Widgets

प्रचण्डले भने- ‘सहयोग नगरे भारतको सुरक्षा चिन्ता सम्बोधन गदैनौं’

Unknown | 15:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१२ वैशाख, सल्यान । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासमा सहयोग नगरे भारतको सुरक्षा चिन्तालाई सम्बोधन नगर्ने धक्की दिनु भएको छ । सल्यानको वाफुखोलामा बिहीबार आयोजित सभामा प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको आर्थिक विकासका लागी कुरा उठाउने बताउनु भयो ।
prachandaउहाँले भन्नुभयो-’मैले चीन भ्रमणको क्रममा पनि यहि कुरा उठाएको हूँ र भारत भ्रमणको क्रममा पनि यहि कुरा उठाउने छु, यसले नेपालको आथिृक विकासमा सहयोग पुग्ने छ ।’ चीनले आफूलाई संविधानसभाको चुनावपछि आर्थिक विकासका लागि सहयोग गर्ने वचन दिएको प्रचण्डले सुनाउनु भयो । उहाँले भन्नुभयो-’उत्पादन वृद्धि र विकासको लागि छिमेकीको सहयोग अनिवार्य छ, चाहे त्यो भारत चीन वा अरु कोहि होस् ।’
नागरिकहरुले आफुमाथि देशलाई बदल्ने आशा राखेको भन्दै उहाँले भन्नुभयो-’मलाई त्यसका लागि ८/१० वर्षको समय चाहिन्छ ।’ प्रचण्डले अवको संविधानसभा निर्वाचनमा मधेसी र जनजातिसँग मिलेर चुनाव लड्ने र वहुमत ल्याउने दावी गर्नुभयो । संविधानसभामा माओवादीको वहुमत आउने देखेर अन्य दलले विभिन्न बखेडा झिकेको उहाँको आरोप छ ।
यसअघि विहान प्रचण्डले ३ घण्टा सल्यान रुकुम र रोल्पाका माओवादीका जिल्ला स्तरिय कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणको क्रममा प्रचण्डले शान्तिप्रकृयापछि पार्टी विग्रिएको तथा पार्टी कार्यकर्ताहरु व्यक्तिवादी र जालिझेली भएको भन्दै सातौँ राष्ट्रिय महाधिवेशनपछि आफू पार्टीको सुधारमा लागिपरेकेा बताउनु भयो । उहाँले भन्नुभयो-’पार्टी शान्ति प्रक्रियापछि विगि्रएको र कार्यकर्ताहरु विगि्रएको पनि सत्य हो, अव सवै त्यसको सुधारका लागि लाग्नुपर्छ ।
माओवादी अध्यक्ष प्रचण्डले आफूले एमाले पार्टी छैन नभनेको भन्दै भन्नुभयो-’मैले त एमालेले कांग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्तत रहने छैन भनेको हो । मेरो भनाईको आसय एमाले नै छैन भन्ने हैन ।’



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS