Widgets

अष्ट्रेलियाको सैनिक दिवसमा गोर्खालीको परेड

Unknown | 03:33 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१२ बैशाख, सिड्नी । पहिलो र दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यलाई साथ दिएर हजारौँ अस्ट्रेलियन र न्युजल्याण्डका सैनिकले ज्यान गुमाएका थिए । तिनै सैनिकको सम्झनामा मनाईने ‘एन्ज्यक डे’ अर्थात अष्ट्रेलियाको राष्ट्रिय दिवसमा एक दशकदेखि नेपाली गोर्खा सैनिकले पनि सहभागिता जनाउँदै आएका छन् । अप्रिल २५ अर्थात आजैका दिन अस्ट्रेलियाका मुख्य सहरहरु सिड्नी, मेलवर्न, ब्रिसवेन, एडिलेड, पर्थ, होवार्ट, क्यनवेरा र डार्विनमा हुने एन्ज्याक परेडमा नेपाली पूर्व गोर्खाहरु र अहिलेका बहालवाला सैनिक र प्रहरीहरु आफ्नो पहिचान, पदक र पोशाकसहित उपस्थित हुन्छन् ।Gorkha-australia-1
संसारका माझ साहसी र बहादुर भनेर चिनिएका गोर्खा सैनिकहरु २० वर्षअघि नै अस्टेलियाको सैन्य संगठनमा प्रवेश गरेका हुन् । जितमान लिम्बु अस्ट्रेलियन आर्मी बन्ने पहिलो गोर्खा थिए । २० वर्षअघि शुरु भएको गोर्खाको अस्ट्रेलिया यात्रामा अहिले दर्जनौं प्रवेश गरिसकेका छन् । सिड्नीमा बस्दै आएका भला राई विगत सात वर्षदेखि “एन्ज्यक डे” परेडमा सहभागि भैरहेका छन् । यो दिवसले पूर्खाको योगदालाई सम्मान गर्दै सम्झना गरेको राईको बुझाइ छ ।Gorkha-australia-2
वेलायतमा १९ वर्ष सेवा गरेपछि अस्ट्रेलिया आएका जितमान लिम्बु यहाँको सैनिक विद्यालयमा प्रशिक्षक भएर ९ वर्ष काम गरेका थिए । वेलायतमा उमेर छदैं अवकास पाएका पूर्व गोर्खा सैनिकलाई अस्ट्रेलियामा सोझै भर्ति गर्ने प्रचलन अनुसार लिम्बु अस्ट्रेलियन सैनिक सेवामा प्रवेश गरेका थिए । लिम्बुका दुई भाई अझै बहालवाल गार्खा सैनिक हुन् । उनी आफ्ना छोरा भतिजाहरुलाई सेनामा लाग्न प्रेरित गर्छन् । यसकालागि यो दिवसले मद्दत गर्ने लिम्बु बताउँछन् । १९ वर्ष वेलायतको सैन्य सेवामा काम गरेका देव गुरुङ अस्ट्रेलिया बसाई सरेपछि पुनः सैन्य सेवामा प्रवेश गरे । गुरुङले आफ्‌ना दुई छोरा मध्ये कान्छा छोरालाई सैनिक सेवामा लागाउने बिचार गरेका छन् । उनी प्रत्येक वर्ष सपरिवार एन्ज्याक परेडमा सहभागि हुन्छन् । छोराहरु र आफन्तलाई पेशाबारे बुझाउन र पूर्खाको योगदानबारे सम्झाउन एन्जयाक डे महत्वपूर्ण भएको गरुङको अनुभव छ ।Gorkha-australia-3
के हो एन्ज्याक डे ?
एन्ज्याक डे अष्ट्रेलिया र न्युजल्याण्डको राष्ट्रिय दिवस हो । पहिलो विश्व युद्धमा अष्ट्रेलिया र न्युजल्याण्डको संयुक्त शैन्य फौजले टर्कीको सामाज्यविरुद्ध गेलिपोलीमा लड्दा विरगति प्राप्त गरेका सैनिकको सम्मानमा यो दिवस प्रत्येक वर्ष अप्रिलको २५ तारिख मनाउने गरिन्छ । यो दिवसको पुरा रुप अस्ट्रेलियन एण्ड न्युजिल्याड आर्मी कर्प – एन्ज्याक) हो । अहिले आएर यो दिवसलाई अष्ट्रेलिया र न्युजल्याण्डमा देशका लागि ज्यान दिने सबै देशभक्त सैनिकको स्मृतिमा मनाउन लागिएको छ । सर्वजनिक विदासमेत दिइने यो दिवस दुई सार्वभौम देशमा साझा दिवसको रुपमा मनाउने गरिन्छ ।Gorkha-australia-4
सन् १९१५ को युद्धमा अष्ट्रेलिया र न्युजल्याण्डको संयुक्त सैनिक फौजले ठूलो क्षति ब्यहोरेको थियो । अस्ट्रेलियाका मात्र ८ हजार ७ सय ९ र न्युजल्याण्डका २ हजार ७ सय २१ जनाले राष्ट्रको लागि ज्यानको आहुति दिएका थिए । यो समाचार मृतकका घरमा पुगेपछि सिंगो देशनै शोकमा डुबेको थियो । सन् १९१६ को अप्रिलदेखि यो दिवसलाई औपचारिक रुपमा मनाउन लागिएको हो । पुरै पहिलो विश्व युद्धमा अष्ट्रेलियाका करिव ६० हजार र न्युजल्याण्डका १८ हजार सैनिकको ज्यान गएको थियो । दुई छिमेकी देशको बर्षौ पुरानो सैनिक सहयात्रा देस्रो विश्व युद्ध हुँदै आजसम्म पनि जारी छ । तुलनात्मक रुपमा न्युजल्याण्डसँग अस्ट्रेलियाको भन्दा कम सैन्य शक्ति छ तर पनि दुबै देशले संयुक्त रुपमा सैन्य कारवाहीलाई अगाडि बढाएका छन् । दोस्रो विश्व युद्धमा पनि यि दुई देशले संयुक्तरुपमा जापान र भियतनाम विरुद्ध लडेका थिए ।Gorkha-australia-5
हरेक वर्ष यो दिवसका दिन अष्ट्रेलियाका हरेक शहरहरुमा एन्ज्याक परेड हुन्छ । उक्त परेडमा पूर्व सैनिकहरु अफ्नो पोशाक, प्रप्त तक्मा सहित सपरिवार सहभागि हुन्छन् । राष्ट्रको लागि ज्यान दिने ती बहादुर सिपाहिलाई राज्यले उच्च सम्मान दिन्छ यो दिन । सहर, पार्क र बजारमा एन्ज्याक डे भब्य रुपमा मनाइन्छ । राष्ट्रिय स्तारमा अष्ट्रेलिया र न्युजल्याण्ड विच भएको रगवि फूटवलको फाइनल यो दिनमा नै हुन्छ ।
टर्कीमा पनि शोक
युद्धभूमी टर्कीको गालिपोलीमा पनि हरेक वर्ष एन्ज्याक डेको दिन शोक सभा हुने गर्छ । अस्ट्रेलियाका विद्यार्थीदेखि पर्यटकहरु उक्त रात पाल टाँगेर सोही युद्ध मैदानमा विताउँछन् र पूर्खाको बलिदानको स्मरण गर्छन् । यो दिन टर्कीका राज्य प्रमुखको साथै अस्ट्रेलिया र न्युजिल्याणका सरकारी प्रतिनिधिहरुको उपस्थितिमा शोक सभा हुने गरेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS