Widgets

पूर्वाञ्चलमा यस्तो छ एमाओवादीको स्थिति

Unknown | 19:25 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


-अरुण बराल/धरानबाट फर्केर
 पूर्वी नेपालका १९ जिल्लाका एमाओवादी कार्यकर्ताहरु चुनाबी माहौल बनाउन एवं शीर्ष नेताहरुको प्रशिक्षण सुन्न बिहीबार धरानमा जम्मा भए । बुधबार इटहरीमा आयोजित सभामा भाषण गर्दै एमाओवादी नेताले पूर्वाञ्चलको जनलहर देखेपछि आगामी चुनावमा जित्ने निश्चित भएको दाबीसमेत गरे । विगत ०६४ सालको चुनावमा पूर्वी नेपालमा ४४ सीटको परिणाम हेर्दा एमाओवादीले ५० प्रतिशत अर्थात् २२ सीटमा विजय हात पारेको थियो । तर, अहिले एमाओवादीलाई आफ्नो पहिलेको साख बचाउन त्यति सजिलो छैन ।
कोचिलाको २२ सीटमा चर्को प्रतिश्पर्धा
एमाओवादीले भन्दै आएको कोचिला राज्यसमितिका झापा, मोरङ र सुनसरीमा कुल २२ निर्वाचन क्षेत्र रहेका छन् । यीमध्ये विगतमा एमाओवादीले १० सीट जितेको थियो भने कांग्रेस र एमालेले ३/३ सीटमात्रै जितेका थिए । यस क्षेत्रका २२ सीटमध्ये मधेसी जनअधिकार फोरमले ६ स्थानममा विजय हात पारेको थियो ।
purba
अनलाइनखबरले यसैसाता गरेको प्रत्यक्ष अनुगमनमा झापा, मोरंग र सुनसरीमा कांग्रेस र एमालेले आफ्नो स्थितिमा थोरै सुधार गर्ने संकेत देखिएको छ । एमाओवादीसँग तालमेल नगरेको अवस्थामा मधेसी दलबाट विजय गच्छदारबाहेक अन्यले जित्ने सम्भावना न्यून रहेको स्थानीय विश्लेषकको तर्क छ । कांग्रेस र एमालेले झापामा सहकार्य गर्ने सम्भावना देखिएको छ । मोरंगमा एमालेले स्थानीय उमेद्वारलाई प्राथमिकता दिने रणनीति बनाएको छ । मधेसी दलको विखण्डनको फाइदा मोरंग र सुनसरीबाट आफूले उठाउने कांग्रेसका जिल्ला नेताहरुको दाबी छ ।
०६४ सालमा लिम्बुवानमा कांग्रेस, एमाले नै अगाडि
एमाओवादीले भन्दै आएको लिम्बुवान राज्य समितिअन्तरगत पूर्वका ५ जिल्ला पर्छन् । लिम्बुवान भनिएका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र तेह्रथुममा कुल १० वटा निर्वाचन क्षेत्र रहेका छन् । जातीय राज्यको वकालत गरे पनि गत चुनावमा लिम्बुवानका १० क्षेत्रमध्ये एमाओवादीले २ स्थानमात्रै जितेको थियो । कांग्रेस र एमालेले लिम्वुवानबाट एमाओवादकिो भन्दा दोब्बर, अर्थात् ४/४ सीट जितेका थिए ।
विगतमा कमजोर अवस्थामा रहेको लिम्बुवानमा एमाओवादीले यसपालि आफ्नो स्थितिमा कति सुधार ल्याउला ? यसबारे कतैबाट पनि अध्ययन भैसकेको छैन । तर, विगतमा चुनाव बहिस्कार गरेको सन्जुहाङ पालुङ्वा समूहले पनि यसपालि चुनावमा भाग लिने र लिम्बुवानमा रहेको कुमार लिङ्देन नेतृत्वको अर्को समूहले वैद्य पक्षसँग गठबन्धन गरेको अवस्था छ । वैद्यपक्षको खासै प्रभाव लिम्बुवानमा नदेखिए पनि एमाओवादीप्रति जनतामा निराशा बढेको स्थानीयहरु बताउँछन् । त्यसैले पहिलेको कमजोर अवस्थामा रहेको लिम्बुवानमा कायापलट गर्न एमाओवादीलाई निकै मुश्किल छ ।
इलामका तीनवटै सीटमा यसअघि एमाओवादी तेस्रो स्थानमा छ । पाँचथरमा पनि दुईवटै क्षेत्रमा एमाओवादीको स्थान तेस्रो नै हो । तेह्रथुममा पनि एमाओवादी तेस्रो स्थानमा छ । ताप्लेजुङमा चाँहि दुबै सीटमा एमाओवादीको पूर्वस्थान दोस्रो रहेको छ ।
बच्ला त किरात प्रदेशको बर्चश्व ?
किरत प्रदेशका भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र संखुवासाभाका कुल १२ सीटमध्ये गत चुनावमा एमाओवादीले १० सीटमा विजय हात पारेको थियो भने यसक्षेत्रमा एमाले र कांग्रेसले एक/एक सीटमात्रै जितेका थिए । यतिबेला चर्को विवादमा परेका बालकृष्ण ढुंगेलले पनि यही क्षेत्रबाट जितेका हुन् । अर्का नेता गोपाल किरातीले पनि यही क्षेत्रबाट जितेका थिए । यसपालि गोपाल किराती धरानबाट चुनाब लड्ने चर्चा छ ।
किरात प्रदेशमा विशेष गरी भोजपुर र उदयपुरमा एमालेका अशोक राईको विभाजनको प्रभाव बढी भएकाले यसपालि यस क्षेत्रमा आफ्नो स्थितिमा सुधार ल्याउन एमालेलाई निकै चुनौतीपूर्ण देखिन्छ । भोजपुर, खोटाङ र ओखलढुंगाका एक/एक स्थानमा यसअघि एमाले दोस्रो स्थानमा थियो भने उदयपुरका दुईवटा क्षेत्रमा एमालेले दोस्रो पोजिसन ल्याएको थियो । १२ सीटमध्ये १ स्थानमा जितेको र ५ स्थानमा दोस्रो बनेको एमालेका लागि अशोक राईको विभाजनले यसपालि विगतको साख जोगाउन पनि निकै मुस्किल पर्ने देखिन्छ किरात प्रदेशमा । तर, एमाओवादीका भोजपुरका पूर्वसभासद वैद्यतर्फ लागेकाले एमाओवादीलाई पनि विभाजनको पीडा त्यति सहज छैन ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS