Widgets

लोकमानका पिताको दुई रुपैयाँको टिकट !

Unknown | 15:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२३ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरिएका पूर्वमुख्यसचिव लोकमानसिंह कार्की यतिबेला निकै ठूलो चर्चामा छन् । धनकुटाको फलाँटे गाविसको सामन्ती परिवारमा जन्मेका लोकमानबारे अनलाइनखबरले केही रोचक तथ्य फेला पारेको छ ।
loman-ko-ticketपिताका नाममा हुलाक टिकट !
जतिखेर लोकमान मुख्यसचिव बनेका थिए, उनले आफ्नै पिताका नाममा २ रुपैयाँको हुलाक टिकट जारी गराए । ०६२ साल अर्थात् सन् २००५ सेप्टेम्बर २४ मा जारी गरिएको सो हुलाक टिकटमा लोकमानका पिता भूपालमानसिंह कार्कीको पहिचान ‘समाजसेवी’ का रुपमा खुलाइएको छ । ०६० सालमा परमधाम भएका भूपालमानका नाममा लोकमानले आफु मुख्यसचिव भएपछि ‘समाजसेवी’ भन्दै हुलाक टिकट जारी गराएका हुन् ।
को हुन् भूपालमान ?
धनकुटाको फलाँटेका भूपालमान राणाकालमा बडाहाकिमहरुलाई रिझाएर ठेक्काट्टाको काम गर्थे । उनको मोरंगमा सयौं विघा जमीन थियो । राणा शासन ढलेपछि उनले राजाको खातिरदारी गर्न बुरु गरे । यसैक्रममा उनले राजसभा स्थायी समितिमा जागिर खाए । तत्कालीन राजा महेन्द्रको जिल्ला दौडाहामा सवारी मन्त्री भएर खुशी पारेवापत भूपालमानले मानार्थ बि्रग्रेडियर जनरलको पदवीसमेत पाएका थिए । तर, उनी सेनाचाँहि होइनन् । प्रशस्तै सम्पत्ति भएका भूपालमानले आफु जिउँदै हुँदा सुनसरी र मोरंगको सीमानामा पर्ने दुहबीस्थित सिंगिया खोलाको पुलमा पूर्णकदको शालिक ठड्याएका थिए । सो सालिक मधेस आन्दोलनका बेला मधेसीहरुले ढलाइदिएका हुन् ।
भूपालमानका नाममा हुलाक टिकटमात्रै होइन, ५ लाख रुपैयाँको भूपालमानसिं प्रज्ञा पुरस्कार र २ लाख रुपैयाँको भूपालमानसिंह कार्की पुरस्कार पनि छ । कार्की जेपी फाउन्डेसनका पनि सदस्य थिए । अहिले पनि जेपी फाउन्डेसनको साइटमा हरिहर विरही र भूपालमानसिंहको नाम एकै ठाउँमा देख्न पाइन्छ । कार्कीले आफ्नो जीवनकालमा आफ्नो प्रशस्ती गानमा धेरैलाई पैसा दिएर कितावसमेत लेख्न लाएका छन् । नई प्रशासनले भूपालमान सिंहको आत्मकथा प्रकाशित गरेको छ । पूर्वीनेपालका लेखकहरु भूपालमानलाई लेखक मान्दैनन्, तर सामन्तहरुले कसरी पैसाको बलमा आफूलाई लेखक वा समाजसेवीका रुपमा चिनाउने प्रयास गर्छन् भन्ने दृष्टान्तका रुपमा भूपालमानलाई लिने गरिन्छ ।
कोइराला र कार्कीको गहिरो साँठगाँठ
बिराटनगरका कांग्रेस नेता कोइरालाहरु र स्थानीय जमिन्दार भूपालमानसिंह काकीृको परिवारवीच राम्रो सम्बन्ध थियो । विशेष गरी मातृकाप्रसाद कोइराला र भूपालमान मिल्ने साथी रहेको जानकारहरु बताउँछन् । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला पुरानो बानेश्वरस्थित लोकमानसिंहको घरमा बारबार जाने गरेको धेरै कांग्रेसी नेता र कार्यकर्ताहरुलाई जानकारी छैन । कार्की र कोइराला परिवारको यही नातोका कारण गिरिजाले बलदेव मजगैयाँलाई पेलेर लोकमानलाई साथ दिएको इतिहास आफैं साक्षी छ । अहिले कार्कीलाई एमाओवादीले अख्तियार प्रमुखमा सिफारिस गरेको हल्ला चलाइए पनि कांग्रेस नेता र कार्कीवीचको सम्बन्ध लोकमानभन्दा अघिल्लो पुस्तादेखिकै हो ।
मुख्यसचिव बनाउनमा कांग्रेसको हात
लोकमानसिंह कार्की राजप्रासाद सेवाका कर्मचारी नभएर राजसभाका कर्मैचारी हुन् । राजप्रासाद सेवाबाट निजामतिमा आउन जति सहज हुन्थ्यो, राजसभामा रहेको व्यक्तिलाई निजामति सेवामा ल्याउने कुने कानुन थिएन । तर, ०४७ सालपछि नेपाली कांग्रेसको सरकारले कानूनविपरीत लोकमानलाई क्याबिनेटस्तरबाट निर्णय गरेर निजामति सेवामा छिराएको हो । दरबार आफैं पनि कार्कीको समर्थक छँदै थियो, त्यसमा कोइराला परिवासँगको साँठगाँठले यस्तो गैरकानूनी निर्णयमा झनै सजिलो भयो ।
नेपाली कांग्रेसको यही गैरकानून निर्णयमा टेकेर र गिरिजाप्रसादको साथ लिएर कार्की नेपाल सरकारको सचिव हुँदै मुख्यसचिवसम्म बन्न सफल भए । लोकमानलाई ०४६ को परिवर्तनपछि गैरकानूनी ढंगले किन निजामति सेवामा ल्याइयो भन्नेबारे कसैले कुरा उठाएन, किनभने कोइराला परिवार र कार्की परिवारको घनिष्टतालाई चुनौती दिनसक्ने गगन थापाहरु त्यसबेला १४ वर्षका बालखै थिए । राजदरबारमा लामो समय काम गरेका एकजना पूर्वकर्मचारी भन्छन्, -’त्यसबेला कांग्रेस सरकारले कार्कीलाई निजामति सेवामा ल्याउन गरेको निर्णय पूरै गैरकानूनी थियो, यसबारे मुद्दा हाल्ने हो भने अहिले पनि कार्कीको १७ वर्षे निजामति सेवा अवैध घोषित हुन सक्छ ।
राजसभाका काम गर्दाको अवधिलाई नजोडी कार्कीको सेवावधि २० वर्ष पुग्दैन । तर, विज्ञहरुले राजसभाको समयावधि जोड्नु त के, कार्कीको १७ वर्षे निजामित सेवा प्रवेशलाई नै अबैधानिक बताएका छन् । ‘क्याबिनेटले निर्णय गरेर निजामति सेवा ऐनविपरीत कसैलाई निजामित कर्मचारी बनाउन मिल्दैन, अझ राजप्रासाद सेवा र राजसभा फरक कुरा हो, कार्की राजसभामा थिए ।’ स्रोतले अनलाइनखबरसँग भन्यो-’राजसभालाई निजामति सेवामा जोड्ने कुनै ऐन छैन नेपालमा । नेपाली कांग्रेसले गैरकानूनी निर्णय गरेर कार्कीलाई निजामति सेवामा भित्र्याएको हो । ‘
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा काकृकिो नाम स्रवैधानिक परिषद्ले सिफारिस गरे पनि कार्कीको योग्यताले नभ्याउने देखिएको छ । कांग्रेसले अवैधानिकरुपमा निजामति सेवामा ल्याएको मितिबाटै गणना गर्नेहो भने पनि उनको कार्यावधि १७ वार्ष्मात्रै पुग्छ । जवकि संविधानतः अख्तियार प्रमुख हुन २० वर्ष सरकारी सेवा गरेको हुनुपर्छ । आइतबार कानूनविदहरुले राष्ट्रपतिलाई कार्कीको योग्यताले नभ्याउने तथ्य सुझाएपछि सोमबार राष्ट्रपतिले कार्कीको योग्यता जाँच गर्नुभएको छ । आइतबार संवैधानिक परिषदले पठाएको सिफारिसमाथि सोमबार पनि राष्ट्रपतिले कुनै निर्णय नदिनुको अर्थ कार्कीको  सिफारिस फिर्ता हुने सम्भावना बढेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS