Widgets

दीपाश्रीको नयाँ घरमा को बस्ला ?

Unknown | 02:30 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । हास्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सर्नुभएको छ । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले अनलाइनखबरसित भन्नुभयो ।
deepa-shree-niraula-
कलाकारिता मार्फत कमाएको एककरोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उहाँले जानकारी दिनुभयो । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भन्नुभयो-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उहाँले बताउनुभयो । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उहाँले भन्नुभयो । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उहाँले भन्नुभयो-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भन्नुभयो ।
कलाकार दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताउनुभयो । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उहाँले ठट्टा गर्नुभयो । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उहाँले हाँस्दै भन्नुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS