Widgets

सर्वस्वहरण भयो, म जिउँदो सहीद हुँ : पर्शुराम बस्नेत

Unknown | 15:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ बैशाख, बिराटनगर । एमाले जिल्ला नेता एवं युवा संघका निर्वाचित केन्द्रीय सदस्य पर्शुराम बस्नेतले आफूलाई एमालेको जिउँदो सहीद बताउनुभएको छ । साथै सरकारले आफ्नो सर्वस्वहरण गरेको भन्दै बस्नेतले रोक्का सम्पत्ति फुकुवाका लागि पहल गरिदिन एमालेसँग आग्रहसमेत गर्नुभएको छ ।
parsuram basnet
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहनुभएका बस्नेतले जिल्ला कमिटी बैठकमा बोल्दै आफूलाई अदालतले सफाइ दिएकाले आफूमाथि लगाइएको डनको आरोप फिर्ता लिई माफी माग्न जिल्ला नेतृत्वसँग आग्रह गर्नुभएको हो ।
बस्नेतको भनाइ उधृत गर्दै एमालेका एक जिल्ला नेताले अनलाइनखबरलाई भने- ‘मलाई पार्टीभित्रैबाट अपराधीका रुपमा प्रचार गरियो, तर अदालतले मलाई सफाइ दिएको छ । अब ममाथि आरोप लगाउनेहरुले माफी माग्नुपर्छ ।’पत्रकार खिलनाथ ढकालमाथि कुटपिट गरेको र गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका बस्नेतले जिल्ला अदालतबाट सफाइ पाएपछि आफ्नो सम्पत्तिमाथि राज्यले लगाएको रोक्का फुकुवाका लागि पहल गरिदिन बैठकमा आग्रह गरेको स्रोतको कथन छ । ‘अहिले सरकारले मेरो बुबाको सम्पत्तिसमेत रोक्का गरिराखेको छ, मेरो सर्वस्वहरण भएको छ । म पार्टीको जिउँदो सहीद हुँ ।’- बैठकमा बस्नेतको भनाइ थियो ।
पार्टी सचिवले माफी मागे
आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष झलनाथ खनालविरुद्ध जिल्ला कमिटीमा खेद प्रस्ताव ल्याउने एमाले मोरंगका सचिव ऋषि पोखरेलले बैठकमा माफी माग्नुभएको छ । एमाले जिल्ला अधिवेशनमा भाषण गर्नेक्रममा अध्यक्ष खनालले पार्टीभित्र डन र गुण्डागर्दी बढेको सुनेको छु, त्यस्तो गुण्डागर्दी चल्दैन भन्नुभएपछि ओली खेमाका पोखरेलले खनालविरुद्ध जिल्ला कमिटीको पहिलो बैठकमै खेदप्रस्ताव राख्नुभएको थियो । अध्यक्षविरुद्ध जिल्ला कमिटीले त्यस्तो प्रस्ताव ल्याउन नमिल्ने भन्दै जिल्ला अध्यक्ष महेश रेग्मी र खनाल पक्षधर सदस्यले विरोध गर्दै आएका थिए । ८३ जनाको जिल्ला कमिटीमा ११ जनाले खनालविरुद्ध खेद प्रस्ताव ल्याउनुपर्ने भन्दै आएका थिए । अन्तिममा सचिव पोखरेलले आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि यो विवाद पटाक्षेप भएको छ ।
कुटेर खेदिएकालाई घर र्फकन आग्रह
आफ्नै पार्टीभित्र पर्शुराम बस्नेत र विनोद ढबाल समूहबाट पिटाइ खाएर एमाले छाडेका पुराना नेताहरुलाई एमालेमा फिर्ता ल्याउने निर्णयसमेत एमाले मोरङले गरेको बुझिएको छ । ‘पार्टीकै मान्छेबाट कुटेर खेदिएका साथीहरुलाई घर र्फकन आग्रह गर्ने निर्णय भएको छ ।’ मोरङका एक जिल्ला सदस्यले अनलाइनखबरसँग भने । मोरङका पूर्वजिविस सभापति एवं एमाले नेता टुलुराम राजबंशीलाई कार्यालयमै कुटेर कालोमोसो दलिएपछि राजबंशी अहिले मधेसी जनआधिकार फोरममा लाग्नुभएको छ । त्यस्तै एमाले नेता एवं बिराटनगरका चर्चित बुद्धिजीवी हेमराज पन्त यतिबेला एमाओवादीमा लाग्नुभएको छ ।
पार्टीभित्रका डनबाट पिटाइ खाएका अर्का एमाले नेता सत्यनारयण साह चाँहि कौटिल्य नेतृत्वको सशस्त्र समूहमा लाग्नुभएको छ । पार्टीअध्यक्ष मधेश रेग्मीले भने पार्टीभित्रैका डनका हातबाट पिटाइ खाए एमाले छाड्नुभएन । उता एमालेले कुटिनेहरुलाई घर र्फकन निर्णय गरेरहेका बेला अर्का पुराना नेता भूराज राई भने अशोक राईतिर लाग्नुभएको छ । मोरङका अर्का पुराना नेता लब प्रधान भने माओवादी बन्नुभएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS