Widgets

बाघको खोजीमा बर्दियातिर (फोटोफिचर)

Unknown | 16:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


चिडिया घरमा त धेरै पटक बाघ देखेको हो । तर जँगलमै बाघ देख्नुको मज्जै अर्कै हुन्छ । बाघ हेर्नका अहिले सबैभन्दा उपयुक्त स्थल हो-बर्दियाको राष्ट्रिय निकुञ्ज । अहिले प्रत्येक महिना बर्दिया बाघ हेर्न आउने स्वदेशी-विदेशी पर्यटकको संख्या बढिरहेको छ ।
ओस्कार अवार्ड पाउन सफल फिल्म ‘टाइटनिक’का नायक लियोनार्दो डि क्याप्रियोले २०६५ जेठमा एउटै फ्रेमभित्र पाँच वटा बाघ खिचेका थिए । त्यसपछि बर्दियामा बाघ हेर्न आउने बिदेशी पर्यटकको आगमनमा बृद्धि भएको बताउँछन् बर्दिया ठाकुरद्वाराका पर्यटन ब्यबसायी मोहन चौधरी । पर्यटकले केही घण्टा बिताउँदा बाघ देख्न सक्ने चौधरी बताउँछन । उनका अनुसार चैतदेखि जेठसम्म बाघ हेर्ने उपयुक्त समय हो ।
1
गाईड तुलसी गौतम बिहान ६ बजे नै उठाउन आइपुगे । त्यसपछि सुरु भयो- बाघको खोजी । मध्यान्हपछि पानी पिउन बाघ आउने भएकाले पहिले गैँडा र अन्य जनावर डुल्ने उपयुक्त स्थलतर्फ लाग्यौं । विहानै जगल-वाक गर्ने प्रसस्तै पर्यटक भेटिए । ती सवैको उदेश्य थियो- बाघ हेर्ने । राष्ट्रिय निकुञ्जको तीनकुने स्थान बाघ हेर्नका लागि उपयुक्त स्थल हो । जसमा म र गाइड लगायत अन्य स्वदेशी विदेशी पर्ययटकहरू दिनभर वाघ हेर्नका लागि कुर्‍यौँ ।  दिनभरमा वाघ पानी खान र आल बस्न चार पटक सम्म आयो तर बाघ र हामी रहेको दूरी निकै टाढा भएका कारण, मानिसको चहल पहलका कारण बाघको तस्वीर खिच्न सकिएन । यदि मानिसको चहलपहल नभएमा बाघ सो क्षेत्रमा पानी खान तथा आल बस्नका लागि लामो समय विताउने गरेको गाइड गौतम वताउँछन् ।
हाल निकुञ्जमा ३७ पाटे बाघ, २४ वटा एकसिंगे गैंडा लगायत ४ सय ६७ प्रजातिका चरा छन् । गोही प्रजनन केन्द्रमा घडियाल र मगर गोही हेर्न पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ५ थरीका हरीण जातीका जनावर पाईन्छन । त्यो अन्तगर्त चित्तल, बाह्रसिगें, रतुवा, लघुना र जरायो पर्छन् ।
2
निकुञ्ज आसपासमा थारुहरुको घना बस्ती छ, जसले पर्यटकलाई सांस्कृतिक झाँकीहरुको दर्शन गर्ने मौकासमेत मिल्छ । थारु सँस्कृतिको जानकारी दिन ठाकुरद्वाराको निकुञ्ज कार्यालयमा थारु संग्रहालयसमेत छ । बर्दियामा जगल वाक , हात्ति सफारी, जिप सफारी समेत गर्न सकिन्छ । जँगल सफरी गर्न गाईडको अनिवार्य हुन्छ । निकुञ्जमा १७ वटा हात्ती छन् । तीमध्ये १२ वटामा जंगल सफारी गराइन्छ । ठाकुरद्वारामा ठाकुर बाबा (विष्णु) मन्दिर पनि छ । बाबा बहिरा छन, त्यस कारण वर माग्दा जोडजोडले चिच्याएर वर माग्नुपर्छ भन्ने भनाइ छ । बाबाको दर्शनले जागिरमा पदोन्नती हुनेे, प्रेममा सफलता मिल्ने र सन्तान प्राप्ति हुने जनविश्वास छ । माघीका बेला मन्दिरमा मेला लाग्छ ।
3



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS