर्कोरुपमा उठाउदै आएको एमाओवादीलाई जिताउनु पर्ने वताउनु भयो । प्रचण्डले संघीयता विरोधी दलले बहुमत ल्याउँदा फेरि पनि संविधान जारी हुन नसक्ने भएकाले एमाओवादीलाई बहुमत दिलाउनु पर्ने वताउनुभयो ।
२ सय जना एमाओवादीमा प्रवेश
पर्सामा एमाले, काँग्रेस, मधेशी जनअधिकार फोरम लगायतका पार्टीका झण्डै दुई सय कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । एमाले पूर्व बारा जिल्ला सचिव प्रल्हाद गिरीको नेतृत्वमा काँग्रेसका पूर्व जिलला सभापति दिनानाथ प्रसाद शाह, सहित ५ हजार नेता तथा कार्यकर्ता शनिवार एमाओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई बाराको पोखरियामा शनिवार आयोजित कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनु भएको हो । यस्तै बारा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् काँग्रेस नेता जय प्रकाश अग्रवाल, नेपाली काँग्रेस निकट डा. निरज सिंह, डा. राम आशिष ठाकूर पनि एमाओवादीमा प्रवेश गर्नु भएको छ । पार्टी प्रवेश कार्यक्रमलाई एमाओवादीका मधेश ब्यूरो इन्चार्ज हरिबोल गजुेरेल, पोलिट्ब्युरो सदस्य रामचन्द्र झा, भोजपुरा संयोजक प्रभू साह, राम कुमार शर्मा लगायतले सम्बोधन गरेका थिए ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS