Widgets

लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन : प्रचण्ड

Unknown | 03:42 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख,काठमाडौँ । भारत भ्रमणमा रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग भेटवार्ता गर्नुभएको छ ।
prachanda
वार्ताका क्रममा प्रचण्डले राजनीतिक दलहरुको सहमतिमा संविधानसभा निर्वाचन प्रयोजनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गरिएको र सो परिषद्ले तोकिएकै समयमा निर्वाचन गराउने बताउनुभएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
प्रमुख राजनीतिक दल निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदै अध्यक्ष प्रचण्डले निर्वाचनलाई सफल बनाउन भारतीय नेता तथा जनताको महत्वपूर्ण सहयोग रहनुपर्नेमा जोड दिनुभएको थियो । नेपालमा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन हुनै पर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो । एमाओवादी पार्टीप्रति कुनै पनि खालको अविश्वास नरहोस् भन्दै उहाँले नेपाललाई समुन्नत र आर्थिक रुपले सबल बनाउने आफूहरुको ध्येय रहेको स्पष्ट पार्नुभयो ।
भेटका अवसरमा जनता दल युनाइटेडका अध्यक्ष यादवले नेपालको स्थिरताका लागि आफूहरुको तर्फबाट जस्तोसुकै सहयोग उपलब्ध गराइने विश्वास दिलाउनु भएको थियो । उहाँले नेपालमा निकट भविष्यमा हुन लागेको संविधानसभाको निर्वाचनमा भारतीय राजनीतिक दल, सरकार र सरोकारवाला सबै पक्षले सहयोग गर्ने बताउनुभएको थियो । उहाँले निर्वाचनको विरोधमा रहेका राजनीतिक दलहरुलाई पनि विश्वासमा लिएर निर्वाचनमा सहभागी गराउनुपर्ने बताउनुभएको थियो । नेपालको गरिबी, असमानता, बेरोजगारीलाई हटाउन आर्थिक विकास र उन्नतिको आवश्यकता रहेको र त्यसमा सहयोग गर्न एमाओवादी अध्यक्ष प्रचण्डले गर्नुभएको आग्रहलाई आˆनो पार्टीले सकारात्मक रुपमा लिएको अध्यक्ष यादवले जानकारी दिनुभएको थियो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS