Widgets

८० हजार भुटानी शरणार्थी तेस्रो देशमा पुनःस्थापित

Unknown | 02:32 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाडौं । आफ्ना जन्मस्थान र कर्मस्थान भुटानबाट विविध कारणले विस्थापित भई झापाका शरणार्थी शिविरमा आश्रय लिइराखेका नेपाली मूलका करिब ८० हजार शरणार्थी विश्वका विभिन्न आठ देशमा पुनःस्थापनाअन्तर्गत नयाँ जीवनयापन गरिराखेका छन् ।
अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजल्यान्ड, नर्वे र बेलायतमा गरी हालसम्म ७८ हजार ५१९ शरणार्थी पुनःस्थापन गरिएको शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायोग र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी सङ्गठनद्वारा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
तीमध्ये सबैभन्दा बढी अमेरिकामा ६६ हजार २४३, अष्ट्रेलियामा चार हजार १९१, क्यानडामा पाँच हजार ३७६, डेनमार्कमा ७४९, नेदरल्यान्डमा ३२६, न्युजिल्यान्डमा ७४७, नर्वेमा ५४६ र बेलायतमा ३५० रहेका छन् । तेस्रो देशमा करिब एकलाख भुटानी शरणार्थी पुनःस्थापन गर्ने लक्ष्यअनुरुप ती शरणार्थीलाई ती देशमा पुनःस्थापन गर्न सकिएको कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपालमा लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले भुटानी शरणार्थीलाई पुनःस्थापन गर्न आफ्नो देशले सहयोग गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय उच्चायोगका नेपाल प्रतिनिधि डाइने गुडम्यान र अन्तर्राष्ट्रिय आप्रवासीसम्बन्धी सङ्गठनका बुसाटी मायुरिजियोले एकलाख भुटानी शरणार्थीलाई तेस्रो देश पुनःस्थापन गर्ने लक्ष्य रहेको बताउनु भयो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS