Widgets

यस्तै हो भने जनताले हामीलाई झुन्ड्याउँछन् : प्रचण्ड

Unknown | 14:36 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२२ वैशाख, सर्लाही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता र जनताले अपेक्षा गरेको भन्दा विपरीत बाटोमा लागेर आफूहरु बिगि्रएको बताउनुभएको छ । अब पनि नसुधि्रने हो भने एमाओवादी नेताहरुलाई जनताले झुण्ड्याउने प्रचण्डको निश्कर्ष छ ।
सर्लाहीमा आइतबार दिउँसो आयोजित मधेस ब्यूरोस्तरीय आन्तरिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले भन्नुभयो-’कार्यकर्ताभन्दा हामी धेरै बिग्रियौं, जनताले अपक्षा गरेको भन्दा कहाँनेर बिगि्रयो, छुट्याउन गाह्रो छ ।’ विचार समूहका नाममा हामीले गुट बनायौं । अब पनि हामी रुपान्तरित नहुने हो भने जनताले हामीलाई झुन्ड्याउँछन् ।’prachanda
विगतमा सोभियत संघका कम्युनिष्ट नेता लेनिनले बोल्सेभिक पार्टीले राम्रो काम नगरे जनताले झुन्ड्याउने बताएको स्मरण गराउँदै प्रचण्डले कार्यकर्ताहरुसँग भन्नुभयो- ‘हाम्रो पनि त्यही हालत हुनेछ । कसैले अहिले पार्टीमा लागेर घर र केही सम्पत्ति जोड्यौं भन्ने ठानेको छ भने जनताले फ्याँकिदिन्छन् ।’ पार्टीलाई र देशलाई भर्याङ बनाएर सम्पत्ति नकमाउन अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई सचेत गराउनुभयो । ‘हेटौडा महासधिवेशनले रुपान्तरणको कार्यदिशा ल्याएको छ, अब रुपान्तरण भएनौं र सुधि्रएनौं भने हामी सिद्धिन्छौं, त्यसैले हामीले तत्काल सुधि्रन जरुरी छ ।’ उहाँले भन्नुभयो ।
तर्क गर्ने क्षमता पनि भएन
अध्यक्ष प्रचण्डले एमाओवादी नेता, कार्यकर्ताले तर्क गर्नसमेत नजानेको र मुढे बलका आधारमा बल मिच्याइँ गर्ने गरेको बताउनुभयो । ‘हामीसँग तर्क गर्ने क्षमता पनि भएन, १० वर्षसम्म मुठ्ठी बजार्यौं । हामी अहिले पनि तर्क गर्न सक्दैनौं ।’ प्रचण्डले भन्नुभयो ।
विप्लबले चुनाव नलडौं भनेको खुलासा
प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले ०६४ सालको निर्वाचन बहिस्कार गर्न स्थायी समितिका नेत्रविक्रम चन्दले आग्रह गरेको खुलासासमेत गर्नुभयो । ‘अघिल्लो चुनावमा हामी कार्यदिशाविहीन थियौं । स्थायी समितिमा भएका नेत्रविक्रम चन्द विप्लवसहितका केही साथीहरुले चुनावमा जानु हुँदैन भन्दै थिए ।’ उहाँले भन्नुभयो- ‘त्यसबेला सै लागेका भए १ सय २० हैन, १४० सीट जित्थ्यौं, अहिले हामीसँग कार्यदिशा स्पष्ट छ, त्यसैले सक्रियतापूर्वक भाग दुई तिहाइ आउन सक्छ ।’शनिबार सर्लाहीको हरिवनमा आयोजित आमसभामा भाग लिएर सर्लाहीमै बसेका प्रचण्ड र बाबुराम लगायतका नेताहरु आइतबार साँझ प्रशिक्षण सकेर राजधानी र्फकने कार्यक्रम रहेको एमाओवादी नेताहरुले बताएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS