Widgets

जन्मदिनको खर्च मृगौला रोगीलाई

Unknown | 04:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१४ वैशाख, काठमाडौं । प्रायः बालबालिकाले आफ्नो जन्मदिनको दिन आफन्त एवम् साथीहरुलाई चकलेट बाँड्छन्, आफ्ना लागि राम्रा लुगा, जुत्ता या खेलौना किन्छन् वा यस्ता वस्तु किनिदिन बाबुआमासँग जिद्धी पनि गर्ने गर्छन् । तर, कोटेश्वरकी एक छात्राले भने आफ्नो जन्मदिनमा आमाबुबाले दिएको पैसा एक मृगौला रोगीलाई उपचारका लागि सहयोग गरेर एक अनुकरणीय काम गरेकी छिन् ।
युनाइटेड एकेडेमी ललितपुरबाट यसै वर्ष एसलएसी परीक्षा दिएर बसेकी कोटेश्वरकी प्राची ऐरले जन्मदिनका लागि आमाले कपडा किन्न दिएको ६ हजार रुपैयाँ दोलखा च्यामा गाविस- ३ का मृगौला रोगी कृष्णबहादुर फुयाँललाई सहयोग गरेकी हुन् । फुयाँलको मिर्गालाले काम गर्न छोडेपछि हाल उनी नियमित डायलयसिस गराइरहेका छन् । उनी अहिले इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचाररत छन् ।
कोटेश्वरको एक विद्यालयमा आज आयोजित कार्यक्रममा प्राचीले आमा सङ्गीता सिलवाल ऐरको उपस्थितिमा उक्त रकम मृगौला रोगी फुयाँललाई दिएकी हुन् । हाल त्रिदेवीनगर, कोटेश्वर बस्दै आएका बिरामी फुयाँलका दुई छोरी छन् । उनीहरु एक र तीन कक्षामा पढ्दैछन् । उनको आर्थिक अवस्था कमजोर रहेको छ ।
मृगौला रोगको उपचार महङ्गो भएको तथा मिर्गौला प्रत्यारोपणका लागि लाग्ने ठूलो रकम पनि उनले जम्मा गर्नसक्ने अवस्था नरहेकाले थोरै भए पनि सहयोग होस् भनेर आफूले सो सहयोग गरेको प्राचीले बताइन् । उदार मन भएकी छात्रा प्राचीले जस्तै उनका भाइ १३ वर्षीय सक्षम ऐरले पनि आफ्नो जन्मदिनको खर्च जोगाएर केही महिनाअघि पेप्सीकोला टाउन प्लानिङमा रहेको सुशीला संरक्षण सेवा केन्द्रमा आश्रति १० जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरेका थिए ।
सानेपास्थित नाइल स्टि्रम एकेडेमीकी संस्थापक प्राचार्य रहेकी सङ्गीताले छोराछोरीलाई दिएको खर्च राम्रो काममा सदुपयोग भएकोमा प्रसन्नता व्यक्त गर्दै यस्तो कार्यबाट अरू छात्रछात्रा पनि प्रेरित हुनसक्ने बताउनुभयो । रासस



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS