Widgets

तमलोपाको प्रस्तावः ‘चुनावमा मधेसीको एउटै झण्डा, एउटै उम्मेदवार’

Unknown | 16:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा मधेसवादी दलहरुबीच मोर्चाबन्दी गर्ने प्रस्ताव अघि सारेको छ ।
MAHANTA THAKUR
शुक्रबार अबेर सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मोर्चावन्दीका लाई पहल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । ‘मधेसवादी दलहरुबीच मोर्चाबन्दी पहल गर्नेबारे छलफल भएको छ’ सहमहामन्त्री जितेन्द्र सोनलले अनलाइखबरसँग भन्नुभयो-’एक निर्वाचन क्षेत्र एक उम्मेदवार र एक चुनाव चिहृन बनाएर जाने प्रस्ताव छ ।’
झण्डै एक वर्षअघि पनि तमलोपाले मधेसमा एउटा मात्र पार्टी बनाउने भन्दै दलहरुसँग वार्ता गर्न वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीको नेतृत्वमो कार्यदल गठन गरेको थियो ।
तर, नेतृत्व कसले गर्ने भन्नेमा विवाद सुरु भएपछि कार्यदलले कुनै ठोस उपलब्धी हात पार्न सकेन । ‘त्यसबेला चुनावी माहोल नै भएन र वार्ता प्रयासले सार्थकता पाएन’ कार्यदल सदस्य समेत रहेका सोनलले भन्नुभयो-’अहिले चुनाव र मोर्चाबन्दी दुबैको माहोल बन्दै गएको छ ।’
उहाँका अनुसार मोर्चाबन्दीको औपचारिक प्रस्ताव राख्न तमपोलाका अध्यक्ष ठाकुरले छिटै मधेस केन्द्रीत दलहरुको बैठक बोलाउने तयारी गर्नु भएको छ । भ्रष्टाचारको मुद्दामा १ वर्ष जेल बसेपछि छुटेका जेपी गुप्ताले पनि ठाकुरको नेतृत्वमा मोर्चाबन्दीको प्रस्ताव गर्नु भएको छ भने मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव जनजाति दलहरुसँग मिलेर अर्के मोर्चाबन्दीमा हुनुहुन्छ ।
थ्रेस होल्डको विरोध, ६ सय १ को माग
तमलोपाले समानुपातिक तर्फ कम्तीमा १ प्रतिशत मत ल्याउनु पर्ने संविधानसभा सदस्य निर्वाचन अध्यादेशको प्रस्तावित व्यवस्थाको विरोध गरेको छ । साथै चार दलबीच भएको ११ बुँदे सहमति विपरित अबको संविधानसभा पनि ६ सय १ सदस्यीय नै हुनु पर्ने माग गरेको छ ।
‘थ्रोस होल्डको विरोध गरेका छौं’ सोनलले अनलाइनखबरसँग भन्नुभयो-’संविधानसभा पनि ६ सय १ नै कायम गर्नुपर्छ भनेको छौं । ११ बुँदे सहमति गर्दा कमजोरी भयो । त्यसलाई सच्याउनु पर्छ ।’ ११ बुँदे सहमतिमा अब बन्ने संविधानसभा ४ सय ९१ सदस्यीय हुने उल्लेख छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS