Widgets

ज्ञानेन्द्र राष्ट्रपति बन्न पाउँछन् : प्रचण्ड (भिडियोसहित)

Unknown | 15:48 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी खोलेर चुनाव लड्न आउँछन् भने पूर्वराजा ज्ञानेन्द्रले पनि लोकतन्त्रमा निर्वाचन लड्न पाउने बताउनुभएको छ । पूर्वराजाले चुनाव जिते भने राष्ट्रपति पनि बन्न सक्ने प्रचण्डको तर्क छ ।
prachanda
‘पार्टी खोलेर चुनाव लड्न आउँछन् भने ज्ञानेन्द्र पनि आए हुन्छ । उनले पनि प्रतिस्पर्धा गरे हुन्छ, त्यसलाई हामीले सहजरुपमा लिनुपर्छ ।’ आफ्नै निवास लाजिम्पाटमा बिहीबार साँझ अनलाइनखबरसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो-’चुनाव जितेर आए भने भोलि उनी राष्ट्रपति हुन पनि पाउँछन् । यदि साँचो लोकतन्त्र हो भने हामीले त्यहाँसम्म पनि उदार हुनुपर्छ ।’
जतिबेला संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा भयो, त्यसलगत्तै पार्टीहरुको बैठक बसेको र त्यसमा ज्ञानेन्द्रप्रति कस्तो व्यवहार गर्ने भन्नेबारे छलफल भएको प्रचण्डले बताउनुभयो । ‘ज्ञानेन्द्रले निरंकुश शासन पनि लगाएका हुन् । थुप्रै मान्छे मार्नेमा पनि उनको प्रत्यक्ष भूमिका छ । उनी सामन्तवादी पनि हुन्, निरंकुशतावादी पनि हुन् । कतिपय अवस्थामा त उनलाई ठूलो कारवाही गरे पनि हुने हो नि । सबभन्दा बढी कारवाही गर्नुपर्ने मान्छे त उनै हुन् ।’ प्रचण्डले भन्नुभयो- ‘तर, हामी पार्टीहरुले समझदारी बनायौं र राज्यका तर्फबाट उनलाई सुरक्षा पनि दिऔं र सम्मानित ढंगले राखौं भन्यौं ।
‘गणतन्त्र र परिवर्तनलाई स्वीकार्छन् भने ज्ञानेन्द्रलाई लखेटिराख्न जरुरी छैन । हामीले योचाहिँ मानवीय दृष्टिकोणले पनि राम्रो हुँदैन भन्यौं ।’-प्रचण्डले भन्नुभयो- ‘उनले मेरी आमालाई यहीँ नारायणहिटीभित्रै राखियोस् भने, हामीले ल ठिकै छ आमालाई त्यहीँ राख्न दिऔं भन्यौं । उनी नागार्जुनमा गएर बस्छु भने, हामीले हुन्छ भन्यौं । ज्ञानेन्द्रलाई दिएको यो सुविधा कांग्रेस एमालेले पनि स्वीकारेकै छन् । ज्ञानेन्द्र त लोकमान भन्दा हजारौं गुणा ठूला हुन्, उनको लोकमानसँग तुलनै हुन सक्दैन ।
पानी बाराबार राम्रो होइन
एमाओवादी अध्यक्ष प्रचण्डले निगतमा कोही राजावादी भयो भन्दैमा पानी बाराबार गरेर राष्ट्रिय एकता नहुने बताउनुभयो । ‘हिजो कोही राजावादी भए होलान्, कोही कांग्रेसवादी भए होलान्, अरु विभिन्न वादी भए होलान्, अहिले हामीले हिजोको आग्रह र पूर्वाग्रहको कोणबाट हैन, सैद्धान्तिक प्रतिवद्धता र व्यवहारिक संकल्पका आधारमा मानिसहरुको मुल्यांकन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो- ‘सबैलाई समेटेर अहिलेको नयाँ गणतन्त्रमा राष्ट्रिय शक्ति निर्माण गर्नेतिर लाग्नुपर्छ ।’
प्रचण्डको थप भनाइ छ-’एकापसमा पानी बाराबारको संस्कृति विल्कुलै राम्रो होइन । त्यसरी सोच्यो भने हामी नयाँ राष्ट्रिय एकता बनाउन सक्दैनौं । जनताको ताकतलाई राष्ट्र निर्माणमा एकतावद्ध गर्न पनि सक्दैनौं ।’
‘पञ्चायतकालमा राजालाई समर्थन गर्नेहरु त कति थिए, थिए, मेरै काका र नातेदारहरु कति थिए थिए, तिनीहरुले अहिले आएर गणतन्त्रलाई स्वीकारेका छन्, उनीहरुमाथि पूर्वाग्रह राखिराख्नु जरुरी छैन ।’ उहाँले अनलाइनखबरसँग भन्नुभयो ।
लोकमानको जिम्मा म लिन्छु
लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनका चार दलका नेताहरुको भुमिका रहेको भए पनि कार्कीको जिम्मा आफूले लिने प्रचण्डले बताउनुभएको छ । ‘लोकमानलाई मैले पनि समर्थन गरेकै हो र मैले जिम्मा लिइराखेको छु , जिम्मा लिन तयार छु । अध्यक्षकोमा माइन्युट मैले बुझाएको हुँ । म जिम्मा लिन्छु । एउटा मान्छेलाई यति पूर्वाग्रहरु भिएर हेर्छौ भने हामी कति संकीर्ण र परिवर्तनको विरोधी छौं ।’
प्रचण्डले भन्नुभयो, ‘एकथरि मान्छेले सडकमा विरोध गरे भन्दैमा आफूले गरेको निर्णयबाट पछि हट्ने मान्छेबाट यो देशको नेतृत्व हुँदैन । त्यस्ता पार्टीबाट देशको नेतृत्व हुँदैन । यस्ताले गरिखान्छन् भन्ने मलाई लाग्दैन । मैले लोकमानको जिम्मा लिएकै छु, लिन्छु ।’
भिडियो



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS