Widgets

दादागिरि तथा गुण्डागर्दी गरेर खाने दिन सकिए : गृहमन्त्री

Unknown | 16:23 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१० बैशाख, काठमाडौं । गृहमन्त्री माधवप्रसाद घिमिरेले पर्यटन क्षेत्रमा अवरोध सिर्जना गरी दादागिरि देखाउनेहरुलाई तह लगाउने बताउनुभएको छ । गन्तव्य नेपाल र साइडवाकर्सद्धारा शनिबार राजधानीमा आयोजित ‘बन्दमुक्त पर्यटन, हामी सबैको एउटै संकल्प’ विषायक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले दादागिरि र गुण्डागर्दी गरेर खानेहरुका दिन गएको ठोकुवा गर्नुभयो ।
madhav Ghimire‘मुलुकै अर्थतन्त्रका लागि बन्द हड्तालजस्ता गतिविधिहरु मूख्य समस्याका रुपमा रहँदै आएको छ’ परराष्ट्र मन्त्रीसमेत रहनुभएका घिमिरेले भन्नुभयो- ‘बर्तमान सरकार बन्द, हड्ताल, गुण्डागर्दीजस्ता गतिविधिहरु रोकेर मुलुकमा शान्ति ल्याउन प्रतिबद्ध छ ।’
कार्यक्रम आयोजकले पर्यटन क्षेत्रमा बन्द हड्ताल जस्ता गतिविधिहरु नगर्ने शंकल्प प्रस्ताव पेश गरिएको थियो । संकल्प प्रस्तावमा सरकारसहित पर्यटन क्षेत्रमा कार्यरत सबै संघ-संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । ‘शंकल्प प्रस्तावमा सरकारले ऐक्यवद्धता जनाउँछ’ घिमिरले भन्नुभयो- ‘शंकल्प प्रस्तावमा ऐक्यवद्धता जनाएरमात्र हुँदैन्, सबै व्यवसायी तथा संघ-संस्थाले पूर्ण रुपमा पालना गर्नुस ।’
सेवा गुणस्तरीय बनाउनुहोस
अन्य देशहरुको तुलनामा नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको बताउँदै मन्त्री घिमिरेले गुणस्तरीय सेवा प्रदान गर्न व्यवसयीहरुलाई आग्रह गर्नुभयो । पर्यटन क्षेत्रमा देखिएका नीतिगत समस्याहरु समधान गरेर सहज व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सिन्डिकेटले पनि पर्यटन व्यवसायलाई मार पारिरहेको उहाँको भनाई थियो । नेपालको टुरिजम प्याकेज अन्य देशको तुलनामा भन्दा महंगो भएको भन्दै उहाँले शुलभ प्याकेज बनाउने व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयका सचिव सुशिल घिमिरेले व्यवसायीहरुको बीचमा बन्द हड्ताल नगर्ने विषयमा मत-ऐक्यता नदेखिएको भन्दै गुनासो गर्नुभयो । उहाँले ३०/४० वर्ष पुरानो ऐन संसोधन गर्ने जानकारी दिँदै अन्य हिमालहरु पनि पर्यटन विकासका लागि खोल्दै जाने प्रतिवद्धता जनाउनुभयो । अहिले नेपालका सबै हिमालहरु आरोहणका लागि खुल्ला गरिएको छैन् ।
पर्यटनलाई राजनीतिमूक्त बनाऔं
नेपाल पर्यटन बोर्डका निमिक्त कार्यकारी प्रमुख शुवास निरौलाले पर्यटन क्षेत्रलाई बन्दमूक्त भन्दा पनि राजनीतिमूक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्दै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका संचालन प्रकाश खालिङले गर्नुभएको थियो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS