Widgets

मे दिवसले वास्तविक मजदुरलाई छुन सकेन

Unknown | 03:19 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात, १२४ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । दिवसका अवसरमा विभिन्न टे्रड युनियनहरुले राजधानीका विभिन्न ठाउँबाट र्‍याली निकाले । बुधवार  एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप, एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले काठमाण्डुको खुलामञ्जमा सभा गर्दैछन् । 22त्यस्तै, ट्रेड युनियन काङ्ग्रेसले शान्ति वाटीकामा र नेकपा-माओवादी निकटको मजदुर संगठनले वसन्तपुरमा कार्यक्रम राखेका छन् । नेपाल सरकारले पनि मजदुर दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
दिवस राजनीति गर्नेलाई
नेपालमा सभा सम्मेलन गरेर मजदुर दिवस मनाइरहँदा वास्तविक मजदुरहरुलाई भने दिवसले छुन सकेको छैन् । सिमित मजदुर र कर्मचारीहरु बाहेक अन्य सबै मजदुरहरु आज पनि काममा व्यस्त रहेका छन् । दिनभरी काम नगरे बेलुका खान नपाउनेहरुलाई मजदुर दिवससँग कुनै सरोकार नभएको मजदुरहरुले बताएका छन् । मजदुर दिवस वास्तविक मजदुरका लागि नभएर मजदुरका नाममा राजनीति गर्नेहरुका लागि र सरकारी कर्मचारीहरुलाई मात्र भएको उनीहरुको दुखेसो थियो ।
2विदा सरकारी कर्मचारीलाई
सरकारले पनि वास्तविक मजदुरहरुलाई सौतेलो व्यवहार गरेको उनीहरुले गुनासो गरेका छन् । ‘हामीलाई विदा होस कि अन्य कुनै समारोह, दिनभरि काम नगरी बेलुका मुखमा माड लाउन नपाउने हुँदा यस्ता दिवसमा खासै मतलब राख्दैनौं’ नुवाकोटबाट राजधानीमा आई मजदुरी गर्न थालेका एक मजदुरले भने । सरकारले मजदुर दिवसको दिनमा दिएको विदा त सरकारी कर्मचारीहरुलाई मालामाल भएको छ ।
पछिल्लो समय मजदुरको नाममा राजनीति गर्नेहरुको संख्या बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका आ-आˆनै मजदुर संगठनहरु रहेका छन् । संगठनको नेतृत्व सम्हाल्नेहरु वास्तविक मजदुर नभई मजदुरको नाममा राजनीति गर्नेहरु भएको उद्योगी-व्यवसायीहरु बताउँछन् । उनीहरुले वास्तविक मजदुरलाई प्रयोग गरेर राजनीति गरिरहेका छन् । अहिलेसम्म नेपालमा १० वटा मजदुर संगठन दर्ता भईसकेका छन् भने ३ वटा दर्ता प्रकृयामा रहेका छन् ।
विश्वका मजदुरहरु एक हौं भन्ने नाराका साथ मजदुर दिवस मनाउँदै आएको भएपनि नेपालमा विभिन्न मजदुर संगठनले छुट्टा-छुट्टै कार्यक्रम गरि मजदुर दिवस मनाउँदै छन् । पछिल्लो समय मजदुरहरु मालिकहरुबाट नभई मजदुर संगठनबाटै पिडित बन्दै आएका छन् । संगठनहरुले मजदुरबाट लेवि उठाउने, आन्दोलनहरुमा जबरजस्ती लगेर मजदुरहरुलाई शोषण गर्दै आएको गुनासो बढ्दै आएको छ ।
नेपालमा श्रम सम्बन्धी स्पष्ट कानुन बन्न नसक्दा मजदुर र रोजगारदाबीच द्धन्द्ध चर्कदै आएको छ । कतिपय मजदुर मालिकबाट शोषित हुँदै आएका छन भने कतिपय मालिकहरु श्रमिकबाट पिडित बन्दै आएका छन् । श्रम समस्या समाधान गर्न स्पष्ट कानुन बनाउनुपर्ने, श्रम अदालत गठन गर्नुपर्ने, न्यूनतम तलब मूल्य बृद्धिका आधारमा बढाउँदै लैजानुपर्ने माग उठेपनि सरोकारवाला निकायहरुले यसप्रति ध्यान दिन सकेका छैनन् । मजदुरका नाममा राजनीति गर्नेहरुले पनि यस तर्फ खासै ध्यान दिएको पाईंदैन । विश्वभर मजदुर दिवस मनाइरहेका बेला अनलाइन खबरले राजधानीमा काम गरिरहेका केही मजदुरसँग दिवसको दिन पनि किन काम गरिरहनुभएको भनेर कुराकानी गरेको थियो ।
Dinesh-Khadkaदिनभरि काम नगरे बेलुका मुखमा माड लाग्दैन्
दिनेश खड्का, रामेछाप
मजदुर दिवस त लेखापढी गर्नेहरुलाई मात्र रहेछ । हामीलाई त दिनभरि काम नगरे बेलुका मुखमा माड लगाउन पाईंदैन् । घरमा बाल बच्चा छन्, मजदुर दिवस हो आज काम गर्दिन भन्यौं भने उनीहरु भोकै रहन्छन् । मजदुर दिवसका दिन पनि काम गर्नु हाम्रो वाध्यता हो । हामीलाई नियतीले ठगेको रहेछ हेर्नोस, कुनै दिनपनि आराम गर्न पाउँदैनौं ।
विश्वभर मजदुर दिवस मनाईंदै गरेको थाहा छ । तर, थाहा भएर के गर्ने ? सबैका आ-आˆनै दुःख पिडा र व्यथा हुन्छन् । हेर्नोस, साँच्चिकै भन्ने हो भने यो दिवस हामी मजदुरका लागि होइन् रहेछ ।
Balkrishna-Shresthaआज विदा बसे भोलि साहुले काम नदेला
बालकृष्ण श्रेष्ठ, रामेछाप
मजदुरको हक हितमा आवाज उठाउन मजदुर दिवस मनाउनु ठिकै हो । तर, अहिलेसम्म मजदुरलाई कुनै हित हुन सकेको छैन् । मैले धेरै वर्षदेखि भारी बोक्ने काम गर्दै आएको छु । १० वर्ष अगाडि मेरो जुन अवस्था थियो अहिले पनि त्यहि नै अवस्था रहेको छ ।
मजदुर दिवसको दिन घरमा परिवारसँग बस्न त मन लाग्छ । तर, आज विदा बसे भोली साहुले काम नदेला भन्ने पनि पिर लाग्छ । हामीले भारी बोक्न सक्यौं भने खान पाउँछौं नसक्दाको दिन भोकै रहनुपर्छ । दिनभरी मुटु मिचेर भारी बोकेपछि बेलुका सामन्य खाना खान पाईन्छ । मुलुकभित्र हुने बन्द हड्तालले पनि हामीलाई निकै अप्ठ्यारो पार्दै आएको छ । बन्द हड्तालका कार्यक्रम नहोउन भन्ने हाम्रो अपेक्षा हो ।
Samser-bhujelट्राफिकले हामीलाई शोषण गर्छन्
समशेर भुजेल, धादिङ
हामीले विदा नपाए पनि मजदुर दिवस मनाउनु ठिकै हो । राज्यले नै हामी मजदुरलाई हेप्दै आएपछि अन्यबाट के आशा गर्नु । कसैले पनि मजदुरका दुःख पीडा बुझ्न सकेनन् । जति मजदुर दिवस मनाए पनि राज्य र मालिकको मजदुरमाथि हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन हुन सकेको छैन् । हामीले कर तिरेर पालिएका ट्राफिक प्रहरीले हामीजस्ता गाडी चलाउने मजदुरलाई शोषण गर्दै आएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS