Widgets

को-को थपिए एमाले केन्द्रीय समितिमा ?

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख, काठमाडौं । नेकपा एमालेले ९ केन्द्रीय सदस्य मनोनयन गरेको छ । साथै आगामी संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर १ महिने संगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ ।
UML officeपार्टी मुख्यालय बल्खुमा सोमबार बसेको स्थायी समिति बैठकले तत्कालिन उपाध्यक्ष अशोक राईसहितको जनजाति र मधेसी नेताहरुको समूहले पार्टी छाडेपछि रिक्त रहेको पदमा मनोनयन गरेको हो ।
केन्द्रीय सदस्य मनोनित हुनेमा भोजपुरका शेरधन राई र राजेन्द्र राई, काठमाडौंका सानु श्रेष्ठ, महोत्तरीका रामदयाल मण्डल, सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, चितवनका केशबलाल श्रेष्ठ, पाँचथरका गणेश काङमाङ तनहुँका एकबहादुर राना र मुगुका चन्द्रबहादुर शाही रहनु भएको छ । पूर्व सभामुख सुवास नेम्बाङ र संगठन विभागका सचिव ज्ञानबहादुर भुजेललाई पनि केन्द्रीय सदस्य बनाउने सहमति भएको सचिव शंकर पोखरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो । नेम्बाङ र भुजेल भने केन्द्रीय समितिले मनोनयन गर्ने ५ प्रतिशत अन्तरगत पर्नु हुनेछ ।
बुटबल महाधिवेशन भएको ५ वर्ष पुग्दा समेत एमालेले कुल १ सय १६ केन्द्रीय सदस्यको ५ प्रतिशत अर्थात ६ जना मनोनयन गर्न सकेको छैन । ५ प्रतिशत मध्ये नेम्बाङ र भुजेलको नाम टुङ्गो लागेपछि बाँकी ४ जना पोलिटव्यूरोले चयन गर्ने छ ।
संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान अन्तरगत २४० वटै निर्वाचन क्षेत्रमा केन्द्रवाट एकएक जना सहकर्ता खटाइने छ । उक्त अभियानको समापन पश्चात राष्ट्रिय प्रतिनिधि परिषदको वैठक आयोजना गरिने पोखरेलले जानकारी दिनुभयो ।
स्थायी कमिटीले गरेको केन्द्रीय सदस्य मनोनयनसहितका एजेण्डामा छलफल गर्ने २१-२४ सम्म पोलिटव्यूरो र २५-२६ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको सचिव पोखरेलले जानकारी दिनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS