Widgets

क्रिकेटका पूर्वकप्तान भन्छन् – भोको पेटले कहिलेसम्म खेल्ने ?

Unknown | 15:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


२३ वैशाख, काठमाडौं । विनोद दास नेपाली क्रिकेट क्षेत्रमा ख्यातीप्राप्त खेलाडी हुन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान दास बलर प्रशिक्षक पनि हुन् । उनले विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले पाएको सफलतालाई अहिलेसम्मकै ठूलो एवं ऐतिहासिक बताएका छन् । नेपालले फुटबलमा जत्तिकै क्रिकेटमा पनि लगानी गर्ने हो भने विश्वकप खेल्ने सम्भावना टाढा नरहेको बताउँछन् दास । क्रिकेटमा अब सरकार र क्यानले ध्यान नदिने हो भने भोको पेटले क्रिकेट खेल्न नसक्ने दासको भनाइ छ । ‘खेलाडीहरुले कति दिनसम्म भोको पेट खेल्न सक्छन् ?’- दास भन्छन् ।binod-das
 डिभिजन ३ क्रिकेटमा नेपालले पाएको सफलतावारे पूर्वकप्तान दासले अनलाइनखबरसंग गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा-
 क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता नेपाली टिमले हात पारेको छ । धेरै वर्षको मिहेनतपछि हामी एउटा लक्ष्य नजिक पुगेका छौं । सफलता हात लाग्नुमा खेलाडीको मिहेनत र टिमवर्क नै हो । पर्याप्त अभ्यास र पूर्वाधारविनै नेपाली क्रिकेट टोलीले ठूलो खुड्किलो मार्न सफल भयो । नेपालमा जसरी फुटबललाई महत्व दिइँदै आइएको छ, त्यसैगरी क्रिकेटलाई पनि सरकार, राष्ट्रिय खेलकुद परिषद र नेपाल क्रिकेट संघले लगानी गर्नुपर्छ । फुटबलमा लगानीअनुसारको प्रतिफल नआए पनि लगानी भने वर्ष वर्षमा बढ्दै गएको छ । तर, क्रिकेटमा लगानी भने निकै कम छ । यद्यपि थोरै लगानी तथा खेलाडीको धेरै मिहेनतले गर्दा नेपालले क्रिकेटमा निकै ठूलो सफलता हात पार्दै आएको छ । नेपाल डिभिजन पाँच, चार, तीन हुँदै डिभिजन २ मा उक्लिएको छ । यसले नेपाली क्रिकेटको महत्व कति रहेछ भन्ने प्रष्ट पारेको छ । नेपालले गएको वर्ष युएईमा पनि यस्तैखालको सफलता हात पारेको थियो । निकै छोटो समयमा पनि क्रिकेटमा नेपालले ठूलो फड्को मारेको छ ।Champion-nepali-circket
प्रयाप्त लगानीविनै यति ठूलो सफलता हात पार्नु नै नेपाली टोलीको ठूलो सफलता हो । नेपालले खेल जित्दा हौसिएर खेलाडीलाई सम्मान गर्ने अनि त्यसपछि क्रिकेटलाई महत्व नदिएर बस्ने अनिपछि चाहिँ क्रिकेटलाई वास्ता नै नगर्नै गरेको पाइएको छ । अब पनि यसरी नै बसियो भने त्यो नै नेपाली खेलाडी तथा क्रिकेटको अपमान हुन्छ ।नेपाली क्रिकेटको विकासका लागि क्यानले प्रयाप्त मात्रामा अभ्यासका लागि पूर्वाधारहरु बनाइदिनुपर्छ । खेलाडीहरुलाई प्रोत्साहन गर्दै अभ्यासका लागि लामो समयको टे्रनिक क्याम्प राखिदिनुपर्छ । यत्रो वर्षसम्म खेल्दै आएका खेलाडीलाई नै निरन्तरता दिएर जानुपर्छ । यदि क्यानले खेलाडीहरुलाई आवश्यक व्यवस्था गर्न सकने, अभ्यास म्याचहरु खेल्ने अवसर सिर्जना गरेन भने यही सफलतालाई निरन्तरता दिन ग्राहो हुन्छ । यसबारे क्यानले सोच्नुपर्छ । सोच्छ पनि होला अब ।
क्यानको मात्रै एकल पहलले क्रिकेटको विकास गर्न सकिँदैन । अर्को कुरा क्रिकेटको विकासका लागि क्यानले मात्रै पहल गरेर हुँदैन सरकारले पनिउत्तिकै ध्यान दिनुपर्छ । आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ को बिजेता बन्दै डिभिजन २ मा उक्लिनुका साथै सन् २०१४ मा हुने ५० ओभरको विश्वकप क्रिकेटमा छनौट चरणको खेल खेल्न पाउने भएको छ । यो नेपालका लागि नै गर्वको कुरा हो । प्रतियोगिता जितेर आएको नेपाली क्रिकेट टोलीलाई सरकारले सम्मानरुवरुप प्रोत्साहन गरेर क्रिकेटको विकासका लागि अधिकतम सहयोग गर्नुपर्छ । २०१४ मा हुने विश्वकप छनौट खेलका लागि तयारी गर्न सरकारले कुनै कसर बाँकी राख्नु हुन्न । किनभने समय नजिक आइसकेको छ ।
सरकारले यसअघि प्रतियोगिता जितेर आएपछि सम्मान मात्रै गर्ने र पछि वास्ता नगर्ने गथ्र्यो । अब त्यो बानी हटाउनुपर्छ । खेल जितेर आएका वेलामात्रै सम्मान गरेर खेलाडी र क्रिकेटको विकास हुँदैन । खेलाडीलाई सम्मानस्वरुप साढे तीन लाख रुपैयाँ जनही दिने कुरा राम्रो हो । तर, त्यो संगसंगै सरकारले पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्छ । खेलेर आएपछिमात्रै सम्मान गरेर हुँदैन । खेल खेल्न जाँदा पनि खेलाडीहरुलाई सरकारले सहयोग गर्नुपर्छ । क्रिकेटका खेलाडीको जीवनस्तर उकास्नका लागि पनि पहल गर्नुपर्छ ।फुटबलको विकासका लागि एन्फाले आफ्ना खेलाडीहरुलाई जसरी तलव सुविधा र ट्रेनिङ राम्रो दिइरहेको छ, त्यो राम्रै कुरा हो । त्यस्तै क्यानले पनि फुटबलको सिको लिएर क्रिकेटको विकासका लागि ध्यान दिनुपर्दछ । क्रिकेटलाई पनि फुटबलजस्तै गरी विकास गर्दै लैजानुपर्छ । क्रिकेट खेलाडीहरुलाई पनि व्यवसायिक बनाएर लैजानु पर्छ क्यानले । जसरी एउटा क्लबवाट ए डिभिजन लिग खेल्ने फुटबल खेलाडीहरुले मासिक ७०/८० हजार पाउँछन् ।ch-2
 त्यस्तै राष्ट्रिय खेलाडीलाई एन्फाले मासिक तलब दिन्छ । तर, क्रिकेट खेलाडीलाई अब पनि यस्तो व्यवस्था नहुँदा खेलाडीहरुमा नकारात्मक विचार बढ्छ खेलप्रति घृणा लाग्न सक्छ । क्यानले ५/७ हजार रुपैयाँ क्रिकेट खेलाडीहरुलाई दिन त दिन्छ । तर त्यो पनि कति खेलाडीले पाउँछन् भन्ने कुरा हो । कतिले नपाएको अवस्था पनि छ । विश्वकप छनौट खेल्ने समय आइसक्यो हामीले क्रिकेट खेलाडीहरुले कति दिनसम्म धान्न सक्ने ? हामीले भोको पटेले कहिलेसम्म खेल्ने ? कहिलेसम्म खेल्न सक्छौं ?
यस्तो अवस्थालाई सुधार गरिएन भने जुन हामीले सफलता हात पारेका छौं । जुन खुशी हामीले मनाइरहेका छौ, यस्तो सफलता नदोहोरिन पनि सक्छ । नेपाली क्रिकेट टोलीको सफलतालाई यसैगरी राख्ने हो र यही सफलतालाई निरन्तरता दिने हो भने लगानी पनि क्रिकेटमा त्यहीअनुसारको गर्नु पर्छ । अब राम्रो टाइमा विट गर्‍यो । जब नेपालले सुरुका दुई खेल हार्‍यो । नेपाली टिमले यति ठूलो सफलता हात पार्ला भनेर कसैले पनि सोचेको थिएन । दुई खेलमा पराजय भोगेर पनि हतास नभई लगातार चार खेल जितेर नेपाली खेलाडीले राम्रो क्षमता देखाएका छन् । सबैले थाहा पाए नेपाली टिम तथा खेलाडीहरुको मिहेनत कत्तिको राम्रो रहेछ । त्यसैले क्रिकेटको विकासका लागि अब पनि ढीलो गरियो भने अहिलेसम्म हात पार्दै आएको सफलता नपाउन सकिन्छ यसबारे सबैको ध्यान जानुपर्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

NEPALI LOK GEET

NEPALI MUSIC VIDEOS

TECHNOLOGY

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS