Widgets

प्रचण्डलाई सर्लाहीमा चुनाव लड्न कांग्रेस कार्यकर्ताको निम्तो

Unknown | 14:38 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ वैशाख, सर्लाही । नेपाली कांग्रेससहितका दलका नेताहरुले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्न निम्तो दिएका छन् । प्रचण्डले आफू मधेसबाटै चुनाव लड्ने बताइरहेका बेला सर्लाहीका नेताहरुले आफूहरु विपक्षी पार्टीको भए पनि केन्द्रीय उम्मेदवार चाहिएको बताए ।
prachanda-news
लालबन्दीमा आइतबार भएको अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टीका सर्लाही अध्यक्ष गोविन्द महतले भन्नुभयो-’प्रचण्डजीले मधेसबाटै चुनाव लड्छु भन्नुभएको छ, म उहाँलाई सर्लाही क्षेत्र नम्बर १ बाटै चुनाव लड्न आहृवान गर्छु ।’ त्यस्तै कांग्रेसका स्थानीय नेता एवं नागरिक समाजका अगुवा नारद पोखरेलले महतको प्रस्तावलाई समर्थन मात्रै गरेनन्, प्रचण्ड उम्मेदवार बने आफूले पनि भोट दिने घोषणा गर्नुभयो । ‘हामी यतिबेला नेताविहीन भएका छौं, म कांग्रेसको कार्यकर्ता हुँ । हाम्रै अवस्था पनि नराम्रो छ’ पोखरेलले भन्नुभयो-’हामीलाई दह्रो उमेद्वार चाहिएको छ । प्रचण्ड आउनुभो भने मै भोट हाल्छु ।’
बाबुराम भट्टराई अहिलेसम्मकै सफल अर्थमन्त्री र प्रधानमन्त्री भएको भन्दै कांग्रेसले बाबुरामलाई हटाएको भन्दै विरोध गर्नुभयो । उहाँले प्रचण्ड समेत बाबुरामसँग रिसाएको हो ? भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा सहभागीहरुले भारत र चीन भ्रमण, राष्ट्रियता र स्थानीय समस्या राखका थिए । जवाफमा प्रचण्डले आफ्नो भारत र चीन भ्रमण राष्ट्रिय हितको पक्षमा भएको बताउनुभयो । उहाँले भारत र चीनको संयुक्त सहयोग ल्याउन सके मात्र नेपालको विकास र एकता कायम रहने बताउनुभयो । उहाँले लोडसेडिङसहितका समस्या राजनीतिक समितिमार्फत सरकार समक्ष राख्ने आश्वासन दिनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS