Widgets

निगमलाई अब मासिक २० करोड नाफा हुने

Unknown | 19:26 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१९ बैशाख, काठमाडौं । भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमलाई मासिक २० करोड रुपैयाँ नाफा हुने भएको छ । भारतीय आयल निगमले मे १ तारिखदेखि लागु हुनेगरि निगमलाई बिहीबार पठाएको मूल्य सूचिअनुसार सो नाफा हुने भएको हो ।
पेट्रोलियम पदार्थको विक्रीमा घाटा बेहोर्दै आएको आयल निगम १० महिनापछि नाफामा जाने भएको हो । nepal oil corporationयसअघि अपि्रल १६ तारिखमा भारतीय आयल निगमले पठाएको मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई ६ करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको थियो ।नयाँ मूल्य सूचिअनुसार एलपी ग्याँसको सिलिण्डरमा हुँदै आएको घाटा ६४ रुपैयाँले घटेपछि निगमलाई राहत मिलेको हो । यसअघि निगमलाई प्रतिसिलिण्डर ५ सय ४ रुपैयाँ घाटा हुँदै आएकोमा अब प्रतिसिलिण्डर ४ सय ३९ रुपैयाँमात्र घाटा हुने भएको छ ।
कुनमा कति नाफा ?
नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा १२ रुपैयाँ ८९ पैसा नाफा हुने भएको छ । यसअघि पेट्रोलमा ९ रुपैयाँ ४२ पैसामात्र नाफा थियो । त्यस्तै, यसअघि डिजेलमा १ रुपैयाँ ३९ पैसा नाफ हुँदै आएकोमा नयाँ मूल्य सूचि अनुसार ३ रुपैयाँ ४४ पैसा नाफा हुने भएको छ । १३ रुपैयाँ ७८ पैसा नाफा हुँदै आएको मट्टतिेलमा अब १५ रुपैयाँ ८३ पैसा नाफा हुने भएको छ । नयाँ मूल्य अनुसार हवाई इन्धनमा निगमलाई २६ रुपैयाँ ९८ पैसा नाफा हुने देखिएको छ । यसअघि हवाई इन्धनमा निगमलाई २४ रुपैयाँ ६९ पैसामात्र नाफा हुँदै आएको थियो ।
तत्काल मूल्य नघट्ने
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतमा पेट्रोलको मूल्य प्रतिलिटर नेपाली ५ रुपैयाँ घटेको छ । भारतमा ग्यासको मूल्य समेत घटेको भारतीय संचार माध्यमहरुले बताएका छन् । नेपालमा भने अन्तर्राष्ट्रिय बजार भाउले कुनै प्रभाव नपार्ने भएको छ । नेपाल आयल निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा तत्काल कुनै फेरबदल नगर्ने जनाएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS