Widgets

प्रचण्डले भने- अब म पार्टी अध्यक्ष छाड्छु

Unknown | 03:26 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२० वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्व छाड्ने कार्यकर्ताहरुलाई बताउनुभएको छ । हेटौडा महाधिवेशनअगावै आफूले डा. बाबुराम भट्टराईलाई अध्यक्ष बन्न प्रस्ताव गरेकोसमेत प्रचण्डले खुलासा गर्नुभएको छ । ’म नेतृत्व छाड्दैछु । हाम्रो टिमले नै अब नेतृत्व छाड्छ । हामी उत्तराधिकारी जन्माउछौं र बाहिरबाट वैचारिक सहयोगमात्रै गर्छौं ।’prachanda बिहीबार धरानमा आयोजित १९ जिल्लाका कार्यकर्तालाई गोप्य प्रशिक्षण दिने क्रममा प्रचण्डले भन्नुभयो- ‘मैले हेटौंडा महाधिवेशनअगावै बाबुरामजीलाई अध्यक्ष चलाउनोस् भनेको हुँ ।’
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्टालिन र माओले बुढेसकालसम्म नेतृत्व गरेको र नेपालमा पनि त्यस्तै हुन लागेको भन्दै प्रचण्डले बेलैमा नेतृत्व छाड्ने बताउनुभएको हो । ‘अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जे देखियो, सत्ताको नजिक पुगेपछि मारपिट र सत्ताको हानाथाप भयो ।’ प्रचण्डले कार्यकर्ताहरुलाई भन्नुभयो-’ यो गम्भीर दार्शनिक समस्या हो, हामीले ध्वंश र निर्माणको द्वन्द्ववादलाई बुझ्न सकेनौं, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जे देखियो, हाम्रोमा पनि त्यही समस्या देखिएको छ ।’
प्रचण्डले पार्टी नेतृत्व छाडेर आफू ‘स्टेटम्यानसीप’मा बस्ने बताएको यही पहिलो चाँहि होइन । ८ वर्ष अघिको चुनवाङ बैठककै बेला उहाँले आफू र बाबुराम भट्टराईलगायतको टिम सरकारमा नजाने र स्टेटम्यानसीपमा बस्ने बताउनुभएको थियो । बिहीबार धरानमा आयोजित प्रशिक्षणमा उहाँले पार्टी नेतृत्व छाड्ने नयाँ तिथि पनि घोषणा गर्नुभएको छ । तर, प्रचण्डले नेतृत्व छाट्ने तिथि चाँहि त्यति नजिक छैन । ‘नेतृत्व कहिले छाड्छौ भन्नुहुन्छ होला, अब ५/७ वर्षमा छाड्छौं । अहिलेको टिमले नै छाड्छ र नयाँ उत्तराधिकारीलाई नेतृत्व जिम्मा लगाउँछ ।’- प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरलाई बताए ।
बुधबार इटहरीको आमसभालाई सम्बोधन गरेपछि बिहीबार धरान पुग्नुभएका प्रचण्डले त्यहाँ पार्टी कार्यालय भवनको उद्घाटनका साथै नवप्रवेशीहरुलाई टीका लगाइदिनुभएको थियो । शुक्रबार एक दिनका लागि राजधानी आए पनि शनिबार सर्लाहीको हरिवनमा हुने क्षेत्रीयस्तरको आमसभा र भोलिपल्ट मधेस ब्यूरो प्रशिक्षणमा सहभागी हुन प्रचण्ड फेरि राजधानी बाहिर जाने कार्यक्रम छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS