Widgets

इटहरीका होटल-रेष्टुरेन्टमा भएका यौन व्यापार

Unknown | 03:49 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


इटहरी - बाहिरबाट हेर्दा चिया पसल जस्ता छाप्रा ! छाप्रो अगाडी छोटो स्कर्ट, हाफ भेष्ट, आँखामा रंगीचंगी गाजल, ओठमा लाली र मेकअपले पोतिएका अनुहार लिएर केही यूवती ग्राहकको प्रतिक्षा गर्दैछन् । पूर्व पश्चिम र उत्तर दक्षिण राजमार्गले जोडिएको पूर्वाञ्चलको एउटा व्यस्त बजार, ईटहरीको पश्चिम लाइनका छाप्रा अगाडि उभिएका यी महिला छोटो समयमा धेरै कमाउने लोभले यौन ब्यवसायमा लागेका हुन् ।


एक युवतीका शब्दमा “सबैका अगाडि हुनेखाने भएर हिड्न र आफ्नो घर परिवारका इच्छा आकांक्षा पुरा गर्न” राजमार्ग छेउछाउका होटल, क्याबिन तथा रेष्टुरामा ग्राहकको मनोरञ्जन पूरा गर्न धेरै महिला कार्यरत छन् । भन्न आवश्यक छैन, कोही बाध्यताले यहाँ आउछन त कोहि रहरले ! घरमा बस्न अल्छी लाग्ने र कमाइ नहुँदा कति त आफ्ना चाहना पुरा गर्न साथिभाइको लहै लहैमा लागेर पनि यौन व्यवसायमा लागेका भेटिए ।
पूर्वाञ्चलको यो बजारमा आफन्तले राम्रो काम लाइदिन्छु भनेर गाँउबाट बोलाएर यौन व्यवसायमा लगाईएका र पैसाको लागि दिनमा चार पाँचवटा रेष्टुरा धाउने महिला पनि भेटिए । डान्स र क्याविन रेष्टुरा हुँदै देह ब्यापारमा संलग्न महिलाको संख्या चारसय भन्दा धेरै भएको उप्का नेपालको अध्ययनले देखाएको छ । २०५७ सालमा पहिलो पटक डान्स रेष्टुरेण्ट खुलेपछि ईटहरीमा क्याबिन रेष्टुरेण्ट पनि खुले । शुरुमा क्याविन रेष्टुरेण्टमा महिलाहरुलाइ वेटरको काममा राखिन्थ्यो, तर विस्तारै क्याविनमा यौनको कारोवार पनि हुन थाल्यो । हाल, इटहरीमा करीब २ सय क्याविन तथा रेष्टुरेण्टहरु संचालित छन । सबैमा नभए पनि यहाँका धेरै क्याविन रेष्टुरेण्टमा यौनको कारोवार हुन्छ, तर, होटल व्यवसायीहरु भने आफूले कुनै पनि हालतमा यौन व्यवसाय नचलाएको दाबी गर्छन ।

क्याविन रेष्टुरेण्टमा यौन सर्भिस दिने एक महिलाका अनुसार, यौन बजारका मुख्य ग्राहकहरु सिमावर्ती बजारबाट आउने विदेशशी, सेना, शसस्त्र प्रहरी, ब्यापारी र कामको शिलशिलामा घरबाट टाढा बस्ने पुरुषहरु हुन् । सुन्दरता र हाउभाउ विक्ने, यो पेशामा धेरैजसो किशोरीहरु संलग्न छन् भन सम्बन्ध बिच्छेद, घरपरिवारमा मिलेर बस्न नसक्ने तर बालबच्चा पढाउने र पालन पोषण गर्न पैशाको अभाव हुने महिलाको संख्या पनि उल्लेख्य छ । इटहरी पारालिगल कमिटिकी अध्यक्ष राधा भट्राइका अनुसार, यी महिलासँग यौन क्रियाकलापमा संलग्न पुरुषहरुका कारण, धेरै परिवारमा तनाव छ र त्यसको नराम्रो प्रभाव बालबालिकामा परेको छ ।


लामो समयदेखि यहाँको यौन व्यवसायमा कार्यरत महिलाहरुको स्वास्थ्य र अधिकारबारे अनुसन्धान गरेकी उप्का लेपालकी कार्यकारी निदेशक शकुन्तला सुब्बाका अनुसार, यौनकर्मी महिलामा स्वास्थ सम्बन्धी जोखिमहरु धेरै छन् । उप्काको पछिल्लो अध्ययन अनुसार, क्याविनमा काम गर्ने सयकडा ५८ किसोरी मादक पदार्थ सेवन गर्छन् भने ३८ प्रतिशत किसोरी लागू पदार्थको सेवन गर्छन् । सबैभन्दा डरलाग्दो कुरा, यौन व्यवसायमा लागेका ४२ प्रतिशत किसोरीले एचआईभीको परिक्षण गर्दैनन् र यी कुलतको कारण क्याविनमा हुने यौन धन्दा छोडेर सामान्य पारिवारिक जीवनमा आउन सक्ने अवस्थामा पनि छैनन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS