Widgets

गच्छदारले दुईवटा बन्दूक बोक्न पाउने, अरुले बुझाउनुपर्ने

Unknown | 15:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१८ वैशाख, बिराटनगर । गृहमन्त्रालयले सूचना नै प्रकाशित गरेर हतियार राज्यलाई बुझाउन गरेको उर्दीको म्याद आजबाट सकिँदैछ । तर, बिराटनगरस्थित मोरंग जिल्ला प्रशासन कार्यालयमा भने यस अवधिमा कसैले पनि हतियार बुझाएका छैनन् । यसको विपरीत हतियार माग्दै सिडियो कार्यालयमा धाउनेहरु चाहिँ फेला परेका छन् ।
bijaya‘हामीकहाँ कसैले हतियार बुझाउन ल्याएका छैनन्, बरु उल्टै हामीसँगै हतियार माग्नेहरु चाँहि आइरहेका छन् । तर, हामीले उनीहरुलाई हतियार दिएका छैनौं ।’- जिल्ला प्रशासन स्रोतले अनलाइनखबरसँग भन्यो ।
माओवादी सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रशासन कार्यालयले अहिलेजस्तै गरी आफ्ना नागरिकलाई हतियार बुझाउन आग्रह गरेको थियो । पछि फिर्ता दिइने छ भन्दै प्रशासनले त्यसबेला नागरिकका साथमा रहेका दर्तावाल बन्दूकहरुसमेत प्रशासनमा बुझाएका थिए । ‘अहिले तिनै बन्दूक माग्न सम्बन्धित व्यक्तिहरु हामीकहाँ आउने गरेका छन्, तर हामीले अर्को निर्णय नभएसम्म फिर्ता दिन सकेका छैनौं ।’-स्रोतले भन्यो ।
जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा १ हजार ४३ थान बन्दूक दर्ता रहेका छन् । तर, विगत द्वन्द्वकालमा राज्यले सुरक्षाको कारण देखाउँदै जिम्मा लिएका बन्दूक फिर्ता नगरेको गुनासो गरेको स्रोत बताउँछ । राज्यले चाँहि हतियार बुझाऊ भन्ने अनि उसले लगेका हाम्रा बन्दुक किन फिर्ता नदिने भन्दै दर्तावाल बन्दुकधारीहरु रिसाएको बुझिएको छ । ‘शान्ति सुरुक्षाका लागि जनतासँग भएका हतियार संकलन भइरहेका बेला उनीहरुको बन्दूक कसरी फिर्ता गर्नु ?’- जिल्ला प्रशासन कार्यालय स्रोतको कथन छ ।
अबैध हतियार १ महिनाभित्र जिल्ला प्रशासनमा बुझाउन गृहले गत चैत्र १९ मा गरेको दोस्रो उर्दीको म्याद आज सकिँदैछ । यसअघि फागुन १७ मा गरिएको एक महिने उर्दीका क्रममा १ हजार थान हतियार जम्मा भएको गृह मन्त्रालयले जनाएको छ । गृहले एकातिर जनतासँग रहेका अबैध हतियार बुझाउन आग्रह गरेको छ भने अर्कातिर गत बैसाख ९ मा अर्को सूचना निकाले वृहत शान्ति सम्झौताबमोजिम भीआइपी सुरक्षाका लागि माओवादी नेताहरुले राखेका हतियारसमेत १ महिनाभित्रमा बुझाउन अर्को उर्दी जारी गरेको छ ।
गच्छदारले राख्न पाउने, हामीले किन नपाउने ?
अरु नेताहरुले सुरक्षाका लागि हतियार राख्न नपाउने गृहले उर्दी गरे पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग चाहिँ दुईवटा बन्दुकहरु रहेका छन् । गच्छदारका साथमा एक थान राइफल र एउटा १२ बोरको बन्दूक रहेको छ । द्वन्द्वकालमा नागरिकका हतियार सीडियो कार्यालयमा बुझाउन उर्दी गरिए पनि गच्छदारले ती बन्दूकहरु राज्यलाई बुझाउने परेन ।
गच्छदारले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणको एक अंश
gachedhar
नागरिकले आफ्ना दर्तावाल बन्दूक फिर्ता माग्दा पाएका छैनन्, तर गच्छदार यस्ता भाग्यमानी ठहरिएका छन् कि उनले राज्यलाई न कहिल्यै बन्दूक बुझाउनुपरेको छ, न त राज्यले नै उनलाई निजी बन्दूक बुझाउन उर्दी गरेको छ । नागरिक र एमाओवादी नेताले बन्दूक राख्न नपाउने भए पनि गच्छदारले भने दुईवटा बन्दूक राख्ने सुविधाबाट वञ्चित हुनुपरेको छैन । पूर्वगृहमन्त्रीलाई राज्यले नै सशस्त्र सुरक्षा गार्ड राख्न दिएका बेला अलग्गै हतियार राख्ने छुट दिइएको छ । यी बन्दूकहरु चुनावमा प्रयोग हुने सम्भावना भएकाले चुनावसम्म चाँहि गृहमन्त्रालयले जिम्मा लिने हो कि ? जनतालाई एउटा नियम र नेतालाई अर्को त पक्कै शोभनीय नहोला । गच्छदारले दर्तावाल बन्दूक राख्न पाउँछन् भने मोरङबासीले आफ्ना बन्दूक किन फिर्ता नपाउने ? जिल्ला प्रशासनमा हतियार माग्नेहरुको यस्तो गुनासो छ ।
अमेरिकामा समेत हतियार विवाद
नागरिकलाई लाइसेन्सवाला बन्दूक राख्ने छुट दिएको अमेरिकामा सामुहित हत्याका घटना बढ्न थालेपछि त्यहाँ नागरिकलाई बन्दुक राख्न दिने कि नदिने भन्नेबारे ठूलो विवाद भैरहेको छ । यही विषयले अमेरिकी संसदसमेत तात्ने गरेको छ । तर, नेपालमा चाहिँ दोहोरो मापदण्ड छ, नेतालाई निजी बन्दुक राख्न छुट छ, जनताका हतियार राज्यले नियन्त्रणमा लिएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS