Widgets

यौनकर्मी महिलाहरु आफ्ना ग्राहकलाई कण्डम लगाउन अनुरोध

Unknown | 16:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !



यौन पेशा अँगालेका यहाँका यौनकर्मी महिलाहरु आफ्ना ग्राहकलाई कण्डम लगाउन अनुरोध गर्छन्, सिकाउँछन् र नमाने सम्झाउँछन् । उनीहरुलाई ग्राहकलाई सुरक्षित सम्पर्कका लागि राजी बनाउने बिषयमा तालिम दि इएको छ ।मकवानपुरमा हाल रहेका भनिएका ५ सय १४ यौनकर्मी महिलालाई महिला यौनकर्मीको क्षेत्रमा कार्यरत् जनरल वेलफेयर प्रतिष्ठान (जीडब्लुपी) ले यस्तो सचेतना दिएको हो । उनीहरुलाई विभिन्न चरणमा कार्यालयमै ल्याएर वा सहजकर्तामार्फत् उनीहरुकै स्थानमा सुरक्षित सम्पर्कका लागि सचेतना दिइएको संस्थाका फिल्ड संयोजक रामशरण सापकोटा बताउँछन् ।

मजा आउँदैन भन्दै कण्डम लगाउन नमान्ने ग्राहकबाट यौनकर्मी महिला पीडित छन् । एक त यौनकर्मी महिलामा कुनै यौनजन्य संक्रमण भए ग्राहकमा सर्ने सम्भावना हुन्छ भने सम्पर्कमा आएका ग्राहकमा पनि कुनै सम्पर्क भए यौनकर्मी महिलामा सर्ने सम्भावना त्यत्तिकै छ । असुरक्षित सम्पर्कको जोखिम यौनकर्मी महिलालाई जानकारी दिएपछि उनीहरु आफैं कण्डम लगाउनतर्फ अग्रसर भएको सापकोटाको भनाइ छ । आफ्नो सम्पर्कमा आएका ग्राहक कहाँ जाँदा उनीहरु आफैं कण्डम बोकेर जान्छन् । कण्डमबिना सम्पर्कमा राजी हुँदैनन् । ग्राहकले नाइनास्ती गरे सम्झाउँछन् ।
कण्डम लगाएर सम्पर्क गदा मजा आउँदैन भनी गुनासो गर्नेहरुलाई बरु अन्य तरिकाले आनन्द दिन सजिलो मान्छन् यौनकर्मी महिला । यस्तो सचेतनाले यौनकर्मी महिलालाई मात्रै होइन, उनीहरुका ग्राहकलाई समेत यौनजन्य संक्रमणबाट बच्न सजिलो बनाएको छ । जतिसुकै बढी पैसा दिन्छु भनेपनि कण्डम बिना सम्पर्क नगर्न प्रतिबद्ध यौनकर्मीका कारण यौनजन्य संक्रमणबारे उनीहरुका ग्राहकसमेत सचेत बन्दैछन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS