Widgets

नवविवाहित जोडीलाई अस्थायी साधनबारे परामर्श अनिवार्य

Unknown | 04:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, बैतडी । बैतडीको उत्तर-पूर्वी हाट गाविसका बासिन्दा जो कसैले पनि अब बिहे गरेकै दिन स्थानीय स्वयम्सेविकासँग कम्तीमा पनि एक घन्टा अनिवार्य बसेर परिवार नियोजनका अस्थायी साधनबारे जानकारी लिनुपर्ने भएको छ ।
स्थानीय हाट स्वास्थ्यचौकीले गरेको निर्णयअनुसार विवाहित जोडीले परिवार नियोजनका साधनबारे अनिवार्य रुपमा परामर्श लिनैपर्ने व्यवस्था गरिएको हो । ‘घरपैसो साधन परिचय कार्यक्रम’ अन्तर्गत व्यवस्थित परिवार नियोजनका लागि यस्तो सल्लाह लिनुपर्ने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख विनोद कुँवरले जानकारी दिनुभयो । गाउँघरमा अझै पनि कम उमेरमा विवाह हुने र सानै उमेरमा गर्भाधारण भई आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने हुँदा यस्तो निर्णय गरी कार्यान्वयनको अन्तिम चरणमा रहेको कुवँरले बताउनुभयो ।
घरपैसो साधन परिचय अभियान नाम दिइएको यस कार्यक्रमबारे महिला स्वयम्सेविकाहरुलाई तालिम दिइसकिएको र परिवार नियोजनका साधनसहितको पोस्टर छपाएर योजना कार्यान्वयनमा लैजाने हाट स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकीका अनुसार कण्डम, डिपो सुई, पिल्सलगायतका परिवार नियोजनका अस्थायी साधनहरु नवविवाहित जोडीलाई परामर्शसहित तत्काल उपलब्ध गराउने र स्थायी साधनबारे विस्तृत जानकारी दिइने छ । “अस्थायी वा स्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने/नगर्ने स्वतन्त्रता विवाहित जोडीलाई नै हुनेछ”- स्वास्थ्यचौकी प्रमुख कुवँरले भन्नुभयो-”हामी त्यस्ता साधनहरुका बारेमा राम्ररी बुझाएर प्रयोगमा ल्याउन सल्लाह मात्रै दिन्छाँै ।”
जिल्लामै नयाँ किसिमको अभियान सुरु गरेकोमा जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा गुणराज अवस्थीले प्रसन्नता व्यक्त गर्नुभयो । जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा आफ्नो परिचय बनाएको हाट स्वास्थ्यचौकीको यो निर्णय व्यवस्थित परिवार योजना र प्रजनन स्वास्थ्यको दृष्टिले सराहनीय भएको डा अवस्थीले प्रतिक्रिया दिनुभयो ।
अघिल्लो चौमासिक मूल्याङ्कनको नतिजाअनुसार हाट स्वास्थ्यचौकी जिल्लाभरिका स्वास्थ्यचौकीमध्ये पहिलो स्थानमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यसेवा प्रभावकारी बनाउन उत्कृष्ट १० स्वास्थ्य संस्था र सबभन्दा पछाडि रहेका १० स्वास्थ्य संस्थाबीच अन्तरक्रिया पनि गराएको छ । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS