Widgets

दुई रङको सिलिण्डरको विरुद्धमा महासंघ उत्रियो

Unknown | 03:47 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ बैशाख, काठमाडौं । सरकारले साउन १ गतेदेखि दुई रङको सिलिण्डर कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेलामा नेपाल उद्योग वाणिज्य महासंघले विरोध जनाएको छ । महासंघ र ग्यास उद्योग संघका प्रतिनिधिहरुले वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालालाई भेटेर दुई रङको सिलिण्डर कार्यान्वयनमा जटिलता रहेको भन्दै विरोध जनाएका हुन् ।
दुई रङको सिलिण्डर कार्यन्वयन गर्ने सरकारी निर्णय सरकारकै लागि प्रत्युत्पादक भएको बताउँदै व्यवसायीहरुले अन्य भरपर्दो विकल्प खोज्न सरकारलाई आग्रह गरेको अर्थमन्त्रालयद्धारा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्ड वितरणमा स्थानीय निकायको शिफारिसलाई आधारपत्र बनाई ठगी नियन्त्रण गर्न सकिने व्यवसायीहरुको सुझाव छ ।’बजारमा ग्याँसको अभाव व्यवसायीहरुका कारण नभई उपभोक्ताहरुको लापरबाहीका कारण भएको हो’ व्यवसायीहरुले भने- ‘एउटै परिवारभित्र दर्जनौं सिलिण्डर ग्यास दुरुपयोग भएको स्थितितर्फ सरकारको ध्यान जानुपर्छ ।’
अर्थ र उद्योगमन्त्री समेत रहेका कोइरालाले सरोकारवालाहरुसँग छलफल गरेर उद्योगीहरुका माग सम्बोधन गर्ने आश्वासन दिनुभयो । उहाँले सरकारी निर्णय कार्यान्वयनमा सघाउन उद्यमीहरुलाई आग्रह समेत गर्नुभयो । यसअघि सरकारले निजी क्षेत्रलाई ग्यासको कारोबार गर्न दिने निर्णयको समेत महासंघले विरोध गरेको थियो । सरकारले भएका उद्योगीहरुलाई समाप्त गरि सिमित व्यवसायीहरु पोस्न होचुवाको भरमा ग्यासको कारोबार निजी क्षेत्रलाई गर्न दिने निर्णय गरेको महासंघले आरोप लगाएको थियो ।
घाटा कम गर्न दुई थरी सिलिण्डर
ग्यासमा ठूलो घाटा हुँदै आएको बताउँदै नेपाल आयल निगमले घरायसी प्रयोजनका लागि सहुलियत मूल्यमा र व्यवसायीक प्रयोजनका लागि परल मूल्यमा ग्यास विक्री गर्ने बताएको छ । त्यसका लागि निगमले अहिले धमाधम ग्यास उपभोक्ता कार्ड वितरण गरिरहेको छ । व्यवसायीहरुले भने सरकारको निर्णयले व्यवसायीहरुलाई आर्थिक मार पर्ने भन्दै विरोध जनाउँदै आएका छन् । ग्यास उद्योग संघका अनुसार अहिले ४५ लाख ग्यास सिलिण्डर बजारमा छन् । जसमध्ये ६० प्रतिशत घरायसी प्रयोजनका लागि र ४० प्रतिशत व्यवसायीक प्रयोजनका लागि खपत हुँदै आएको अनुमान गरिएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS