Widgets

निर्वाचनको प्रक्रियालाई अघि बढाऔँ : खनाल

Unknown | 02:32 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउन निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । उहाँले निर्वाचनका लागि विभिन्न चुनौती रहे पनि वार्ता र संवादको माध्यमबाट समाधान खोजी निर्वाचनको माध्यमबाट देशलाई नयाँ उचाइमा लैजानुपर्ने बताउनुभयो ।jhalanath khanal
 एमालेका पूर्व अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको १४ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले शुक्रवार सानेपामा आयोजना गरेको कार्यक्रममा निर्वाचनको पक्षमा वातावरण बनाउन तथा देशका सबै राजनीतिक शक्तिलाई त्यो दिशामा उन्मूख गराउनु सबैको कर्तव्य भएको वताउनुभयो । उहाँले सबैखाले समस्यालाई संवाद र सहमति गरेर निर्वाचनको माध्यमबाट देशलाई नयाँ उचाइमा लैजान सकेमात्र मनमोहन अधिकारीप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्नुभयो ।
 कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले निष्ठा र निरन्तरताको प्रतीक स्वर्गीय अधिकारीको अभाव आजको राजनीतिमा खड्किएको वताउनुभयो । उहाँले म्युनिस्ट आन्दोलन र यसका नाममा विकृति र विभाजन बढिरहेको अहिलेको अवस्थामा अधिकारीको आदर्शलाई सबै कम्युनिस्ट पार्टीहरुले अङ्गीकार गरेर अघि बढ्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।
 नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिस्टको उपभोक्तावाद र सुखीया जीवनशैलीले देशको कम्युनिस्ट आन्दोलन लक्षहीन र कमजोर बन्दै गएको उल्लेख गर्दै कम्युनिस्टबीच समान दृष्टिकोण र धारणा राख्ने परिपाटीको विकास नभएसम्म कम्युनिस्ट आन्दोलन सार्थकतामा पुग्न नसक्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानमा रहेको स्वर्गीय अधिकारीको सालिकमा अध्यक्ष खनाललगायत सर्वसाधारणले माल्यार्पण गरी श्रद्धाअर्पण गर्नुभएको थियो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS