Widgets

पहिलो सेक्स गर्दा सारै पिडादायी भयो -लोकदोहोरी गायिका सीता थापामगर

Unknown | 04:02 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सानो उमेर देखिनै लोकदोहोरी गायिका बनेर चर्चा कमाउने सपना सजाउँदै आएकी सीता थापामगर झण्डै सात वर्ष अघि आफनो सपना साकार बनाउन सपनै–सपनाको शहर मानिने काठमाडौमा प्रवेश गरेकी थिइन् । काठमाडौंमा आफ्नो भविस्य सुरक्षीत गर्न थापाले लोकदोहोरी साँझको सहायता लिईन् र त्यो क्रमलाई निरन्तरता पनि दिईरहेकी छन् । त्यसो त अहिले पनि उनी त्यहाँ आउने ग्राहकपिच्छेका अनुरोध गीत गाएर उनी काठमाडौमा चर्चित छिन् तर गोरखाबाट काठमाडौ आउँदा देखेको सपना अँझैसम्म सपनामै सिमित छ । गायन यात्राको सात वर्षे अनुभव, दोहोरी साँझहरुमा गीत गाउँदाको रमाईलो र उनले बुनेको सपना पुरा नभएको छट्पटीबारे सीता थापा मगर हरेकपलसँग यसरी छच्लकिइन् । गीत गाउँदा—गाउँदा थाकिएन् भन्या ? अहिले नै थाकेर के गर्ने ? (प्रतिप्रश्न) कति गर्नु छ, छ । यि त संघर्षका दिनहरु हुन् थकाई मारेर कहाँ हुन्छ र ? गीत गाउन कहिलेदेखि सुरु गर्नु भएको हो ? सानैदेखि लगभग १४ वर्षको उमेर थियो होला । दोहारी साँझमा गीत गाउन थाल्नु भएको कति भयो ? सात वर्ष भयो । कुन—कुन दोहोरी साँझमा गीत गाउँनु भयो ? काठमाडौं आउनु भन्दा पहिला मुग्लीन दोहोरी साँझमा गीत गाउथें । काठमाडां छिरेपछि देउराली दोहोरी साँझमा र फेवा दोहोरी साँझमा गाँए । तर, अहिले गामवेसी दोहोरी साँझमा गाउँछु । अहिलेसम्म गीत रेकर्ड गर्नु भएको छ, कि छैन ? छ, ४ वर्ष अघि नौमति बाजा बजाउदै एल्वम निकालेकी थिए । अहिले सम्म जम्मा ७÷८ वटा गीत रेर्कड गरिसकेकी छु । पहिलो रेकर्डेड गीत कुन हो ? मुलको पानी गयो सुकेर, फर्केर नी हेर्न मन लागेको छैन चित्त दुखेर’ भन्ने गीत जुन तारानाथ घिमिरे दाइले सहयोग गर्नु भएको थियो । दोहोरी साँझ बाहिर गीत गाउनु भएको छ कि नै ? महोत्सवहरु, तीजमा गाएको छु । मन पर्ने गीत चाहि कुन हो ? ‘सानु कहाँ छौ ’मेक्सम खातीको गीत एकदमै मन पर्छ । राती दोहोरी गाउँन जाँदा कतिको दुःख खेप्नु परेको छ ? त्यस्तो अहिलेसम्म केही भोग्नु परेको छैन । राती कति बजे पुग्नुहुन्छ दोहोरी साँझमा र कति बजे घर फर्कनु हुन्छ ? साँझ ६, साढे ६ बजे नै पुग्छु र घर राती १२ बजे पछि फर्कन्छु । कति बजे सुत्नु हुन्छ ? बिहान २ बजेतिर सुत्छु । राती हिड्दा ट्याक्सी तथा अन्य व्यक्तिबाट दु:ख पाउनु भएको छ, कि छैन ? अहिलेसम्म छैन । ग्राहकले दोहोरी साँझबाटै जाउ भन्छन् रे नी ? के भन्नु हुन्छ त्यस्तो बेला ? तिनीहरु होसमा हुँदैनन् त्यसैले ल-ल हुन्छ नि, पछि जाउँला नी भनेर टारिदिन्छु । विवाह कहिले गर्नुभएको हो ? दुई वर्ष अगाडी लभ म्यारिज गरेको हो । लभ कहाँ कसरी पर्यो नी ? दोहोरी साँझमा उहाँ साथीहरुसँग आउने गर्नुहुन्थ्यो । उहाँलाई मेरो स्वर मन पर्थ्यो रे । त्यसैले बेला—बेलामा गीत लेखेर दिनुहुन्थ्यो अनि म गाउने गर्थे । त्यस्तैमा एक दिन आइ लभ यु लेखेर दिनु भयो । यो प्रक्रिया लम्बीँदै जाँदा लभ सम्म पुग्यो । छिटो विवाह गरे जस्तो लाग्दैन तपाईलाई ? छिटो त भयो तर विवाह त एक चोटी गर्नै पर्ने त हो नी । विवाह पूर्वको माया र पछिको मायामा के फरक पाउनु भयो ? विवाह गर्नु भन्दा पहिला र अहिलेमा पछि झन् माया गहिरो हुदो रहेछ । तपाई यसरी दोहोरी सांझमा गीत गाउनु हुन्छ, श्रीमान् केही भन्नुहुन्न् ? उहाँ एकदमै बुझ्ने हुनुहुन्छ त्यसैले सहयोग गर्नु हुन्छ । सेक्स भनेको के हो तपाईको विचारमा ? मान्छेलाई चाहिने अत्यावश्यक चिज हो । पहिलो सेक्स कोसँग गर्नुभयो ? पत्याउनु होला, श्रीमान्सँग नै मेरो पहिलो अनुभव हो । पहिलो सेक्सको अनुभव कस्तो थियो ? हा..हा..हा..(हाँस्दै) कस्तो प्रश्न हा..हा..पहिलो सेक्स गर्दा सारै पिडादायी भयो । तर पछि—पछि चाहि बानी पर्दै गएकोले अहिले त निकै रमाइलो हुन्छ । को व्यक्तिबाट प्रेरित भएर गीत गाउन लाग्नु भएको हो ? बाचाबन्धन फिल्ममा बिमा कुमारी दुराले गाएको गीत ‘गोठालेको यस्तै छ जीवन’ भन्ने गीत सुनेपछि मैले बारम्बार त्यहि गीत घाँस दाउरा गर्दा र स्कुलका कार्यक्रमहरुमा गाइरहन्थे । सोच्थें म पनि त्यस्तै हुन पाए कस्तो हुन्थ्यो होला । एकदिनमा कति गीत गाउनुहुन्छ ? ७/८ वटा गाउछु । फेसबुक र ट्वीटर कत्तिको चलाउनु हुन्छ ? म केहि पनि चलाउँदिन । अहिलेको यस्तो टेक्नोलोजिको युगमा त्यसमा पनि तपाई जस्ता कलाकारहरुको लागि त अति आवश्यक छ, किन नचलाउनु भएको हो ? आवश्यक त छ तर मलाई मन पर्दैन । सपिङ जाँदा कोसँग जानुहुन्छ । प्रायः एक्लै जान मन पर्छ । कस्तो पोशाक गर्न मन लाग्छ ? टिसर्ट, पाइन्ट, कुर्ता सुरुवाल र लोकदोहोरी पोशाक मन पर्छ ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS