Widgets

यसरी हुँदैछ कांग्रेस एमालेबीच चुनाबी तालमेल

Unknown | 15:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ बैसाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेवीच आगामी निर्वाचनमा चुनावी तालमेल गर्नेबारे दुबै पार्टीबाट फरक-फरक धारणा आएका छन् । एमालेले देशैभरि तालमेल गरेर जानुपर्ने अनौपचारिक प्रस्ताव कांग्रेससमक्ष राखेको छ भने कांग्रेस सभापति सुशील कोइरालाले चाहिँ १०/१२ जना शीर्षनेताको निर्वाचन क्षेत्रमा मात्रै तालमेल गर्नु राम्रो हुने धारणा राख्नुभएको छ ।congress-uml flag
‘एमालेले देशैभर तालमेल गरेर जाऔं भनिरहेको छ, तर हामी मुख्य नेताहरुले चुनाव लड्ने १०/१२ सीटमा मात्रै स्थानीय हिसाबले तालमेल गर्दा राम्रो हुन्छ भनिरहेका छौं ।’ कांग्रेस सभापति कोइरालाको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो ।शीर्षनेताहरुले चुनावमा भाग लिएको ठाउँमा अर्को दलले उमेद्वारी नदिँदा लोकतन्त्रमा शोभनीय नदेखिने भएकाले कमजोर उमेद्वार उठाएर यसलाई मिलाइने जानकारी सभापति कोइरालाले कार्यकर्ताहरुलाई दिनुभएको छ । ‘यसलाई व्यवहारिक हिसाबले मिलाइने छ ।’ कोइरालाको भनाइ उदृढ गर्दै कांग्रेस स्रोतले अनलाइनखबरसँग भन्यो ।
को-को पर्छन् तालमेलमा ?
कांग्रेस र एमालेमा १० शीर्ष नेतावीच चुनावी तालमेल भयो भने एमालेका झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओली, वामदेव गौतम, विद्या भण्डारी, सुवास नेम्वाङ, ईश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र भरतमोहन अधिकारी लगायत पर्ने सम्भावना छ ।त्यसैगरी तालमेलमा कांग्रेसका तर्फबाट सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, विमलेन्द्र निधी, रामशरण महत, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, मिनेन्द्र रिजाललगायत पर्न सक्छन् ।
किन गरिँदै छ तालमेल ?
अघिल्लो महिना झापामा आयोजित कांग्रेसको भातृ संगठन दलित संघको अधिवेशनका बेला कांग्रेस सभापति सुशील कोइरालाले एमालेलगायतका लोकतान्त्रिक शक्तिसँग तालमेलको कुरा गर्नुभएको थियो । तर, डडेलधुरास्थित आफ्नो निर्वाचन क्षेत्रमा पुगेर शेरबहादुर देउवाले कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभयो । देउवाको यस्तो मन्तव्यबाट सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेल यसरी झस्किए कि आफूमात्रै चुनाव जितेर भावी प्रधानमन्त्री बन्ने मनसायबाट देउवाले त्यसो भन्नुभएको त होइन ? स्रोत भन्छ-’त्यसपछि कांग्रेसको शीर्ष तहमा छलफल भयो र कम्तिमा १० जना शीर्ष नेताहरु कुनै पनि हालतमा संविधानसभामा पुग्ने भन्ने योजना अनुरुप १०/१२ सीटमा एमालेसँग तालमेल गर्ने समझदारी भएको हो ।’
 उता एमाले नेताहरुमा एक्लै चुनाव लड्दा हारिने डर एकातिर पलायो भने अर्कोतर्फ अध्यक्ष खनाल र बरिष्ठ नेता केपी ओलीवीच एक अर्कालाई हराएर सरकार र पार्टीको नेतृत्व हत्याउने सकुनी खेल हुने हो कि भन्ने दुबैमा डर सिर्जना भयो, जसले गर्दा उनीहरु दुबैले कांग्रेससँग तालमेल नगर्दा आफ्नैले हराउने भयका कारण तालमेल गर्ने सोचाइ बनाएको विश्लेषकहरुको दाबी छ ।देशैभरिको आफ्नो संगठनात्मक स्थिति विश्वासयोग्य नदेखेकाले एमालेले बढीभन्दा बढी सीटमा तालमेलको प्रस्ताव कांग्रेससँग राखेको भए पनि कांग्रेसमा चाँहि एमाले, एमाओवादी मधेसवादीमा आएको विभाजनका कारण आफू ठूलो दल बन्न सकिने आत्मविश्वास देखिएको छ । र, यही कारण कांग्रेस नेताहरु शीर्षनेताको मात्रै सीट सुरक्षित गर्नेतिर लागेको नेपाली कांग्रेस स्रोतको विश्लेषण छ । तर, चुनाबी माहौलको वातावरण बतातिर जान्छ भन्ने विषयको पछिल्लो विश्लेषणलाईसमेत मध्यनजर गरेर चुनावी रणनीति बनाइने नेताहरुले बताएका छन् 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS