Widgets

तेक्वान्दोबाट सन्यास लिने तयारीमा दीपक

Unknown | 15:24 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१६ वैशाख, काठमाडौं । कीर्तिमानधारी तेक्वान्दो खेलाडी दीपक विष्ट सन्यास लिने तयारीमा छन् । चोटका कारण झण्डै ४ वर्षदेखि रिङमा उत्रन नसकेका विष्ट सन्याससँगै व्यवसायी बन्ने तयारीमा छन् । ‘मेरा दुबै घुँडामा स्लाइड राखिएको छ, जसका कारण मैले खेल्न सकिरहेको छैन’-अनलाइनखबरसँग कुरा गर्दै विष्टले भने-’अब छिट्टै औपचारिकरुपमा सन्यासको घोषणा गर्ने तयारीमा छु ।’
deepak-bistha
सन्यासबारे तेक्वान्दो संघसँग कुरा भइरहेको र ढीलोमा यो वर्षभित्र सन्यास लिइसक्ने उनले बताए । विष्ट सन् २००८ को सागपछि लगातार ४ पटक स्वर्ण जित्ने दक्षिण एशियाका कीर्तिमानी खेलाडी हुन् र हाल राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत छन् । यद्यपि अहिले पनि खेल हेर्दा रिङमा उत्रन मन लाग्ने उनले सुनाए । ‘खेल्न नपाउँदा साह्रै दुःख लाग्छ’ उनले भने-’कहिलेकाँही त रिङमा उत्रौंजस्तो लाग्छ तर, चोटका कारण सक्दिँन ।’
हाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका विष्टले साफ गेममा ४ पटक स्वर्ण र एशियन गेममा २ पटक रजत जितेका छन् ।
खेल क्षेत्रमा लागेर जीविकोपार्जन गर्ने अवस्था नभएकाले नै व्यवसाय गर्न लागेको उनले बताए । ‘मैले २० वर्ष देशका लागि खेले, नाम त कमाए तर, जीवन चलाउने पुग्ने अवस्था छैन’ उनले भने-’सँगैका साथीहरु विदेश गए । तर, म देशमै बसेर केही गर्न चाहन्छु । खेल क्षेत्रसँगै जोडिने गरी व्यवसाय सुरु गर्दैछु ।’ विष्टले करिव ६० लाखको लगानीमा बानेश्वरमा स्पोटर्स कलेक्सन सेन्टर खोल्दैछन् । यसका लागि व्यवसायी आत्मराम श्रेष्ठलगायतले उनलाई साथ दिँदैछन् ।
नयाँ बानेश्वरबाट शंखमुल जाने बाटोमा रहेको शोम्भेश्वर कम्प्लेक्स विष्टले स्पोटर्स युनिभर्स नामको कलेक्सन सेन्टर खोल्ने तयारी गरेका छन् । ‘झण्डै ६० लाखको लगानीमा पसल खोल्दैछौं’ उनले भने-’नेपालमा खेलिने सबै खेलका सामाग्रीहरु राख्छौं ।’ खेल सामाग्रीमा गाउँदेखि शहरसम्मका सबैको पहुँच पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । ‘राम्रो र सुपथ मूल्यमा खेलाडीलाई आवश्यक सबै सामाग्री राख्छौं’ विष्टले भने-’चीन, भारत, थाइल्याण्ड लगायतका देशबाट गुणस्तरीय राख्छौं ।’ खेल सामाग्रीबारे अध्ययन गर्न केही समय अघि चीन गएको उनी अन्य देश पनि जाने तयारीमा छन् । खेल सामाग्री निर्यातका लागि विभिन्न खेल संघहरुसँग पनि उनको कुराकानी भइरहेको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS