Widgets

नेपाल अमेरिकासँग ९४ रनले पराजित, आज युगाण्डासँग खेल्ने

Unknown | 03:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख, काठमाडौं । बर्मुडामा सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको छ । अपेक्षा गरे अनुसार बलिङ चल्न नसक्दा नेपालले हारको बाटो देखेको हो ।
खेलपछि कप्तान पारस खड्काले नेपालले राम्रो रन बनाएपनि टेलरको १ सय ६२ रनकै कारण निर्णय अमेरिकाको पक्षमा गएको बताए । ‘टिमका रुपमा हामीले अमेरिकालाई ४० रन बढी दियौं । ३ सय वा बढीमा ३ सय ३० हुन्थ्यो भने भन्न सकिन्नथ्यो’ उनले भने–तर एकै व्याट्यम्यानले १ सय ६२ रन बनाए । यो उनीहरुको दिन थियो । हामीले केही गर्न सकेनौं ।’ हरेक खेल त्यतिकै महत्वपूर्ण रहेको भन्दै उनले भने–हामी केही निराश छौं तर, यो खेलको सुरुवात मात्र हो । हाम्रा लागि हरेक खेल महत्वपूर्ण र हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन ।’
अमेरिकाले प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम एक बल बाँकी छँदा २ सय ७२ रनमै अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले ७३ र सरद भेसवाकरले ७२ रन बनाए । शक्ति गौचनले ३९ र सुवास खकुरेलले २३, प्रदीप ऐरी र संजम रेग्मीले समान १४/१४ रन बनाए ।
उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा बसन्त रेग्मी ७, विनोद भण्डारी ४ र अनिल मण्डल शुन्यमै आउट भए । अमृत भट्टराईले खाता नै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नील मिग्यारोलले ३ तथा मोहमद गू र एल्मोर हचिम्सनले समान २/२ विकेट लिए ।
यसअघि समरसेट क्रिकेट क्लबको मैदानमा पहिले व्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६६ रन बनाएको थियो । उसका लागि स्टीवन टेलरले १ सय २ बलमा १ सय ६२ रन बनाए । १२ छक्का र चौंका हानेका टेलरलाई रोक्न नसक्नु नेपाली बलरहरुको कमजोरी रह्यो । स्टीवन टेलर र ओलाण्डर बेकरले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे ।
प्रतियोगिता अन्तरगत नेपालले आज युगाण्डासँग खेल्नेछ । पहिलो खेलमा बर्मुडालाई १ सय १४ रनले हराएको युगाण्डालाई हराउनै पर्ने दबाव नेपाली टोलीमाथि छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS