Widgets

सार्वजनिक भयो ‘सामसुङ ग्यालेक्सी एस-४’

Unknown | 14:39 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ बैशाख, काठमाडौं । आँखाको गतिबाट नियन्त्रण हुने स्मार्टफोन सामसुङ ग्यालेक्सी एस-४ नेपाली बजारमा भित्रिसकेको छ । एस-४ को आइतबार साँझ राजधानीमा एक भव्य समारोहको आयोजना गरि सार्वजनिक गरिएको छ । नेपाली बजारमा एस-४ को मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्ने छ ।
s-4
सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालिले सामसुङ एस-४ स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोन सोमबारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । एसफोर ६४ जिबी, ३२ जिबी र १६ जिबी गरि तीन मोडेलमा निर्माण गरिएको भएपनि नेपालमा भने १६ जिबी मेमोरी क्षमता भएको मोडेलमात्र उपलब्ध हुनेछ ।
कम्पनीले बीमा गरिदिने
सामसुङ मोबाइलको नेपलका लागि आधिकारीक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज -आइएमएस) ले गतहप्तादेखि नै बुकिङ सुरु गरिसकेको छ । कम्पनीले अगि्रम बुकिङ गर्नेहरुलाई २ हजार रुपैयाँ बराबरको फिल्प कभर उपलब्ध गराउने भएको छ । साथै, कम्पनीले एस-४ मासिक किस्ताबन्दीमा उपलब्ध गराउनुका साथै इन्स्योरेन्स समेत गरिदिने भएको छ ।
त्यसैगरि, एनसेलसँगको सहकार्यमा भर्जिन मोबाइलले पनि नेपाली बजारमा एसफोरको विक्री वितरण गर्ने भएको छ । भर्जिन मोबाइलका प्रबन्ध निर्देशक विवेक शर्माले आइतबारदेखि नै एसफोरको बुकिङ सुरु गरिसकेको बताउनुभयो । एनसेलले एस-४ को बिमा गरिदिनुका साथै तीन महिनाका लागि एक जीबी डाटा कार्ड समेत निःशुल्क उपलब्ध गराउने भएको छ ।
एस-४ मा ‘स्मार्ट स्टे’ र ‘स्मार्ट पज’ लगायतका नयाँ सुविधाहरु जडान गरिएको छ । यीनै सुविधाका कारण यस स्मार्टफोनमा भिडियो हेर्दा स्क्रिनले आँखाको गतिअनुसार प्रतिक्रिया जनाउँछ । यस स्मार्ट फोनको स्त्रिmनबाट आँखा बाहिर लैजाँदा चलिरहेको भिडियो आफै रोकिन्छ भने आँखा स्त्रिmनमा ल्याउँदा भिडियो आफै चल्न थाल्छ । यहि सुविधा प्रयोग गरेर स्क्रोल तलमाथी सार्न समेत सकिने कम्पनीले जनाएको छ ।
के छन नयाँ सुविधाहरु ?
५ इञ्च एमोलिड टचस्त्रिmन भएको यस स्मार्टफोनको रिजोलुसन १०८०-पी रहेको छ । स्मार्टफोनमा गुगल एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम रहेको छ । दुई गिगाबाइट र्‍याम रहेको ग्यालेक्सी एसफोरका १६ जीबी, ३२ जीबी र ४६ जीबी अन्तरिक मेमोरी रहेका तीनवटा मोडल छन् । स्मार्टफोनको ब्याक साइडमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा जडान गरिएको छ भने प|mन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ ।
१.९ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको यस स्मार्टफोनमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा रहेको छ । यसमा डुअल सट, एचडी भिडियो, स्माइल डिटेक्सनलगायतका सुविधाहरु रहेका छन् । स्मार्टफोनमा २ हजार ६ सय एमएएचको ब्याटि्र रहेको हुँदा व्याकअप धेरै दिनेछ ।
स्मार्टफोनमा रहेको एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधीको जानकारी दिनेछ । यसमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रे



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS