Widgets

'सचिन' ४० मा नटआउट

Unknown | 07:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

sachin ramesh tendulkar११ बैशाख, काठमाडौ । विश्व क्रिकेटका महान् खेलाडी सचिन तेन्दुकर आजदेखी ४० औ वसन्तमा प्रवेश गरेका छन् । विश्व क्रिकेट कहिल्यै नमेटिने नाम बनाएका सचिनले आज आफ्नो ४० औ जन्मजयन्ति मनाउँदै छन् । 
मास्टर ब्लास्टरका रूपमा समेत चिनिने सचिनको पूरा नाम सचिन रमेश तेन्दुलकर हो । उनको सन् १९७३ मा आजकै दिन जन्म भएको थियो । क्रिकेटमा आफ्नो नाम स्थापित गरिसकेका सचिनले सन् १९८९ मा भएको पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटबाट अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेका हुन् । पहिलो टेस्टमा उनले मात्र १४ रन जोडेका थिए भने उनलाई सोहि खेलमा डेब्यु गरेका पाकिस्तानका बलर वाकर 
युनिसले पेभेलियन फर्काएका थिए । सचिनले एक खेलमा निकै आक्रमाक ब्याटिङ गर्दै मात्र १८ बलमा ५३ रन जोड्न सफल भएका थिए । उनले यसै बेला भएको एकदिवसीय खेलमा भने कुनै रन जोड्न सकेका थिएनन् । 
सचिनले अहिलेसम्म खेलेका १ सय ९८ वटा टेस्टमा ५३.८६ को औसतमा १५ हजार ८३७ रन जोडेका छन् भने ४ सय ६३ वटा एकदिवसीय खेलमा ४४.८३ को औसतमा १८ हजार ४२६ रन जोडेका छन् । उनले टेस्ट क्रिकेट तथा एकदिवसीय क्रिकेटमा सर्वाधिक शतकको रेकर्ड समेत बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ५१ र एकदिवसीय क्रिकेटमा ४९ वटा शतक बनाएका छन् । उनको यो रेकर्डको पछाडि नजिकै कोही पनि छैनन् र क्रिकेटमा सचिनको यो रेकर्ड तोड्ने अर्को खेलाडि जन्म नै हुन नसक्ने समेत बताइन थालेको छ । 
आज जन्मदिनको दिन उनले जारी आइपिएलमा कलकोत्ता नाइट राइडर्सविरूद्ध ब्याटिङ गर्नेछन् । 
सचिनलाई जन्मदिनको शुभकामना...



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS