Widgets

वकिलले खोले लोकमान र कान्तिपुरको दुश्मनी !

Unknown | 04:05 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२३ वैशाख, काठमाडौं । शाहीकालीन पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्ने सरकारी तयारीको विरोधमा कान्तिपुर प्रकाशन प्रा.लि. खुलेर लाग्नुको रहस्य खुलेको छ । कान्तिपुर प्रकाशन प्रालि र लोकमानवीच चर्को लडाइँ हुनुको मुख्य कारण विगतमा कार्कीले मुख्यसचिव हुँदा कान्तिपुर सञ्चार गृहलाई दिनुसम्म दुख दिएका रहेछन् भन्ने रहस्य सोमबार एक अधिवक्ताले अदालतसमक्ष खोलेका छन् ।lokmansing-karki
संवैधानिक परिषदले आइतबार कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गरेपछि सोमबार शीतलनिवासले अध्ययन थालेको छ । तर, सोमबारै बिहान १० बजे अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा कार्कीको सिफारिस बदर गराउन आठ पृष्ठ लामो निवेदन पेश गर्नुभएको छ । अर्यालले पेश गरेको सो निवेदनमा कार्कीले कान्तिपुरलाई कसरी दुख दिएका थिए भन्नेबारे चर्चा गरिएको छ । अर्यालले सोमबार अदालतमा पेश गरेको निवेदनमा उच्चस्तरीय रायमाझी जाँचबुझ आयोगको प्रतिवेदनलाई हवाला दिँदै भनिएको छ- ‘कार्कीले जनआन्दोलनको समाचार जनसमक्ष नपुगोस् भन्ने बदनियतले इजाजत प्राप्त गरी प्रशारण गरिएको भेडेंटारको (कान्तिपुरको) अपलिंक काट्ने, सामान लुट्ने र समाचारमा बन्देज लगाउने कार्य गरेको, निजले कान्तिपुर टि.भि.लाई स्याटलाइट प्रविधिमा जान रोक लगाएको ।’
निदेवदनमा कार्कीले कान्तिपुरमाथि दिएको दुखबारे थप ब्याख्या गर्दै भनिएको छ- ‘स्वतन्त्र रेडियोमाथि गैरकानूनी ढङ्गले प्रचण्डको अन्र्तवार्ता प्रसारण गरेको आरोप लगाई प्रशारण उपकरण लुटी स्टेशन बन्द गर्न लगाई सञ्चारकर्मीहरुलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको ।’अधिवक्ता अर्यालले आफ्नो उजुरीमा जनआन्दोलन दबाउन गठित प्रतिकार समितिका अध्यक्ष लोकमानसिंहले नगर निर्वाचनमा अनिवार्य मतदान गर्न लगाएको, चैत्र २१ र ३० गते बैठक राखी कर्मचारीलाई जनआन्दोलनमा नलाग्न र प्रतिकार गर्न निर्देशन दिएको भन्दै कार्कीलाई अख्तियारमा नियुक्त गर्न नहुने जिकिर गर्नुभएको छ । त्यस्तै कार्कीले आफू मुख्यसचिव हुँदा जनविरोधी कालो सञ्चार अध्यादेश जारी गरी लागु गरेको समेत उल्लेख गरिएको छ ।
अर्यालले यसअघि दर्ता गरेको कार्कीविरुद्धको रिटमा अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेपछि संवैधानिक परिषदले त्यसैमा टेकेर कार्कीलाई अख्तियार प्रमुखमा आएतबार सिफारिस गरेको छ । तर, अदालतले भनेबमोजिम कार्कीको योग्यता नपुग्ने नयाँ जिकिर सहित अर्यालले सोमबार नयाँ रिट निवेदन पेश गर्नुभएको हो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS