Widgets

कमल थापा भर्सेज मरिचमान !

Unknown | 19:25 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ वैशाख, काठमाडौं । पूर्वपञ्चहरुसमेत आपसी झगडामा कम्युनिष्टभन्दा कम छैनन् । आगामी संविधानसभाको चुनावमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको नारासहित कमल थापा नेतृत्वको राप्रपा नेपालले शक्ति आर्जन गर्ने दाबी गरिरहेका बेला पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठले समेत राजनीतिमा चासो दिन थाल्नुभएको छ ।
kamal-thapa with marichmanथापाले पूर्वराजाको नाम भँजाएको भन्दै पूर्वप्रधानमन्त्री सिंहले देशमा संवैधानिक नभई सक्रिय राजतन्त्रको वकालत गर्न थालेको स्रोत बताउँछ । सिंहले मनमोहनसमशेर राणासँग राजतन्त्रवादी पार्टी बनाउनेबारे छलफल गरिहरहेको बुझिएको छ । कमल थापाले पार्टीबाट हटाएका शाहीकालका पूर्वसञ्चार मन्त्री टंक ढकालसमेत मरिचमानकै पक्षमा छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अघि सारेको जनमत संग्रहका माध्यमबाट राजतन्त्रबारे निर्णय हुनुपर्ने मागप्रति मरिचमान सिंह लगायतका पूर्वपञ्चहरु सहमत छैनन् । राजसंस्थामाथि जनमत संग्रह हुनै नसक्ने र राजा निरपेक्ष हुनुपर्ने उनीहरुको तर्क छ ।
पूर्वराजाको नाम लिएर पार्टी विस्तारमा लागिरहेका थापाले आफ्नो पार्टीमा सामुहिक नेतृत्व विकास गर्न नसकेको सिंहको आरोप छ । आफैंमात्र एक्लै नेता हुने र आफूसरहका व्यक्तित्वलाई अगाडि आउन नदिने थापाको कार्यशैलीले पार्टी बलियो नहुने भन्दै उनीहरुले थापाको आलोचना गरेका छन् । ‘कमल थापा एक्लै छन्, उनले अरु राजावादीलाई समेट्न सकेका छैनन् र त्यतातिर ध्यान पनि दिएका छैनन् ।’- स्रोतले भन्यो ।
हुन पनि विगतमा शाहीकालमा राजालाई सँगै साथ दिएका रमेशनाथ पाण्डे, टंक ढकाल लगायत कसैलाई पनि थापाले पार्टीमा समेट्न सकेका छैनन् । सानो कोटरी बनाएर समाउने उनको कार्यशैली देखिएको छ । राष्ट्रिय जनशक्ति पार्टी र राप्रपासित उनले संवैधानिक राजतन्त्र र धर्म सापेक्षताको नीतिका कारण पार्टी एकता गर्न सकेका छैनन् ।
एमाले कांग्रेसको लाइन
संवैधानिक राजतन्त्र मान्ने कमल थापाको लाइनलाई मरिचमान सिंह समूहले कांग्रेस एमालेको फेटोकपी बताएका छन् । ‘संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्र भनेको त, कांग्रेस, एमालेको लाइन हो, कमल थापा यसैलाई बोकेर हिँडेका छन् ।’- मरिचमानको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘राजतन्त्रकै वकालत गर्ने भए सक्रिय राजतन्त्रको वकालत गर्नुपर्छ ।’
सक्रिय राजतन्त्रको लाइन अनुसार पार्टी बनाउने सोचाइमा सिंह रहे पनि तत्कालै त्यस्तो पार्टी बनाएर निर्वाचनमा गइहाल्ने सोचाइमा उनी नभएको स्रोतले बतायो । ‘पूर्वपञ्चहरुवीच ठूलो अन्तरविरोध छ, यिनीहरु यति सजिलै एकतावद्ध भैहाल्लान् भनेर अनुमान लगाउन गाह्रो छ । मनमोहनसमशेर लगायतका पूर्व राजावादीले भने पार्टी गठन गरिसकेका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS