Widgets

भारतमा नेपालीको कोठीमा आपतिजनक अवस्तामा नेपाली चेली

Unknown | 03:51 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


भारत, नयाँदिल्लीको जिबिरोडस्थित एक कोठीमा सयभन्दा बढी नेपाली चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लगाइएको त्यहाँबाट फर्किएकी युवतीले बताएकी छन् । ५६ नम्बरको सरकारी भवनमा सञ्चालित उक्त कोठी सुर्खेत, मैनतडा-३, सानो जात्रीकी ममता वादीले चलाएकी हुन् । त्यहाँ आफ्नै गाउँका ६ जना चेलीसमेत रहेको ती युवतीले जनाइन् ।

भारतको एक कम्पनीमा काम लगाइदिने भन्दै छिमेकी जमिन वादीले ५ कक्षा पढ्दै गरेकी ती युवतीलाई कोठीमा पुर्‍याएका थिए । त्यहाँबाट फुत्किएर आएपछि उनले आफूलाई उद्धार नगरी पैसा लिएर आउने बुबा पर्शुराम बुढाथोकी मिजारलगायत विरुद्ध उजुरी दिइन् । प्रहरीले मिजारसहित सानोजात्रीकै ५२ वर्षीय बिसे कामी, २२ वर्षीय ओम मिजार, जसमिन वादी र तुलसी वादीलाई पक्रेको छ । उनीहरूविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोगमा अनुसन्धान थालेको छ । कोठी सञ्चालक ममता पहिला आफूजस्तै बेचिएकी चेली भएको उनले बताइन् । ‘ममताले कोठी नाइकेसँग विवाह गरी अहिले अर्को कोठी सञ्चालन गरेकी हुन्,’ उनले सुनाइन्, ‘जहाँ म आफ्नै बाबुबाट बेचिएँ ।

दैनिक २५ जना ग्राहकलाई सन्तुष्ट बनाउनु पथ्र्यो । भनेको नगरे कुटपिट गर्ने र चुरोटको ठुटाले पोल्ने गरिन्थ्यो ।’ चार पटक भागे पनि ममताका गुन्डाले फेला पारेको उनले बताइन् । कोठीमा छँदा ग्राहकका रूपमा आएका दिल्ली, रोहीनी सेक्टर-२७ का एक भारतीय युवकसँग उनको प्रेम बस्यो ।

मायामा परेपछि ती युवक पटक-पटक उनीकहाँ ग्राहक बनेर जान थाले । र, एक दिन भगाएर अदालत लगी बिहे गरे । ती युवकको अठोट नै कोठीमा बेचिएकी केटीसँग जीवन बिताउने रहेको उनले सुनाइन् । बिहे गर्दा उनीहरूले बाबु पर्शुरामलाई नै साक्षी राखेका थिए । तर सुर्खेत माइत आउँदा उल्टो ती युवकले पिटाइ खाए । त्यसपछि भागेर भारत जाने क्रममा बेच्न लगेको शंका गर्दै इलाका प्रहरी कार्यालय छिन्चुले उनीहरूलाई पक्रियो । उनीहरूले प्रहरी निरीक्षक रमेश तामाङलाई घटनाको सबै विवरण सुनाए । त्यसपछि प्रहरीले थाल्यो- चेलिबेटी बेचबिखन गर्ने गिरोहबारे अनुसन्धान ।

ती युवतीले ममताकै कोठीमा काम गर्ने एक चेलीले पठाएको ५ हजार रुपैयाँ उनकी आमालाई प्रहरी चौकीमै हस्तान्तरण गरेकी थिइन् ।
‘तर आमाले भने छोरी त्यस्तो कर्ममा नलागेको विश्वास व्यक्त गरिन्,’ निरीक्षक तमाङले भने । ती भारतीय युवकका अनुसार ममताले सरकारी लाइसेन्स लिएरै कोठी सञ्चालन गरेकी हुन् । ‘ममताले गाउँकै तहसनहस गरेकी छ,’ उनले भने, ‘ममतालाई पक्राउ गरे गाउँकै उद्धार हुनेछ ।’ प्रहरीका अनुसार चेलिबेटी बेचबिखनमा संलग्न मैनतडाका मानबहादुर वादी, सागर वादी, ओवीलाल वादी र कसिरमा वादी फरार छन्




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS