Widgets

माओवादीलाई बहुमत दिलाउने गरी खट्नुस् : प्रचण्ड

Unknown | 02:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा परिवर्तनकामी तथा जनपक्षीय शक्तिलाई विजयी बनाउन सम्पूर्ण शिक्षक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।
prachanda
 अखिल नेपाल शिक्षक सङ्गठनको पाँचौँ विस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै उहाँले आगामी संविधानसभाको निर्वाचन परिवर्तनकामी शक्तिले जित्नै पर्ने भएकाले त्यसका लागि शिक्षकहरुको सहयोगी भूमिका जरुरी भएको बताउनुभएको हो ।
प्रचण्डले भन्नुभयो-”समाजलाई चेतनाको दियो बाल्ने शिक्षकहरु मुलुकलाई पनि चेतनशील र क्रान्तिकारी बनाउन स्पष्ट भएर लाग्नुपर्दछ, नेपाली जनता अग्रगमन र परिवर्तनको पक्षमा छन्, यही चाहनालाई आत्मसात् गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।”आगामी निर्वाचनमा एमाओवादीलाई पूर्ण बहुमत दिलाउने गरी कार्यक्षेत्रमा खट्न निर्देशन दिँदै उहाँले राष्ट्रिय आवश्यकता र चाहनालाई ध्यान दिएर शिक्षक र युवा विद्यार्थी परिचालित हुनुपर्ने बताउनुभयो ।
नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाउन आफ्नो पार्टीले विशेष कार्ययोजना ल्याउने आश्वासन दिँदै एमाओवादी अध्यक्ष प्रचण्डले राजनीतिलाई ठीक दिशामा अगाडि बढाउन सके मात्रै सबै क्षेत्र ठीक हुने बताउनुभयो । शैक्षिक क्षेत्रलाई पूर्ण रुपमा व्यावसायिक र समयानुकूल बनाउन स्वयम् शिक्षक तथा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । विस्तारित बैठकमा एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले आगामी निर्वाचनमा अधिकभन्दा अधिक स्थानमा एमाओवादीलाई विजयी बनाउन शिक्षकहरुले आजैबाट कार्यक्षेत्रमा खट्नुपर्ने बताउनुभएको थियो । विस्तारित बैठकले भावी कार्ययोजना, साङ्गठनिक स्वरुप लगायतका विषयमा स्पष्ट अवधारणा ल्याउने सङ्गठनले जनाएको छ । बैठक भोलिसम्म चल्नेछ । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS