Widgets

सानीआमाले यसरी बनाईन् कोठीको बेश्या

Unknown | 04:03 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


कहाँबाट सुरु गरौँ ? सुरुवात गर्नै गाह्रो लाग्यो । झन् लोग्नेमान्छेसँग कुरा गर्न त मनै लाग्दैन । लोग्नेमान्छे देख्दै रिस उठ्छ । तिनीहरूले मलाई कति सताएका छन् कति । त्यो सबै सम्झिदा त चिथोर्न मन लाग्छ ।

अहिले २१ वर्षकी भए । धनकुटा घर हो । चार वर्षअघि बिहे भएको हो । परिवारको सहमतिमै बिहे भयो । वर्ष दिन राम्रैसँग बिते । छोरी जन्मिइन् । श्रीमान्, सासूससुरा तथा अन्य परिवारजनसँग राम्रै थियो । दुई वर्षअघिको कुरा हो, आमा बिरामी हुनुभयो । हेरचाह गर्ने कोही थिएन । माइती घर आएँ । महिना दिनभन्दा बढी आमासँगै बस्नुपर्‍यो । त्यही निहुँमा घरपरिवार र श्रीमान्सँग झगडा भयो । श्रीमान्ले भन्नुभयो, 'माइतीमै बस्, अब मेरो घर नआइज ।' उहाँ म र छोरीलाई छाडेर मलेसिया जानुभयो ।

घरबाट कोही लिन आएनन् । मलाई पनि घरमा आउन दिएनन् । म माइतीमै बसे । माइतीको अवस्था पनि राम्रो थिएन । आर्थिक अवस्था कमजोर छ । त्यहीवेला सानीआमा आउनुभयो । बज्यै र मलाई भारत जाऔँ भन्नुभयो । उहाँको पूरै परिवार भारतको आग्रामा बस्छ । बज्यैसँग छोरीलाई लिएर केही दिनका लागि म पनि आग्रा गएँ, २०/२२ महिनाअगाडि ।

आधा महिनापछि बज्यै घर फर्किनुभयो । म त्यहीँ बसेँ । सुरुवातमा त म घरकै काम गर्थें । बिस्तारै अरू काममा पनि लगाउन थाल्नुभयो । सानीआमाको घरमा बाहिरका मान्छे पनि आउँथे । म त नातेदार, आफन्त तथा चिनेजानेकै मान्छे होलान् भन्ने सोच्थेँ । पछिपछि त उनीहरूसँग सुत्न लगाउन थाल्नुभयो । केही दिन त मैले मानिनँ । सात-आठवटा कोठा भएको घर थियो । चार-पाँचजना अरू दिदीहरू पनि थिए । उनीहरू पनि नेपालीजस्तै थिए, तर हिन्दी बोल्थे । उनीहरू पनि बाहिरबाट आउने मान्छेसँग सुत्ने रहेछन् । त्यहाँ आउने लोग्नेमान्छे आफन्त होइन ग्राहक पो रहेछन् ।

केही दिन मैले नमान्दा पनि केही भन्नुभएन । महिनादिन बित्नै लाग्यो । त्यसपछि 'सित्तैमा कसले दिन्छ तलाईं खाना ? तेरा बुबाले कमाएर राखेको छैन । जे भन्छु त्यो काम गर,' भन्दै कुट्न थाल्नुभयो । बेस्सरी कुटेपछि हिँडडुल गर्नै नसक्ने भएकी थिए । एकसाँझ कोठामै थिएँ, एकजना जड्याहालाई कोठामा पठाउनुभयो । ऊ भित्र आएपछि बाहिरबाट ढोका बन्द गरिदिनुभयो । त्यो अजंगको लोग्नेमान्छेलाई मैले जति गर्दा पनि सम्झाउन सकिनँ । उसले ममाथि जबरजस्ती गर्‍यो । सानीआमाको कुटाइको पीडा र त्यसको जबरजस्तीले मलाई अति पीडा भयो । म कराए, चिच्याएँ, रोएँ, तर केही सीप लागेन । बन्द कोठाभित्र मैले रोएको कसले सुन्थ्यो र ? तीन-चार घन्टापछि जड्याहा त गयो, तर म रातभर सुत्न सकिनँ । साह्रै गाह्रो भयो, पूरै शरीर दुख्यो ।

त्यस्तो क्रम दिनदिनै दोहोरियो । मैले अस्वीकार गर्दा कुटाइ खान्थेँ, त्यसैले कुटाइ खानुभन्दा त जे भन्यो त्यो गर्न थालेँ । बिहान ८-९ बजेदेखि नै ग्राहक आउन थालिहाल्थे । दिनमा दश-बाह्र जनासम्म आउथे । त्यस्तो दिन राति सुत्नै सक्दिन्थेँ । पूरै जीउ दुख्थ्यो । कोही ग्राहक त राम्रै हुन्थे । आधा घन्टा/एक घन्टामा जान्थे । कोही/कोही भने रक्सी पिएर आउथे । साह्रै दुःख दिन्थे । उनीहरूले भनेअनुसार गर्नुपथ्र्यो । मान्छेको जस्तो व्यवहार गर्दैनथे । बाघ, भालुजस्तै जनावर लाग्थे । तैपनि सहनुपथ्र्यो, सहन्थेँ ।

कति दिन बाहिर निस्किन पनि खोजेँ । बाहिर कस्तो छ, थाहा थिएन । 'बाहिर प्रहरी बसेका छन् । यस्तो काम गर्छौ भन्ने थाहा छ । बाहिर निस्क्यौ भने प्रहरीले पक्राउ गर्छ,' भनेर सानीआमा डर देखाउँथिन् । मलाई थाहा थिएन, प्रहरीले पक्राउ गर्ला भनेर बाहिर निस्किदैन्थेँ । भित्रै खायो, भित्रै बस्यो । कहिल्यै बाहिर आइनँ ।
यस्तो गर्दा गर्दै ६ महिना बिते । सहनै गाह्रो हुन थालेपछि घरमा फोन गरेँ । मलाई लिन आउनुभनेर बुबालाई भनेँ । बुबा पनि धनकुटाबाट आउनुभयो । महेन्द्रनगर पुगेपछि पनि फोन गर्नुभएको थियो । 'बुबालाई बोलाइस् भने मारिदिन्छु । वनबासा पुग्नेबित्तिक्कै मार्न लगाउँछु । त्यहाँ पुग्नै दिन्नँ,' भनेर सानीआमाले धम्क्याइन् । बुबालाई मार्नुभन्दा त बरु म नै दुःख सहन्छु भन्ने सोचेँ । धनकुटाबाट महेन्द्रनगर पुगेका बुबालाई घर फर्किनुस् भनेँ । र बुवा घर फर्किनुभयो ।

त्यसपछि पनि काम त्यही हो । जे-जे गर भन्यो, त्यही गर्थें । केही विरोध गर्न सकिनँ । बिहानदेखि अबेर रातिसम्म ग्राहकलाई खुसी पार्नुपथ्र्यो । बिस्तारै बानीजस्तै भयो । तैपनि धेरै लोग्नेमान्छे आएको दिन भने गाह्रो हुन्थ्यो । राति सुत्नसमेत सकिँदैन्थ्यो ।

आठ-नौ महिनापछि भने बाहिर पनि पठाउन थाले । दुई, तीन दिन, सातादिनका लागि बुकिङमा जानुपथ्र्यो र जान्थेँ । दुई-तीन दिनका लागि बाहिर जाँदा पनि कोही राम्रा मान्छे हुन्थे, राम्रो व्यवहार गर्थे । कोही दुःख दिन्थे, साथीभाइसँग पनि सुत्न लगाउथे ।

यसरी बाहिर जाँदै गर्दा एकजना 'राम्रो मान्छे' भेटिए । उनी भारतीय नै थिए । उनलाई सबै पीडा पोखेँ । मेरो पीडा सुनेपछि उनले भने, 'चिन्ता नगर । म तिमीलाई बाहिर निकाल्छु ।' त्यसपछि केही दिनका लागि उनीसँगै बाहिर निस्केँ । उनले धनकुटा ल्याइदिए ।

घर आएपछि मुक्ति पाएजस्तो भयो । अब त बाचेँ भन्ने लाग्यो । तर, के गर्नु मेरी छोरी आग्रामै थिई । 'छोरीलाई बेचेर आइस्' भनेर घर परिवारले सताउन थाले । गालीगलौज मात्रै होइन, झगडा गर्न थाले । अनि जे होला-होला भनेर छोरी ल्याउन एक्लै घरबाट निस्केँ । गड्डाचौकीबाट भारत पस्नै लाग्दा माइती नेपालको याद आयो । बज्यैसँग जाँदा पनि माइती नेपालका दिदीहरूले सोधपुछ गरेका थिए । बज्यै भएकाले जान दिएका थिए । योपटक मैले माइती नेपालका दिदीहरूलाई सबै कुरा बताए ।

अनि माइती नेपाल कन्चनपुरकी संयोजक महेश्वरी भट्टलाई लिएर आग्रा गए । उहाँले भारतीय प्रहरीसँग मिलेर त्यो घरमा छापा हान्न लगाउनुभयो । सबैलाई प्रहरीले पक्राउ गर्‍यो । उनीहरूमाथि आग्रामै मुद्दा हालेका छौँ । त्यसपछि छोरीलाई लिएर म नेपाल फर्किएँ । अहिले म र छोरी माइती नेपालमै छौँ । यो सबै कुरा एकजना मामाबाहेक अरू कसैलाई बताएकी छैन । आमाबुबाले घर आऊ भन्छन्, मन लाग्दैन । अब घर जान्न होला । यतै माइती नेपालमै बस्छु । छोरीलाई पाल्छु, मजस्तै अरू दिदीबहिनीले दुःख भोग्नु नपरोस् भनेर बेचबिखनविरुद्धको काममै लाग्छु ।

अब बिहे पनि गर्दिनँ । हुन त मेरो बिहे गर्ने उमेर अझै भएको छैन । भर्खर त २१ वर्षकी भएँ । तैपनि बिहे कस्तो हँुदोरहेछ भोगिसकेँ । स-सानो कुरामा श्रीमान्ले छाडे । घरपरिवारले पनि दुःख दिए ।
लाग्नेमान्छे कस्ता हुन्छन्, बुझिसकेँ । आप\mनै श्रीमान् र आग्राका कोठीहरूका कैयौँ लोग्नेमान्छे देखिसकेँ । उनीहरूले दिएको पीडा कस्तो थियो, मलाई थाहा छ । अहिले पनि लोग्नेमान्छे देख्दा आग्राको कोठीमा आउनेले गरेको व्यवहार याद आउँछ । बहुलाएजस्तै हुन्छु, रिंगटा लागेजस्तो हुन्छ । जीउ थरथरी काँप्छ । रुन मन लाग्छ । आफैँ आँसु आउँछ । मुटु ढुकढुक गर्छ । त्यसैले लोग्ने मान्छे देख्दा डर लाग्छ ।




भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS