Widgets

ट्राफिक जाम घटाउन काठमाडौंका सडकमा केवुलकार !

Unknown | 16:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । काठमाण्डौंको सडकमा घण्टौं जाममा तपाईलाई कहिलेकाहीँ लाग्दो हो- सडक माथिबाटै उडेर फुत्तै गन्तब्यसम्म पुग्न पाए पनि हुने नी ! अहिलेसम्म तपाईले गरेको यस्तो हावादारी कल्पना अब वास्तविकता हुने भएको छ ।
MEDELLIN-METROCABLEकाठमाण्डौको ट्राफिक जाम हटाउने उदेश्य राखेर नेपालको एक कम्पनीले ब्यस्त सडकमाथि यात्रुबाहक केवुलकार चलाउने तयारी गरिरहेको छ । नेपाल उद्योग बाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाको कम्पनी बिएनएस अर्वन केवुलकार प्रालिले राजधानीका व्यस्त सडकमाथि ‘अर्वन केवुलकार’ संचालन गर्न सम्भाब्यता अध्ययन गरेर सरकारसमक्ष इजाजत मागिसकेको छ ।
‘हाम्रो योजनाअनुसार काम हुन सक्यो भने आगामी चार बर्षमा काठमाण्डौंका सडक केवुलकारमा चढेर पार गर्न सकिने छ’ राणाले अनलाइनखबरसँग भन्नुभयो-’स्वीकृतिका लागि सरकारसमक्ष प्रस्ताव गरेका छौं, प्रकृया अगाडी बढनासाथ विस्तृत अध्ययन थाल्छौं ।’
१ घण्टाको बाटो १५ मिनेटमा
दक्षिण अमेरिकी मुलुकमा पछिल्लो दशकमा अर्बन केवुलकारको अबधारणाले तिब्रता पाएको छ । सन् २००६ मा कोलम्बियाको मेडलिन सिटीमा संचालनमा आएको मेट्रो केवल पहिलो अर्बन केवलकारका रुपमा चिनिन्छ । त्यसबाट प्रभावित भएर ब्राजिल, भेनेजुयला, पोर्टल्याण्ड लगायतका स्थानमा सार्वजनिक यातायातका रुपमा केवलकार निर्माण गरिएको छ ।
MEDELLIN-METROCABLE-1
‘अझै २० बर्ष काठमाण्डौमा मेट्रो रेल बन्न सक्ने अबस्था छैन’ राणाले भन्नुभयो-’काठमाण्डौमा बढ्दो ट्राफिक जामबाट मुक्ति पाउने यो नै सस्तो र उत्तम बिकल्प हो ।’ केवुलकार संचालनमा आएपछि १ घण्टामा पुगिने ठाउँमा १० देखि १५ मिनेटमा पुगिने राणाले बताउनुभयो । कम्पनीले नारायणगोपाल चोकदेखि लगनखेलसम्म र कोटेश्वरदेखि बौद्धसम्म केवुलकार संचालन गर्न सम्भाब्यता अध्ययन गरिसकेको छ । दुई लाइन केवलकार संचालन गर्न १२ देखि १५ अर्ब रुपैयाँसम्म लगानी अनुमान गरिएको राणाले बताउनुभयो । मुख्य मुख्य स्थानमा यात्रु चढ्ने र झर्ने स्टेशनहरु पनि राखिनेछन ।
एउटा डिब्बामा ३० यात्रु
केवुलकारको एउटा डिब्बामा २५/३० जनासम्म अटाउने छन् । काठमाडौंको साँघुरा सडकमा केवुलकार अति उत्तम विकल्प हुने राणाले बताउनुभयो । रेडिमेड पोल ल्याएर गाडिने हुँदा केवुलकारको संरचना निर्माण गर्दा सडक र भौतिक संरचनामा ठूलो फेरबदल गर्नुपर्ने छैन । मेट्रो रेलको तुलनामा केवुलकार सस्तो समेत हुने उहाँको दाबि छ । सरकारले राजधानीका विभिन्न ठाउँमा मेट्रो रेल संचालन गर्नका लागि अध्यायन समेत गरिसकेको छ ।
केवुलकारको भाडा गाडिको लिने भाडा बराबर हुने उहाँले बताउनुभयो । केवुलकार संचालन भएको १०/१५ वर्षमा लगानी सबै उठिसक्ने हुँदा विदेशी कम्पनीहरु अर्वन केवुलकारमा लगानी गर्न उत्सुक रहेका हुन् ।
बिदेशी लगानी, दुई बर्षमा निर्माण सकिने
केवुलकारमा लगानी गर्नका लागि फ्रान्सका २/३ वटा कम्पनीहरु सकरात्मक देखिएको बताउँदै उहाँले भन्नुभयो- ‘फ्रान्सेली कम्पनीहरु यो परियोजनामा लगानी गर्न इच्छुक छन, उनीहरुकै सहयोगमा प्रारम्भिक अध्ययन सकिएको छ ।’
काम सुरु गरेको २ वर्षभित्रमा केवुलकार संचालन भईसक्ने बताउँदै राणाले सरकारले संचालन अनुमति चाँडै दिनेमा भने शंका व्यक्त गर्नुभयो । सरकारले तत्काल अनुमति दिएमा आवश्यक सबै प्रकृया सिध्याएर २ वर्षभित्रमा काम सुरु गरिसक्ने लक्ष्य कम्पनीले लिएको छ । ‘हामीले लगानी गर्छौं भन्दा पनि सरकारले काम गर्न दिँदैन’ उहाँले भन्नुभयो- ‘हामीले जतिसुकै राम्रा प्रोजेक्ट ल्याएपनि सरकारले काम गर्ने अनुमति दिन ढिलाई गरिदिन्छ, त्यसले लगानीकर्ता निराश र हतोत्साही हुन्छन ।’
पर्यटन प्रवर्द्धनका लागि उपर्यूक्त
अर्वन केवुलकार यातायातको लागिमात्र नभएर पर्यटन विकासका लागि पनि अति उपयोगी हुने कम्पनीको विश्वास छ । ‘केवुलकार संचालन भयो भने राजधानीको रुपै परिवर्तन हुनेछ’ राणाले भन्नुभयो- ‘साथै यो वातावरणमैत्री पनि हुनेछ ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS