Widgets

यौन व्यवसायलाई मान्यता दिनुपर्ने भन्छिन एक युवती...

Unknown | 03:50 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नेपाल प्रहरीभित्र ४० प्रतिशत महिलाले सहकर्मीबाटै यौन दुर्व्यवहार खेप्नुपरेको सर्वेक्षण प्रतिवेदनले प्रहरीभित्र खैलाबैला मच्चिएको छ । बाहिर हुने यौन दुर्व्यवहारका घटना झन् बढी आइरहन्छन् प्रहरीकहाँ । यसले समाजमा यौन अपराध बढ्दो अवस्थामा रहेको देखाउँछ ।

यसको समाधान के छ त ? मध्यपश्चिमकी प्रहरी प्रमुख डीआईजी पार्वती थापा मगर सरकारले यौन व्यवसायलाई मान्यता दिनुपर्ने धारणा रान्छिन् । 'रेडलाइट एरिया नतोक्दासम्म यौन अपराध नियन्त्रण गरेर हुने देखिँदैन,' उनी भन्छिन्, 'त्यसो भए आवश्यकता हुनेहरू रेडलाइट एरियातिर जान्छन्, समाजमा अपराध घट्छ ।'
प्रहरीले जतिसुकै नियन्त्रण गर्न खोजे पनि कुनै न कुनै रूपमा यौन व्यवसाय चलिरहेको उनी बताउँछिन् । शरीरमाथि आफ्नै अधिकारको माग भइरहेका बेला राज्य संयन्त्रले नियन्त्रण गर्न नसक्ने उनको दाबी छ । 'यौन इच्छा हुनेले विकल्प नपाउँदा अपराधतिर लाग्छ,' उनले भनिन्, 'यौन व्यवसाय नियन्त्रण गर्छु भन्नु ढोका थुनेर बिरालो पिट्नुजस्तै हो । निकास नपाएपछि त घाँटीमै झुन्डिन्छ नि ।' विकसित र छिमेकी मुलुकको अनुभवका आधारमा पनि रेडलाइट एरियाको आवश्यकता देखिएको उनको तर्क छ ।

प्रहरी संगठनभित्रैको डरलाग्दो यौन दुव्र्यवहारको तथ्यांकले भने उनलाई नमज्जा लागेको छ । सर्वेक्षणको नकारात्मक प्रभावस्वरूप प्रहरीमा महिला भर्ती निरुत्साहित हुने हो कि भन्ने चिन्ता पनि सँगसँगै छ । तर, उनी हिम्मत गर्ने महिलाहरूका लागि प्रहरीभित्र उज्वल भविष्य पनि देख्छिन् । 'दुव्र्यवहार सहने होइन, उजुरी गरिहाल्नुपर्छ । दोषीमाथि तत्काल कारबाही हुन्छ,' उनले भनिन्, 'बुवा-आमाले ढुक्कसँग छोरीलाई प्रहरीमा पठाए हुन्छ ।'
त्यसो त, डीआईजी थापालाई प्रहरीभित्र हुने यौन दुव्र्यवहारका घटना रामै्रसँग थाहा छ । त्यसमाथि थुप्रै महिला प्रहरीले उनीसमक्ष उजुरी गर्ने गरेका छन् । सबैभन्दा डरलाग्दो घटना उनले अछाम जिल्ला प्रहरीभित्र देखिन् । जहाँ, ०६६ असोज ११ गते प्रहरी जवान सुन्तली धामी सहकर्मीबाटै सामूहिक बलात्कारमा परिन् । धामीलाई न्याय दिलाउन खोज्दा तत्कालीन गृह मन्त्रालयले दुई महिनामै सुदूरपश्चिम क्षेत्रीय प्रहरीबाट काठमाडौं झिकाएको अनुभव पनि उनीसँग छ ।
विभिन्न जिल्लाका प्रहरी कार्यालयको निरीक्षण भ्रमणमा जाँदा उनले दिने निर्देशनमध्ये लैंगिक समताको विषय मुख्य हुने गरेको छ । उनले भन्ने गरेकी छिन्, 'दुवैजना अविवाहित हो र मन मिल्छ भने बिहे गरे हुन्छ । होइन भने, इच्छाविपरीत परिबन्धमा पारेर आँखा झिम्क्याउने, अंगप्रत्यंगमा हात लगाउने र यौनशोषण गरेको भेटें भने तत्काल कारबाही गर्छु ।'




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS