Widgets

थ्रेस होल्डको विवाद मिलाउन चार दललाई रेग्मीको आग्रह

Unknown | 16:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । चुनावी तयारीबारे मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले थ्रस होल्डसम्वन्धी विवादमा सहमति खोज्न प्रमुख चार दललाई आग्रह गर्नु भएको छ ।
khilraj-regmiउच्चस्तरीय राजनीतिक समितिका सदस्यहरुसँग शुक्रबार साँझ भएको छलफलमा रेग्मी दलहरुको तर्फबाट आएको माग तथा सुझावबारे ममेत जानकारी गराउनु भएको छ । ‘मन्त्रिपरिषद अध्यक्षले सरकार छिट्टै संविधानसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश टुङ्ग्याउने र मिति घोषणा गर्न चाहन्छ भन्नु भयो’ रेग्मीको भनाई उदृत गर्दै प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरसँग भन्नुभयो-’उहाँले दलहरुको तर्फबाट आएको सुझाव जस्ताको तस्तै राख्नुभयो र यसलाई बुझ्नु पर्‍यो भन्नु भएको छ ।’ अध्यादेश पारित हुन नसक्दा मिति घोषणामा ढिलाई भएको भन्दै रेग्मीले शीर्ष नेताहरुको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
भेटमा चुनावी ऐन कानुन संशोधनबारे छलफल भएपनि कुनै सहमति नभएको तमपोलाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो । दलहरुबीच सहमति हुन नसक्दा संविधानसभा सदस्य निर्वाचनसम्वन्धी अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष पठाउन सकेको छैन ।
एमाओवादीसहितका साना दलहरुले थ्रेस होल्ड अर्थात समानुपातिकतर्फ १ प्रतिशत मत ल्याउनु पर्ने प्रावधानको विरोध गरेका छन् भने कांग्रेस र एमालेले समर्थन गरेका छन् । यस्तै सरकारविरुद्ध आन्दोलनरत दलहरुले समानुपातिक सिट संख्या पूरानै कायम गर्नु पर्ने माग गरेका छन् ।
यस्तै फैजदारी अभियोग लागेकाले निर्वाचनमा भाग लिन नपाउने प्रावधानको पनि माओवादीले विरोध गरेका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS