Widgets

मेरो लभ परेको छ : प्रचण्ड

Unknown | 06:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२१ वैशाख, सर्लाही । प्रत्येक आमसभामा एउटा न एउटा ‘स्क्यान्डल’ पस्कँदै देश दौडाहामा लाग्नुभएका एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार सर्लाहीको हरिवनमा मधेस ब्यूरोद्वारा आयोजित आमसभामा आफ्नो ‘लभ’ परेको बताउनुभयो । तर, प्रचण्डको ‘लभ’ कुनै विपरीत लिङ्गीसँग परेको चाहिँ होइन । उहाँले मन्तव्यका क्रममा भन्नुभयो- ‘मधेसी जनतासँग मेरो लभ परेको छ ।’prachanda
‘मधेसी जनतासँग मेरो लभ परेको छ, अब म मधेसबाट चुनावमा उठ्छु, तपाईहरुले मलाई कत्तिको लभ गर्नुहुन्छ, म हेर्छु ।’ हरिवन बजारमा दशौं हजार जनसमूहवीच प्रचण्डले भन्नुभयो-’यसपालिको चुनावमा मधेसबाट हामी ब्याज र स्याजसहित उठाउँछौं ।’विगतमा आफूहरुबाट पनि केही गल्ती भएको र केही मधेसवादी दलालहरुले एमाओवादीलाई संघीयता र मधेसविरोधी भनी कुप्रचार गरेका कारण मधेसमा एमाओवादीले ठूलो सफलता हासिल गर्न नसकेको प्रचण्डको विश्लेषण थियो । तर, यसपालिको चुनावमा ब्याज र स्याजसमेत गरेर विगतको क्षतिपूर्ति असुल्ने उहाँले दाबी गर्नुभयो । आफूहरुले पहिचानसहितको संघीयताको मुद्दा नछाडेकाले चुनावमा जीत हुने उहाँको तर्क थियो ।
सम्पत्ति साटासाट गर्न बाबुरामको आग्रह
कार्यक्रममा सहभागी एमाओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरुलाई कांग्रेस र एमालेका नेताहरुले भ्रष्टाचारी भनेकोमा आपत्ति जनाउँनुभयो । ‘तिमीहरु हामीलाई भ्रष्टाचारी भन्दैछौ, तिम्रो सम्पत्ति हामीलाई देऊ, हामी हाम्रो सम्पत्ति तिमीहरुलाई दिन्छौं ।’ डा भट्टराईले कांग्रेस, एमाले नेतालाई संकेत गर्दै भन्नुभयो- तिमीहरुको र हाम्रो सम्पत्ति साटौं ।’कार्यक्रममा अर्का उपाध्यक्ष नारयणकाजी श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो । श्रेष्ठले मधेसको मुद्दामा पार्टी पछि नहट्ने बताउनुभएको थियो ।
कार्यक्रममा एमालेका पूर्व सर्लाही सचिव केशव ढुंगानालाई प्रचण्डले टीको लगाएर एमाओवादीमा प्रवेश गराउनुभएको थियो । नवप्रवेशी ढुंगानाले एमालेलाई ४/५ जना बाहुनले चलाएको पार्टी भएको आरोप लगाउनुभयो । दिउँसोको गर्मीमा निकैबेर लगाएर अन्य नवप्रवेशीहरुलाई पनि नेताहरुले टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए । प्रचण्ड, बाबुराम, नारायणकाजी लगायतका नेताहरु आइतबार सर्लाहीमै हुने मधेस ब्यूरोस्तरीय प्रशिक्षणमा सहभागी हुने कार्यक्रम छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS